2026-07-28 11:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया जाने युवाहरुलाई शून्य लागतमा लैजान र आधारभूत तलब बढाउन मलेसियासँग आग्रह

वैशाख १६, काठमाडौँ । मलेसियाको भ्रमणको क्रममा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र मलेसियाका मानव संसाधनमन्त्री दातुक सेरी एम सराभननसँग भेटवार्ता भएको छ । 

भेटवार्तामा नेपाल र मलेसियाबीच ऐतिहासिक रुपमा रहेको भातृत्वपूर्ण सम्बन्धलाई नेपाली युवाहरुको मलेसियाली श्रम बजारमा रहेको उपस्थितिले थप मजबुत बनाएको विषयमा दुवैपक्षबाट प्रसंशा भएको छ । भेटवार्तामा नेपाल र मलेसियावीच सन् २०१८ मा हस्ताक्षर भई हाल कार्यान्वयनमा रहेको द्विपक्षीय समझदारीपत्रलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, मलेसियाको श्रमबजारको आवश्यकता बमोजिम नेपाली युवाहरुलाई सीपयुक्त बनाई थप रोजगारीका अवसरहरु प्रदान गर्ने, रोजगारीको लागि युवाहरुको छनौट तथा नियुक्तिलाई शुन्य लागत (Zero Cost) सहितको स्वच्छ नियुक्तिको सिद्धान्तलाई थप प्रभावकारी बनाउने, मलेसियामा रोजगारीमा रहेका नेपाली नागरिकहरुको स्वास्थ्य, सामाजिक सुरक्षा र सामाजिक कल्याणलाई थप सवलीकरण गर्ने, चौबिसै घण्टा प्रभावकारी हुने बिमा सुविधाको व्यवस्था गर्ने विषयमा वृहत छलफल भएको छ । साथै उक्त भेटवार्तामा नेपाली श्रमिकहरुलाई आफ्ना अधिकार र आफुले पालना गर्नुपर्ने शर्तहरुको विषयमा मलेसिया प्रवेश गर्नुअघि नै सचेत गराई कामको सिलसिलामा कुनै समस्या आइपरे तुरुन्त गुनासो गर्ने र प्राप्त गुनासाहरुको समयमै सम्बोधन गर्ने व्यवस्था मिलाउने लगायतका विषयमा छलफल भएको छ ।

मन्त्री श्रेष्ठले मलेसियाको निजी सुरक्षा गार्डको रूपमा नेपाली युवालाई अवसर दिएकामा कृतज्ञता ज्ञापन गर्दै उनीहरूको आधारभूत तलब बढाउन, स्वास्थ्य उपचारमा विशेष ध्यान दिन, सामाजिक सुरक्षा र कल्याणका क्षेत्रमा सुविधा वृद्धि गर्न आग्रह गरेका थिए । 

छलफलमा नेपाल र मलेसियाबीच कायम रहेको श्रम सम्बन्धी संयुक्त कार्यदलको तेस्रो बैठक छिटै नै काठमाण्डौमा गर्ने र बैठकमा छलफल भएका विषयहरुलाई औपचारिकता दिने विषयमा समेत सहमति भयो। नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय श्री कृष्णकुमार श्रेष्ठज्यूले आमन्त्रण गर्नुभए अनुसार मलेसियाका मानव संसाधन मन्त्रीज्यूले छिटै नै नेपाल भ्रमण गर्नुहुने भएको छ । 

भ्रमणको क्रममा रहेको श्रममन्त्री लगायतको प्रतिनिधिमण्डलले मलेसिया स्थित सामाजिक सुरक्षा संस्था (SOCSO) को समेत भ्रमण गरेका छन् । भ्रमणका क्रममा मन्त्री श्रेष्ठले आग्रह गरे बमोजिम सामाजिक सुरक्षा संस्थाका प्रमुख कार्यकारी अधिकृतले सन् २०२३ को जनवरीदेखि लागुहुने गरी २४ सै घण्टा प्रभावकारी हुने गरी बिमा सुविधाको व्यवस्था गर्ने प्रक्रिया अघि वढाउने प्रतिवद्धता जनाएका छन् । 

भ्रमणकै सिसलिलामा मन्त्री श्रेष्ठले नेपाली राजदूतावासको निरीक्षण भ्रमण समेत गरेका छन् । मन्त्री श्रेष्ठले राजदूतावासबाट हुने सेवा प्रवाहको सम्बन्धमा जानकारी लिदै त्यहाँ कार्यरत नेपाली श्रमिकहरुको स्थितिको बारेमा समेत जानकारी लिएका छन् । उनले विदेशमा रहेका सम्पूर्ण नेपालीहरुको सामाजिक सुरक्षालाई सुनिश्चित गर्नको लागि नेपाली श्रमिकहरुको श्रम स्वीकृति नवीकरण गर्ने प्रक्रियालाई तत्काल थप सरलीकरण गर्ने जानकारी गराए । मलेसियामा रहेका नेपाली नागरिकहरुलाई  राजदूतावासबाट भइरहेको सेवा प्रवाहको प्रसंशा गर्दै निरन्तर सुधारको लागि मन्त्री श्रेष्ठले निर्देशन दिएका छन् । 

मलेसियामा भ्रमणको क्रममा रहेको प्रतिनिधिमंडलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव श्री एकनारायण अर्याल, सहसचिव श्री राजीव पोखरेल र उपसचिव डा. थानेश्वर भुसाल रहेका छन् । यसैगरी द्विपक्षीय वैठकमा नेपाली राजदूतावासका कार्यवाहक राजदूत श्री मोतिबहादुर श्रीस र श्रम काउन्सेलर श्री दीपक ढकालले समेत भाग लिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु