2026-10-15 11:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुमुद खनालको नेतृत्वमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार ब्याबसायी एसोसिएसनको नयाँ कार्यसमिति चयन

वैशाख ८, काठमाडौँ । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार ब्याबसायी एसोसिएसनको बुधबार सम्पन्न निर्बाचनबाट नयाँ कार्यसमिति निर्बाचित भएको छ । एसोसिएसको एघारौं साधारणसभाले व्यावसायी कुमुद खनालको नेतृत्वमा  १९ जनाको कार्य समिति चयन गरेको हो । 

बुधबार सम्पन्न साधारणसभामा २ सय ६७ जना व्यवसायीहरुले मतदानमा भाग लिएका थिए । जसमध्य विजयी खनाललाई १ सय ४९ र उनका निकटतम प्रतिश्पर्धी तारानाथ अर्यालले १ सय ६ मत प्राप्त गरे । अध्यक्ष खनाल सहित प्रथम उपाध्यक्षमा भागिरथ राई (रमेश), द्वित्तीय उपाध्यक्षमा विनोदजंग केसी, तृतिय उपाध्यक्षमा दिपक थापालाई चयन गरेको छ । त्यस्तै एशोसिएसनको महासचिवमा कमल काफ्ले निर्वाचित भएका छन् भने सचिवमा लक्ष्मण पौडेल, सहसचिव पदमा हर्क बहादुर लिम्बु, कोषाध्यक्षमा शैलेश कार्की र सह-कोषाध्यक्ष मोहमद जवारदीन मिया निर्वाचित भएका छन् । त्यस्तै एशोसिएसनको सदस्यहरुमा कैलाश पाठक, पंकज कुमार मिश्रा, प्रदिप थापा, मदन पुरी, यम बहादुर क्षेत्री केसी, रविन मेगाले मगर, राम बहादुर लामा तामाङ, सुनिता कर्माचार्य, सुनिता श्रेष्ठ र हिरादेवी बुढाथोकि निर्वाचित भएका छन् ।  

एशोसिएसनका अध्यक्ष नरेन्द्रप्रसाद ढकालको सभापतित्वमा बुधबार सम्पन्न साधारणसभाको उद्घाटन सत्रको उद्घघाटन नेपाली काँग्रेसका महामन्त्री बिश्व प्रकाश शर्माले गरेका थिए । उनका अलावा कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदम्बे, केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे ,केन्द्रीय सदस्य अब्दुल सत्तार, संस्थापक अध्यक्ष तिलकबहादुर रानाभाट, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका संयोजक बिमलप्रसाद ढकाल, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष राजेन्द्र भण्डारी लगायतले सम्वोधन तथा शुभकामना दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु