By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    16 minutes ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    31 minutes ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    4 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    22 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    4 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: मलेशियामा तलब बढेपछि नेपाली कामदार कसलाई फाइदा अनि क-कसलाई बेफाइदा?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > मलेशियामा तलब बढेपछि नेपाली कामदार कसलाई फाइदा अनि क-कसलाई बेफाइदा?
काठमाडौँ - KTMबैदेशिक रोजगार

मलेशियामा तलब बढेपछि नेपाली कामदार कसलाई फाइदा अनि क-कसलाई बेफाइदा?

साझासवाल
Last updated: May 6, 2022 5:17 am
साझासवाल
5 Min Read
Share

वैशाख २३, काठमाडौँ | मलेशिया सरकारले यही वर्षको मे १ तारिखदेखि न्यूनतम पारिश्रमिक बढाएपछि त्यसले उक्त देशमा कार्यरत लाखौँ नेपाली कामदारहरूलाई पनि “फाइदा पुग्ने” अधिकारीहरूले बताएका छन्।

पहिले १२ सय रिङ्गिट न्यूनतम तलब रहेको मलेशियाका अधिकांश सहरी क्षेत्रमा अब न्यूनतम पारिश्रमिक १५ सय रिङ्गिट निर्धारण गरिएको बताइएको छ। मलेशिया सरकारले उपलब्ध गराएको विवरण अनुसार त्यहाँ करिब दुई लाख नेपाली कामदार कार्यरत रहेको मलेशियास्थित नेपाली दूतावासका अधिकारीहरूले बताएका छन्। यद्यपि त्यहाँ अहिले पनि करिब ५० हजारको हाराहारीमा अवैध रूपमा कार्यरत नेपाली श्रमिकहरू रहेको र उनीहरूले बढेको पारिश्रमिकबाट लाभा पाउन नसक्ने देखिएको कतिपय कामदारको भनाइ छ।

नयाँ नियम

मलेशियास्थित नेपाली दूतावासका श्रमसम्बन्धी कन्सुलर दीपक ढकालका अनुसार मे १ तारिखदेखि देशका अधिकांश सहरी क्षेत्रमा नयाँ पारिश्रमिक लागु भएको छ। उनले भने, “कतिपय सिटी काउन्सिल र म्युनिसिपल काउन्सिलले तोकेर अलगअलग निर्धारण गरेको भए पनि अब दूतावासले कम्पनी र रोजगारदातालाई १५ सय रिङ्गिटभन्दा कममा प्रमाणीकरण गर्दैन।”

“क्षेत्र अनुसार कतै १२ सय रिङ्गिट पनि छ। तर अधिकांश सहरी क्षेत्रमा जहाँ नेपाली कामदार काम गर्छन् त्यहाँ १५ सय रिङ्गिट नै लागु हुनेछ।” दूतावासले त्यसै अनुसार सूचना पनि निकालिसकेको छ। उक्त सूचनामा दूतावासमा पेस हुने “मागपत्र र रोजगारी सम्झौतापत्र”मा अहिले लागु भएको पारिश्रमिक नै उल्लेख गर्न भनिएको छ।

पहिलेदेखि कार्यरत कामदारको हकमा के हुन्छ?

ढकालका अनुसार मलेशिया सरकारले न्यूनतम तलब १५ सय रिङ्गिट बनाएकाले अब त्योभन्दा कम तलब नेपालीले नपाउने बरु बढी पाउनसक्ने छन्। सन् २०१८ को अक्टोबरमा नेपाल र मलेशियाबीच भएको श्रमसम्बन्धी समझदारीमा पनि मलेशिया सरकारले लागु गरेको न्यूनतम पारिश्रमिक नै नेपाली कामदारले पाउने उल्लेख रहेको उनले बताए।

ढकालले भने, “पहिले जे लेखिएको भए पनि उक्त समझदारी अनुसार नै तलब स्वत: बढ्नुपर्छ।”

“मलेशिया सरकारको श्रम कानुन अनुसार र श्रम सम्झौता अनुसार पनि त्यस्तै हुनुपर्छ।”

तर पूर्ण कागजात नभई अवैध रूपमा त्यहाँ कार्यरत नेपाली कामदारका हकमा भने “अलि जटिलता” रहेको ढकालले बताए।

‘कार्यान्वयनमा समस्या हुनसक्छ’

आठ वर्षदेखि मलेशियामा कार्यरत तथा हाल नेपाली कामदारका हकहितबारे काम गर्ने एक मलेशियाली गैरसरकारी संस्थासँग स्वयम्‌सेवकका रूपमा आबद्ध नवलपरासीका रमेशकुमार पञ्जियार भने पछिल्लो निर्णय कार्यान्वयन हुनेमा शङ्का व्यक्त गर्छन्। उनले भने, “पूर्ण कागजात नभएकाले यो नियमअनुसारको पारिश्रमिक पाउँछन् भन्ने निश्चित छैन। अन्य कागजात भएका कतिपयको पनि नियुक्तिपत्र हुँदैन।”

“दूतावासमा कम्पनीले आफ्नो कागजातमा यति तलब दिन्छौँ भनेर स्वीकृति गराउँछन् तर पछि कामदारलाई दिँदैनन्। त्यस्तो अवस्थामा कामदारले नयाँ तलब नपाउने पनि हुनसक्छ।”

उनका भनाइमा कैयौँ वैध नेपाली कामदारहरूले पनि नियुक्तिपत्र नपाइ काम गरिरहेका छन्। त्यसले गर्दा उक्त निर्णय कार्यान्वयन गर्न समस्या हुनसक्छ। पञ्जियार मलेशियामा श्रमिक हकहितका लागि काम गर्ने संस्था भए पनि नेपाली कामदारहरूले उजुरी नगर्ने गरेको बताउँछन्। हाल मलेशियामा कामदारले १२ सय रिङ्गिट पाउँदै आएका छन्।

तलब कति बढ्न सक्छ?

प्राय: नेपाली कामदारहरूले महिनामा २६ दिन दैनिक ८ घण्टा काम गर्ने गरेको बताइन्छ। आठ घण्टाभन्दा बढी काम गर्दा कामदारले तलबको १.५ प्रतिशतका हिसाबले घण्टा अनुसार थप तलब पाउँछन्। आइतवार दुई प्रतिशत र सार्वजनिक बिदाका दिन तीन प्रतिशतका हिसाबले थप काम गरेको तलब पाउने गर्छन्। त्यस हिसाबले अहिले न्यूनतम पारिश्रमिकबाहेक प्रतिघण्टा आठ रिङ्गिट थप तलब पाउनेमा अब त्यो बढेर न्यूनतम प्रतिघण्टा ११ रिङ्गिटसम्म पुग्नसक्ने पञ्जियारको भनाइ छ।

सुरक्षा गार्डको तलब बढाउन आग्रह

नेपाल सरकारले मलेशियासँग त्यहाँ सुरक्षा गार्डका रूपमा कार्यरत नेपाली कामदारको पारिश्रमिक बढाएर तीन हजार रिङ्गिट पुर्‍याउनुपर्ने प्रस्ताव गरेको अधिकारीहरूले बताएका छन्।यद्यपि त्यसबारे मलेशियाले हालसम्म जवाफ दिइसकेको छैन।नेपाल र मलेशियाबीच भएको श्रम समझदारी अनुसार बनेको संयुक्त कार्यसमूहको निकट भविष्यमा हुने बैठकमा त्यसबारे थप छलफल हुनसक्ने ढकालले जानकारी दिए।

पञ्जियारका भनाइमा मलेशियामा “सबैभन्दा लामो समय काम गर्नुपर्ने र पारिश्रमिकमा पनि अन्याय भोग्ने” समूहमा नेपाली सुरक्षा गार्ड पर्छन्।उनी भन्छन्, “नियम अनुसार पूर्व प्रहरी वा पूर्व सैनिकहरू मात्र त्यस्तो गार्ड बन्न पाउँछन्। धेरै सामान्य नेपालीहरू पनि गार्ड रहेकाले कम्पनीहरूले स्वीकृति लिएका छैनन्।”

“त्यस्तोमा नेपाली सुरक्षा गार्डहरूले पाउनुपर्ने सबै सुविधा नपाएको अवस्था छ।”

मलेशियामा नेपाली कामदार

ढकालका अनुसार गत ज्यानुअरीमा मलेशिया सरकारले उपलब्ध गराएको विवरण अनुसार त्यहाँ एक लाख ७८ हजार नेपाली श्रमिक छन्।

त्यो भन्दा अगाडिको विवरणमा १ लाख ६० हजार श्रमिक रहेको उल्लेख थियो।आगामी जुनसम्मका लागि मलेशियाले अवैध रूपमा बसेका कामदारलाई वैध बन्ने अवसर दिएकाले उक्त सङ्ख्या बढेको हुनसक्ने उनी बताउँछन्।मलेशियामा अवैध रूपमा कार्यरत नेपाली कामदारको सङ्ख्या भने आफूहरूलाई थाहा नभएको दूतावासका अधिकारीहरूको भनाइ छ।यद्यपि अनौपचारिक रूपमा कामदारहरूले बताए अनुसार त्यहाँ अझै पनि ४० देखि ५० हजारसम्म नेपाली कामदारहरू अवैध रूपमा कार्यरत छन्।बिबिसिबाट

Share This Article
Facebook Email Copy Link Print
Previous Article जिम्बावे ए र नेपालबीचको एकदिवसीय खेल आजबाट
Next Article हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMविश्व

कङ्गोमा इबोलाको प्रकोप देखियो, समयमै नियन्त्रण गर्न विश्व स्वास्थ्य संगठनको आग्रह

57 years ago
काठमाडौँ - KTMसमाज

पहिलोपटक प्रधानसेनापतिको सम्पत्ति विवरण सार्वजनिक

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारसमाज

भारतमा नेपालकी छात्रा मृत: सामान प्याक गर्न पनि नदिइकन कलेजबाट जबरजस्ति निकालिए नेपाली विद्यार्थी, ट्रेन स्टेसनमा अलपत्र

1 year ago
काठमाडौँ - KTMसमाज

विद्युत् चोरीको आरोपमा तेइस पक्राउ

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?