2026-10-15 10:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरले दिने वैदेशिक रोजगारका भ्रमपूर्ण बिज्ञापनप्रति विज्ञापन वोर्डको ध्यानाकर्षण

वैशाख १७, काठमाडौँ । वैदेशिक रोजगारको अवसर भन्दै बिभिन्न राष्ट्रिय दैनिक पत्रिकामा आउने बिज्ञापनले लक्षित बर्गमा भ्रम छरेको बिषयलाई विज्ञापन वोर्डको समेत ध्यानाकर्षण भएको छ । 

वैदेशिक रोजगार ऐन २०६४ अनुसार वैदेशिक रोजगारमा लैजाने प्रायोजनमा प्रक्रियागत रुपमा सम्बन्धित निकायले बिज्ञापन पुर्व-स्विकृती दिएपछि राष्ट्रिय दैनिक पत्रिकामा बिज्ञापन छाप्नुपर्ने अनिवार्यता छ । यस प्रक्रियामा टेकेर बिज्ञापन गर्ने क्रममा अधिकांश म्यानपावरहरुले भ्रमपूर्ण बिज्ञापनहरु दिंदै आएका छन् । म्यानपावरले दिने भ्रमपूर्ण बिज्ञापनको कारण राष्ट्रिय पत्रिकामा छापिने बिज्ञापनको विश्वसनीयता समेत घट्दै गएको छ । 

वैदेशिक रोजगार बिभागले स्वीकृति दिएर छापिएको बिज्ञापनमा वैदेशिक रोजगारमा जान चाहनेहरुले जानकारी माग्दा पहिलेनै कोटा प्याक भएको, सरकारी प्रक्रिया पुरा गर्नको लागि मात्र बिज्ञापन छापेको लगायत जवाफहरू पाउने गरेको गुनाशो बढेको छ । बिज्ञापन वोर्डले जनमानशमा भ्रम छर्ने क्रियाकलापमा उजुरी दिन सक्ने अनलाइन व्यवस्था समेत गरेको बोर्डले जानकारी दिएको छ । जसको लागि https://adboard.gov.np/complaint मा गई अनलाइन उजुरी तथा गुनाशो दिन सकिन्छ । 

पछिल्लो समय वैदेशिक रोजगार बिभागको अनुगमन बिभागले म्यानपावरले दिने बिज्ञापनको अनुगमन गर्नुपर्नेमा त्यसो नभएको कारण मनपरी बढ्दै गएको बिभागकै अधिकारीहरु स्वीकार गर्छन् । एजेन्ट व्यवस्था खारेज भईसकेको अवस्थामा एजेन्टका मान्छेलाई मात्र प्राथमिकतामा राखेर वैदेशिक रोजगारमा पठाउने गतिबिधिको कारण बिज्ञापन आउनु अघिनै बिदेसिने कामदार छनोट हुने गरेको पाइएको छ । औपचारिकता पुरा गर्न मात्र बिज्ञापन दिने कारण उक्त बिज्ञापन देखेर फोन गर्ने तथा सम्बन्धित म्यानपावर धाउनेहरुले दु:ख पाउने गरेका छन् । म्यानपावरहरुले दिएको बिज्ञापन अनुसार बिज्ञापनको अनुसार अन्तर्वार्ता छनौटको म्याद बाँकी छँदै फोन गर्दा तथा म्यानपावरमा पुग्दा म्यानपावरले बिभिन्न बहानाबाजी गर्ने तथा कतिपय म्यानपावरले फोन समेत नउठाउने गरेका छन् । केहि म्यानपावरले पत्रिकामा बिज्ञापन छापेर उक्त पत्रिकामा छापिएको पत्रिकाको पेज बजारमानै नपठाउने समेत गरिएको पाइएको वैदेशिक रोजगार बिभागका एक अधिकारीले जानकारी दिएका छन् । यस सम्बन्धमा बिभाग जानाकार समेत हुँदापनि कुनै अनुगमन नभएको पाइएको छ । 

म्यानपावरहरुले दिने बिज्ञापनमा हुने भ्रमपूर्ण सूचना/गतिबिधिबारे बोर्डमा उजुरी तथा गुनाशोको आधारमा बोर्डले आगामी कार्यनीति तय गरिने बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले जानकारी दिए । बिज्ञापन भ्रमपूर्ण हुँदा त्यसले राष्ट्रिय स्तरको पत्रिका र त्यसले दिने सुचनाको विश्वसनीयतामा समेत प्रभाव पर्ने अध्यक्ष हुमागाईको भनाई छ । बोर्डको विज्ञापन नियमन गर्ने सम्बन्धमा ब्यवस्था गर्न विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ र विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ को व्यवस्था अनुसार नभए वा नगरेको कुराको भ्रम फैलाउने, उत्तेजना फैलाउने, अमर्यादित, भेदभावजन्य वा यस ऐन विपरीत विज्ञापन गरिए वा नगरिएको अनुगमन गर्ने वा गराउनेबारे नीतिगत व्यवस्था उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु