2026-10-15 10:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली कामदार लैजान ढिलाइबारे इजरायल सरकारलाई ध्यानाकर्षण, किन रोकियो अहिलेसम्म?

वैशाख २८, काठमाडौं | ईजरायलले नर्सिङ क्षेत्रमा लैजाने नेपाली कामदारको प्रक्रिया रोकिएकोबारे नेपालले ध्यानाकर्षण गराएको छ । इजरायल जाने अन्तिम तयारीमा रहेका ८०० भन्दा बढी नेपाली कामदार तीन महिनादेखि लामो समय हुँदा पनि जान पाएका छैनन् । 

यस विषयमा नेपालले इजरायली अधिकारीहरूको ध्यानाकर्षण गराएको हो । नेपाली पक्ष र इजरायली सरकारी अधिकारीहरूबीचको भेटका क्रममा नेपालले ध्यानाकर्षण गराएको हो । 

वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेल, श्रम मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसाल र इजरायलस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत अर्जुन घिमिरेले इजरायलका लागि नेपाली राजदूत हनन गोदार, इजरायली पपुलेसन एण्ड इमिग्रेसन एथोरीटी (पीबा) का निर्देशक सिर्लेयी, इजरायल स्वास्थ्य मन्त्रालयका निर्देशक सफ्फीसँग भेटवार्ताको क्रममा ध्यानाकर्षण गराएका हुन् । भेटको क्रममा इजरायली पक्षले परराष्ट्र मन्त्रालयका कर्मचारी युनियनको आन्दोलन सकिनेविक्तिकै प्रक्रिया सुचारू गर्ने बताएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

                                    

एक हजार जना नेपाली कामदार लैजान सम्झौताअनुसार नेपालबाट तीन चरणमा गरेर २९७ जना नेपाली कामदार इजरायल गइसकेका छन् । उनीहरूले काम थालेको पनि तीन महिना भन्दा बढी भइसकेको छ । बाँकी रहेका कामदार भने अझै जान पाएका छैनन् ।

नेपाल र इजरायलबीच सरकारी स्तरमा (जी टु जी) हस्ताक्षर भएको इजरायलको नर्सिङ क्षेत्रमा नेपालबाट सहायक कामदार (एक्जुलरी ओर्कर) ल्याउने सम्बन्धी सम्झौता भएको थियो । सोहीअनुसार वैदेशिक रोजगार विभागले विभिन्न चरणका परीक्षामार्फत छनौट गरेका एक हजारभन्दा बढी नेपालीहरूमध्ये हालसम्म २९७ जना इजरायल गइसकेका छन् । 

तर, बाँकीको कामदार सम्झौता, भिसा, प्रि डिपाचार ओरिएन्टेसन लगायतका सबै प्रक्रिया पूरा भइसकेका छन् । तर, कर्मचारीको आन्दोलनका कारण तीन महिनाभन्दा लामो समयदेखि प्रक्रिया रोकिएको छ । जसले गर्दा नेपालीहरू इजरायल जान पाएका छैनन् । 

यस विषयमा नेपालले इजरायल सरकारको बारम्बार ध्यानाकर्षण गराउँदै आएको छ । तर, परराष्ट्र मन्त्रालयका कर्मचारीको आन्दोलन नरोकिएसम्म केही गर्न नसकिने जवाफ इजरायली अधिकारीले दिँदै आएका छन् । सेवासुविधा बृद्धिको माग गर्दै इजरायली परराष्ट्र मन्त्रालयका कर्मचारीहरू तीन महिनादेखि आन्दोलनमा छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु