2026-10-15 10:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार बचतपत्र खुला, १२.५% ब्याज पाइने, धितो राखी ऋण पनि लिन सकिने

जेठ १८, काठमाडौँ | वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले बुधबारदेखि वैदेशिक रोजगार बचतपत्रका लागि आवेदन खुला गरेको छ । 

५ वर्षे अवधिको वैदेशिक रोजगार बचतपत्रका लागि आज अर्थात् जेठ १८  गतेदेखि असार ६ गतेसम्म आवेदन दिन सकिन्छ । रोजगारीका लागि देश बाहिर रहेका वा विदेशमा रोजगारी गरी फर्किएका तथा विदेशमा बसोबास गर्ने गैर आवासीय नेपालीहरूका लागि राष्ट्र बैंकले बचतपत्र खुला गरेको हो । 

घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने रकम बचतपत्रमा लगानी गर्न सकिन्छ । बचतपत्र किन्ने व्यक्तिले आफ्नो वा परिवारका सदस्यको नाममा पनि किन्न सक्नेछन् भने दुई वा दुईभन्दा बढी व्यक्तिले बचतपत्र किन्दा दुई नामको बीचमा र अथवा वा राखी पनि किन्न सकिनेछ ।

बचतपत्रमा लगानी गर्नेले १२.०५ प्रतिशत ब्याज पाउँछन् । यो ब्याज रकम अहिले बैंक तथा वित्तीय संस्थाले मुद्दतीमा दिनेभन्दा बढी हो । अहिले वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दतीमा बढीमा ११. ०३ प्रतिशतसम्म ब्याज दिन्छन् भने रेमिट्यान्सबाट प्राप्त रकमको मुद्दतीमा बढीमा १२.०३ प्रतिशतसम्म ब्याज दिन्छन् ।

बचतपत्र बाँडफाँट भएको रकम जम्मा गरेको मितिदेखि नै ब्याज आउन थाल्छ । बचतपत्रमा लगानी गर्नेले आफै वा इच्छाएको व्यक्तिमार्फत नजिकको बैंक शाखाबाट ब्याज रकम लिन सक्छन् । राष्ट्र बैकका अनुसार बचतपत्रमा लगानीकर्ताले पाउने ब्याज प्रत्येक ६ महिनामा पाउँछन् । 

बचतपत्र नेपाली रुपैयाँमा जारी हुन्छ ।  बचतपत्र स्टक र प्रमिसरी नोट दुवै हुन सक्छ । खरिदकर्ताले नै बचतपत्र किन्दा कुन प्रकारको किन्ने हो स्पष्ट खुलाई आवेदन दिन पर्छ । नखुलाउनेहरूलाई भने प्रमिसरी नोटको मात्र प्रमाणपत्र दिइने राष्ट्र बैंकले जनाएको छ । 

वैदेशिक रोजगार बचतपत्र धितो राखी नेपालमा रहेको बैंक तथा वित्तीय संस्थाबाट  ऋण पनि लिन सकिन्छ । बचतपत्र किन्ने आवेदन नेपाल राष्ट्र बैंकको वेबसाइटमा गई मोनिटरी म्यानेजमेन्टभित्र रहेको अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिन्छ भने फारम डाउनलोड गरी आवश्यक विवरण भरी आफूलाई पायक पर्ने बैंक शाखामा बुझाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु