2026-10-15 10:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियाबाट फर्किएका आप्रवासी श्रमिकको पुनर्बहालीका लागि कोरियाले ८ मिलियन खर्च गर्ने

जेठ १८, काठमाडौँ | नेपाल सरकार र दक्षिण कोरियाबीच नेपालमा कोरियाबाट फर्किएका आप्रवासीहरूको समाजमा स्थिर पुनर्बहालीको लागि चरणबद्ध सहयोग प्रणालीलाई सुदृढ बनाउने प्रोजेक्टको रेकर्ड अफ डिस्कसनमा हस्ताक्षर भएको छ । उक्त कामको लागि नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र दक्षिण कोरियाको तर्फबाट कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका)ले हस्ताक्षर गरेको हो । 

उक्त कार्यमा मन्त्रालयको तर्फबाट सहसचिव रामचन्द्र ढकाल र कोइका नेपालका कन्ट्री निर्देशक सुङगुन कोले सचिव एकनारायण अर्यालको उपस्थितिमा हस्ताक्षर गरेका थिए । कोइका मार्फत कोरिया सरकारले आयोजनाका लागि ८ मिलियन अमेरिकी डलर खर्च गर्नेछ । सन् २०२२ देखि सुरु हुने आयोजनाको अवधि ७ वर्ष (८४ महिना) रहेको छ । यो परियोजना कोइका र वैदेशिक रोजगार विभाग इपीएस कोरिया शाखाले कार्यान्वयन गर्नेछ । 

परियोजनाको मुख्य उद्देश्य कोरियाबाट फर्केका आप्रवासीहरूको स्थिर पुनर्एकीकरण र उद्यमशीलताको क्षमता अभिवृद्धि गरी नेपालको सामाजिक–आर्थिक विकासमा योगदान पु¥याउनु र रोजगारी वृद्धि गर्नु रहेको मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । 

यस परियोजनाले नेपालमा कोरियाबाट फर्केका आप्रवासीहरूको जानकारीको पहुँचमा सुधार र आर्थिक सहयोगमा पहुँच बढाउनको लागि सद्भावपूर्ण प्रणालीहरू सिर्जना गर्ने लक्ष्य बोकेको छ । स्वदेशमा उद्यमी बन्न स्वदेश फर्कनेहरूको चासो बढ्दै जाँदा हाल आप्रवासी कामदारहरु नेपाल फर्कने क्रम उल्लेख्य रूपमा बढ्दै गएको छ । परियोजनाको प्रारम्भिक चरणमा कोरियाबाट फर्कने आप्रवासी कामदारहरूलाई मात्र लक्षित गरिनेछ ।

कृषि विकास बैंक लिमिटेडसँगको सम्झौतामार्फत यस परियोजनाले कोरियाबाट फर्केकाहरूले सहजरूपमा पहुँच पुग्नेगरी कोष र यसको व्यवस्थापन संयन्त्र निर्माण गर्ने लक्ष्य राखेको छ । यसैगरी, फर्कने आप्रवासी कामदारहरूलाई लक्षित गर्दै वान स्टप मोबाइल प्लेटफर्म विकास गरिने बताइएको छ । सचिव अर्यालले यस परियोजनाले कोरियाबाट फर्किएका आप्रवासी कामदारको सूचना र आर्थिक पहुँचको आवश्यकता पूरा गर्न सहयोग गर्ने बताए । उनले बर्सेनि हजारौँ नेपालीहरू कोरिया जाने विकल्पमा रहेका आप्रवासी कामदारहरूको क्षेत्रमा सहयोग गर्न थालेकोमा कोइकाप्रति आभार व्यक्त गरेका छन् ।

त्यसैगरी, कोइकाका कन्ट्री निर्देशक सुङगुन कोले यो परियोजनाले नेपालको सामाजिक–आर्थिक विकासमा सघाउ पु¥याउने र कोरियाबाट फर्किएका आप्रवासीहरुको लागि रोजगारी वृद्धि गर्ने बताए । कोरिया गणतन्त्र सरकारले सन् १९९१ देखि स्वास्थ्य, शिक्षा, सूचना प्रविधि र ग्रामीण विकासका विभिन्न क्षेत्रमा कोइकामार्फत नेपाल सरकारलाई सहयोग गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु