2026-09-04 05:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन आएका थिए साउदी विदेशमन्त्री नेपाल ? के भयो द्विपक्षीय वार्तामा ?

चैत १, काठमाडौँ । दुई दिने नेपाल भ्रमण सम्पन्न गरी साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैजल विन फरहान अल साउद मंगलबार बंगलादेश प्रस्थान गरेका छन् । 

नेपाल र साउदीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ वर्षको इतिहासमा नेपालमा साउदीका तर्फबाट भएको यो सबैभन्दा उच्चस्तरीय भ्रमणमध्ये एक हो । यसअघि साउदी अरबका युवराज अल–वलिद विन तलालले नेपाल भ्रमण गरेका थिए । 

विन तलाललाई नेपाल सरकारले ‘महाउज्ज्वल राष्ट्रदीप’ पदवीबाट सम्मानित गरेको थियो । यो नेपालले विदेशी नागरिकलाई दिने सबैभन्दा ठूलो सम्मान हो । नेपालमा गणतन्त्र स्थापना भएपछि ‘महाउज्ज्वल राष्ट्रदीप’बाट सम्मानित हुने विन तलाल पहिलो विदेशी नागरिक बनेका थिए । 

विन तलालले साउदी राजकुमारको रुपमा २०६७ कात्तिक अन्तिम साता नेपालको भ्रमण गरेका थिए । 

विन तलालपछि साउदीबाट नेपालमा भएको दोस्रो उच्चस्तरीय भ्रमण पनि साउदी अरबको राजपरिवारका सदस्यबाट नै भएको छ । 

तर, यसपटक साउदले राजकुमारका रुपमाभन्दा पनि साउदी विदेशमन्त्रीको रुपमा नेपाल भ्रमण गरेका हुन् । 

साउदी विदेशमन्त्री मंगलबार विहान नेपाल–साउदी उच्चस्तरीय बैठकमा सहभागी बनेका थिए । बैठकमा दुई देशबीच ‘जनरल कोअप्रेसन एग्रिमेन्ट’ (सहायता सम्झौता)मा हस्ताक्षर भएको थियो । सम्झौतामा पत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदीका तर्फबाट साउदी विदेशमन्त्री साउदले हस्ताक्षर गरेका थिए । 

बैठक समिएपछि साउदी विदेशमन्त्री साउदले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका थिए । 

नेपाल–साउदी उच्चस्तरीय बैठकमा सहभागी परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार साउदी विदेशमन्त्री साउद एउटै मात्र उदेश्य बोकेर नेपाल भ्रमणमा आएका थिए । 

स्रोतका अनुसार उनले उक्त उदेश्यलाई नेपाल–साउदी बैठकमा स्पष्ट राखेका थिए । 

परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार साउदी विदेशमन्त्रीले सन् २०२३ को अन्ततिर फ्रान्समा हुने अन्तरसरकारी निकाय ब्युरो इन्टरनेसनल एक्सपोजिसन् (बीआइई)को निर्वाचनमा आफ्नो देशको पक्षमा मत मागेका थिए । उनी यही मत माग्नको लागि नेपाल भ्रमणमा आएका थिए । 

बीआइईमा नेपाल लगायत विश्वका १७० राष्ट्र सदस्य रहेका छन् । सन् २०३० मा बीआइईले आयोजना गर्ने ‘वल्र्ड एक्स्पो २०३०’ को लागि रुस, दक्षिण कोरिया, इटाली, युक्रेन र साउदी अरब गरी पाँच देशले आवेदन दिएका छन् । 

‘वल्र्ड एक्स्पो २०३०’ आयोजना कस्ले गर्ने भन्ने निर्णय मतदानाबाट गरिने छ । मतदानमा बीआइई सदस्य राष्ट्रहरुले मतदान गर्नेछन् जहाँ नेपाल पनि सहभागी हुनेछ । यसैकारण उक्त मतदानमा साउदीको पक्षमा मत माग्न उनी नेपाल आएका थिए । 

‘साउदी विदेशमन्त्रीले आउँदो वर्ष फ्रान्समा हुने मतदानमा सहयोग गर्न विशेष अनुरोध गर्नु भएको छ,’ नेपाल–साउदी उच्चस्तरीय बैठकमा सहभागी परराष्ट्र उच्च स्रोतले न्युज कारखानालाई भने । बैठकमा उक्त विषयमा नेपाली पक्षले उपयुक्त समय आएपछि निर्णय लिने बताएको थियो । 

बैठकमा नेपालले भने विशेष रुपमा वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका तथा जाने कामदारको विषयलाई उठाएको थियो । नेपाली कामदारको हितको लागि छिटो दुई देशबीचको श्रम सम्झौतालाई अन्तिम रुप दिई कार्यन्वयनमा ल्याउनु पर्ने कुरामा नेपालले जोड दिएको थियो । 

‘हामीले नेपाली कामदारको हक,अधिकार र हितका विषय राख्यौं । हज गर्न जाने नेपालीको संख्या बढाइदिन पनि अनुरोध गरेका छौं,’ परराष्ट्र उच्च स्रोतले भन्यो । 

परराष्ट्रमन्त्री डा नारायण खड्का र साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद मङगलबार मन्त्रालयमा पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षरपछि पत्र आदानप्रदान गर्दै । तस्बिरः रत्न श्रेष्ठ/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ