2026-09-24 06:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छोराले विदेश गएका बाबु नै देख्न पाएनन्

भदौ १३, रामेछाप । रामेछापको गुम्देलका मकरबहादुर कामीको डकर्मी पेशाले सात जनाको परिवार धान्न धौ धौ पथ्र्यो । भिरालो बारीमा फलेका मकै पोलेर खाँदै ठिक्क हुन्थ्यो । 

कामका लागि जति मरिमेटे पनि विहान बेलुकाको छाक कहिल्यै पनि सजिलै कटेन । त्यसैले विदेश गए त केहि होला कि भन्ने सोचेर उहाँ २०७२ मा कतार जानुभयो । विदेश जाँदा सबैको जस्तै परिवारलाई सुख दिने नै सपना थियो उहाँको । गर्भमै रहेको शिशु र २ जना छोराछोरीलाई पढाउने खर्च जुटाउने अनि  बुढा बा–आमा र श्रीमतीलाई सुख दिने सपना थियो मकरको । 

आफ्नो सपना पूरा होला भनेर उहाँले काठमाडौंको चक्रपथमा रहेको सिद्धार्थ गौतम ओभरसिजलाई ७२ हजार रुपैयाँ तिरेर कतार पुग्नुभयो । कतार पगेको २ महिनामै छोरो जन्मिएको खवरले उहाँको खुशीको सीमा रहेन । 

वैशाख महिनामा उहाँले विदेश जाँदा लागेको ऋण तिर्नुभयो । ‘त्यति बेला त अव उहाँले सोचे जस्तै घरमा सुख छिरे जस्तो लागेको थियो’ मकरकी श्रीमती पुर्णमाया विकले भन्नुभयो ‘तर त्यो त पुरा नहुने सपना पो देखेछौं ।’ 

परिवारलाई सुख दिने सपना लिएर कतार पुगेका मकरको गत साउन २७ गते काम गर्ने क्रममा कतारमै ज्यान गयो । उहाँलाई काम गरिरहेको ठाउँमा करेन्ट लागेर ज्यान गयो । मकरको मृत्युले छोराछोरी टुहुरा भए अनि परिवारको हातमुख जोर्ने थैली पनि बन्द भएको छ । काखको छोराले बाउको मुखसमेत देख्न पाएनन । 

ज्यान गएको दुई हप्ता भन्दा धेरै भइसक्दा पनि मकरको शव नेपाल आइपुगेको छैन । विदेशमा पुलिस केस भएकोले शव ल्याउन समस्या भएको म्यानपारले बताएको पूर्णमाया विकका दाई भीम रसाइलीले जानकारी दिनुभयो ।

मलेसिया पुगेका गणेश कहिल्यै ब्युझिएनन्

रामेछापकै दिमीपोखरीका गणेश विश्वकर्मालाई पनि गरिवीले मलेसिया पुर्‍यायो । गणेश कमाउने सपना सजाएर २०७१ असोजमा मलेसिया पुग्नुभएको थियो तर फर्किन चाहिँ पाउनुभएन । गाउँमा भएको खेतीले ६ महिना पनि खान नपुगेपछि उहाँ विदेशिनुभएको थियो । श्रीमती र २ छोरालाई काठमाडौंको डेरामा छोडेर गएका गणेश हरेक रात फर्किएपछि आफनै घरमा राख्ने सपना देख्नुहुन्थ्यो ।

सायद भदौ ५ गते वेलुका खाना सुत्दा पनि गणेशले त्यही सपना देख्नुभएको थियो होला गणेशले । तर त्यसपछि भने उहाँ व्युँझिनै पाउनुभएन । वेलुका खाना खाएर सुतेका गणेश भोलिपल्टसम्म सुतेको सुतै हुनुभयो । ३५ वर्षकै उमेरमा गणेशले छोडेर गएपछि परिवार शोकमा छ । उहाँको शव पनि नेपाल ल्याउने तयारी भइरहेको छ । 

मकर बहादुर र गणेश विश्वकर्माको ज्यान गयो तर मन्थली नगरपालिका २ का प्रकाश लामाले चाहिँ आत्महत्या गर्नुभयो विदेशी भूमिमै ।  कक्षा १० को परिक्षा दिएर काठमाडौंमा दाइसँगै गाडी लाइनमा काम गर्न थालेका लामालाई नेपालको कमाइले चित्त वुझाउन सकेन । त्यसैले २०७० सालमा पाली ओभरसिज म्यानपावरवाट १ लाख ३० हजार रुपैयाँ तिरेर उहाँ मलेसिया जानुभएको थियो ।

सुपरमार्केटमा काम गरेर केही पैसा घर पठाएका प्रकाशले आफूलाई सबै ठिक भएको बताउँदै आउनुभएको थियो । साउन ३१ गते प्रकाशले झुण्डिएर आत्महत्याको खवर आएपछि उहाँको परिवारका सदस्यलाई छाँगाबाट खसे जस्तै भएको छ । प्रकाशको शव भने मन्थलीमा रहेको सूचना केन्द्रको सहयोगमा ४ दिनमै ल्याएर अन्त्येष्टि गरिएको छ । माइलो छोरा प्रकाशले २३ वर्षको कलिलै उमेरमा सधैंका लागि छोडेर गएपछि आमा बुवाको आँखामा आँसु ओभाएका छैनन । 

विदेशवाट कमाएको पैसाले जग्गा किनौंला, घर बनाउँला, व्यापार गरौंला या त छोराछोरीलाई राम्रो स्कुलमा पढाउँला भन्ने सपना बोकेर विदेश गएकाहरुमध्ये दैनिक कम्तीमा तीन जना बाकसमा फर्किरहेका छन । तर एउटै जिल्लाका तीन जनाको २८ दिनमै ज्यान गएपछि भने रामेछापकाबासिन्दा शोकमा परेका छन ।

‘विदेशको कमाईले केहि परिवारको अवस्था फेरिएको होला , धेरैले चुहिने खरको छानो फेरेर टल्किने जस्तापाता हाले होला’ छोराको ज्यान गएपछि परिवारलाई सम्झनाउन पुगेका गुम्देलका रामचन्द्र विक भन्नुहुन्छ ‘तर यसले निम्त्याउने अहिलेका जस्ता घटनाले सबै उपलब्धी छाँयामा पर्दा रहेछन ।’ 

वैदेशिक रोजगारीले केहिको आर्थिक अवस्था सुध्रिए पनि यसले परिवार र समाजमा भने नकरात्मक असर देखिँदैछ । श्रीमतीले वैंश मारेर श्रीमान कुरिरहेका छन, हजारौ वालवालिका आफ्नो बाबुआमाको मुखसमेत देख्न नपाई टुहुरो भएका छन अनि वुढेसकालमा छोरा छोरीलाइ कथा सुनाउने वेलाबा बृद्धबृद्धाले छोराको जुठो बार्नुपरेको छ भने यसलाई के भन्ने ?  मकर र गणेशको शव नेपाल झिकाउन सुचना केन्द्र मन्थलीले सम्वन्धित निकायहरुसँग पहल गरिरहेको छ । -उज्यालो अनलाइनबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा भएकोमा सांसद झाको स्वागत नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु राष्ट्रसंघको महासभाबाटै इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट सुनचाँदीको मूल्य बढ्यो प्रतिनिधिसभा बैठक बस्दै एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन: ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी