2026-09-24 08:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरहरुलाई वैदेशिक रोजगार कार्यालयमा प्रवेश रोक, सयौं श्रम-प्रतिनिधिको जागिर धरापमा

अनिल अधिकारी । चैत २६, काठमाडौँ । वैशाख २ देखि वैदेशिक रोजगार कार्यालयमा म्यानपावरका कर्मचारीहरुले प्रवेश नपाउने भएका छन् । वैदेशिक रोजगारमा जानेहरुको संस्थागत श्रम स्वीकृति अनलाइनबाट मात्र हुने भएपछि वैदेशिक रोजगार कार्यालय ताहाचलमा म्यानपावरका श्रम प्रतिनिधिहरुको भीड हट्ने भएको छ । 

श्रम स्वीकृति लगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई अनलाइन प्रविधिमैत्री बनाउँदै लैजाने कार्ययोजना अनुसार संस्थागत श्रम-स्वीकृति अनलाइनबाट मात्र जारी गर्ने व्यवस्था मिलाइएको विभागका महानिर्देशक शेषनारायण पौडेलले साझा सबाल मिडियालाई बताए । पौडेलले अनलाइनबाट मात्र संस्थागत श्रम स्वीकृति जारी हुने भएपछि म्यानपावर प्रतिनिधिहरुले कार्यालय तथा कर्मचारीहरुसँग अनावश्यक आर्थिक चलखेल गर्ने बाटो समेत बन्द भएको बताए । 

बिभागको निर्णयले म्यानपावरलाईनै फाइदा पुग्ने उनको भनाई छ । अनलाइनबाट मात्र संस्थागत अन्तिम श्रम स्वीकृति दिने भएपछि श्रमकै लागि छुट्टै श्रम एजेन्ट राख्दै आएका म्यानपावरहरुले त्यस्ता कर्मचारी समेत राख्न नपर्ने भएको छ । बिभागको निर्णयले वैदेशिक रोजगार कार्यालयमा खटिएर आर्थिक चलखेल समेत गर्दै आएका म्यानपावरका सयौं श्रम प्रतिनिधिहरुको समेत जागिर धरापमा परेको छ । 

यसअघि म्यानपावरबाट खटिने त्यस्ता एजेन्टहरुले वैदेशिक रोजगार कार्यालयमा खटिएर बिभिन्न नाममा आर्थिक अशुली भएको भन्दै आफू कार्यरत कम्पनीसँग प्रति कामदार पैसा लिने गरेका थिए । बिभागले यसै बेथितिलाई मध्यनजर गर्दै वैशाख २ गतेदेखि म्यानपावरका प्रतिनिधिहरुलाई वैदेशिक रोजगार कार्यालय जान प्रवेश नदिने नीति लिएको छ । साथै बिभागले बिना कारण म्यानपावरको कर्मचारी बिभागको परिसरमा भेटिए कारवाही गर्ने चेतावनी दिएको छ ।

बिभागमा महानिर्देशक पौडेलले भने ‘म्यानपावरले अनलाइनबाटै पेश गरेको निवेदनको आधारमा अन्तिम श्रम स्वीकृति जारी हुन्छ । प्रक्रिया पुगेको छैन भने त्यसको जानकारी म्यानपावरले अनलाइनबाटनै पाउँछन् । त्यसैले कार्यालयमा आउनु आवश्यक पर्दैन ।’ पौडेलले वैदेशिक रोजगार कार्यालयमा बिचौलियाको चलखेल समेत अब बन्द हुने दावी गरे । फेसलेस सेवा दिएपछि मानिसहरु कार्यालयमै जानु नपर्ने हुँदा बिचौलियाहरुले आर्थिक लाभ लिन नसक्ने उनको दावी छ । 

अन्तिम श्रम स्वीकृति अनलाइनबाटनै दिने निर्णय गरेको बिभागले म्यानपावरबाट आएको अनलाइन निवेदन पनि फर्स्ट कम फर्स्ट सर्भिसको आधारमा गर्ने प्रविधि बनाएको जनाएको छ । जसको मतलव जुन म्यानपावरले अन्तिम श्रम स्वीकृतिको लागि पहिले निवेदन दिन्छ उसैको पालो पहिले आउँछ । अनलाइनबाट आएको निवेदनको आधारमा एउटाको रिजेक्ट वा एप्रुभ नगरी अर्को म्यानपावरको निवेदनमा प्रवेश गर्न नपाउने सिस्टम बनाइएको बिभागका आइटी प्रमुख राजु श्रेष्ठले साझा सबाललाई बताए । उनको अनुसार बिभागले प्राप्त अनलाइन आवेदन अनुसार अन्तिम श्रम स्वीकृति दिन अस्विकार गरे त्यसको कारण समेत सिस्टममै जानकारी दिने हुँदा म्यानपावर संचालकलाई समेत सोको जानकारी हुने हुँदा म्यानपावरका कर्मचारीहरुले अनावश्यक आर्थिक चलखेल गर्न पाउदैनन् । 

वैदेशिक रोजगार विभागले गत माघ २ गतेदेखि पुनः श्रम स्वीकृति पनि अनलाइनबाट प्रदान गर्दै आएको छ । पुन:श्रम स्वीकृति अनलाइनबाट जारी हुन थालेपछि वैदेशिक रोजगार कार्यालयको माथिल्लो भवनमा हुने भीडभाड ह्वात्तै घटेको छ । उक्त कार्यालयमा कर्मचारीहरुले अनलाइनबाट आएको निवेदनहरुलाई हेर्दै आफ्नै सुरमा काम गर्ने गरेका छन् । जसमा पनि फर्स्ट कम फर्स्ट सर्भिसको सिस्टम छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम