2026-07-25 06:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा मर्‍यो भनेर अन्त्येष्टि गरिसकेको मान्छेले नेपालमा फोन गरेपछि…

भदौ २०, काठमाडौँ । विदेशमा रहेको आफ्नो मान्छेको ज्यान गयो भनेर घरमा शव नै आएपछि परिवारमा के होला ? जसोतसो चित्त बुझाउँदै काजक्रिया गर्नुबाहेक अर्को उपाय पनि हुन्न । तर काजक्रिया समेत भैसकेको मान्छे जिउँदै छ भन्ने सुन्दा र उसले उतैबाट फोन समेत गर्दा झन कस्तो होला ? मोरङ्गको डाँगीहाट लक्ष्मीमार्गको एक परिवार अहिले यस्तै रुन्चेहाँसो र छटपटीमा परेको छ । 

साउदीमा गाडी दुर्घटनामा घाइते भएका सुवास तामाङको उपचारका क्रममा निधन भएको भन्दै रिपोर्ट सहित शव पठाएपछि परिवारले सबै खुसी लुटिएको महसुस गरे । अस्पतालको रिपोर्ट अनुसार त्यहाँको सरकारले दूतावासको समन्वयमा डाँगीहाटमा लास पठाएपछि तामाङ परिवारले दुई महिनाअघि अन्त्येष्टि समेत गरेको थियो । 

काजक्रिया सकेको दुई महिनापछि सुवासले आफू जिउँदै भएको भन्दै घरमा फोन गर्नुभयो । त्यसपछि परिवारमा आश्चर्यसँगै खुसी छायो । तर त्यो खुशी बाँड्न परिवार अझै असफल छ ।

सुवास अहिले जिउँदै भएपनि नेपाल फर्कन भने सक्नुभएको छैन । नेपाली दूतावासले पहल नगरिदिँदा सुवास अहिले साउदी अरबको जेहाद शहरमा अलपत्र परेको सुवासकी श्रीमती सन्तोषी तामाङले बताउनु भयो ।

नेपाल फर्कउनका लागि साउदी सरकारले कम्पनीमा चिठ्ठी लेख्नुपर्ने भएपनि चिठ्ठी नपठाउँदा उहाँ कार्यरत कम्पनीले नेपाल पठाउन सकेको छैन । पटक पटक साउदीमा रहेको दूतावासमा सम्पर्क गर्दा पनि चासो नदेखाएको सन्तोषीले बताउनु भयो । 

सवारी दुर्घटनामा गम्भीर घाइते भएका सुवासले होस गुमाउनु भएको छ । साउदीमा रहेका सुवासले कसैलाई चिन्न नसक्ने सन्तोषीले बताउनु भयो । सुवास असार १९ गते सवारी दुर्घटनामा परि साउदीमा घाइते हुनु भएको थियो । दुर्घटनामा चारजनाको घटनास्थलमै ज्यान गएको थियो भने दुई जना गम्भीर घाइते भएका थिए ।  

घाइतेमध्ये कपिलवस्तुका ट्याक्सी चालक कटेन्द्र भण्डारीकाे भने उपचारका क्रममा ज्यान गएको थियो । मृत्यु भएका कपिलवस्तुका ती सवारी चालकलाई सुवास भनेर अस्पतालले मृत्युको सर्टिफिकेट बनाइदिएको थियो । साउदीको जेहाद स्थित किङ्ग अब्दुल अजिज हस्पिटलले सुवासको मृत्यु भएको जानकारी दिएको थियो । 

घरमा रुवाबासी 

वैदेशिक रोजगारीका सिलसिलामा साउदीको जेहाद शहरमा पुगेका सन्तोषीका श्रीमान सुवासको असार १९ गते भएको सवारी दुर्घटनामा ज्यान गएको खबर आयो । छुट्टिमा घर आएर श्रीमान विदेश गएको एक वर्ष नबित्दै दुखद खवर सुनेपछि उहाँ भावविव्हल बन्नु भयो ।

छिनमा मुर्छा पर्ने र होसमा आउने क्रम चलिरह्यो । दुई सन्तानकी आमा सन्तोषीलाई मन बुझाउन कैयौं दिन लाग्यो । पटक पटक उहाँलाई स्लाइन पानी चढाएर होस ल्याउने काम भयो । 

भोजपुरको कुदाक काउलेमा रहेका उहाँका ससुरा, सासु र जेठाजु सबैजना डाँगीहाट आए । निधन भएको भनिएको झण्डै एक महिना पछि सुवासको शव आयो । शव लिन सन्तोषी आफैं काठमाण्डौ गइन् । सबै प्रक्रिया पूरा गरेर शव ल्याएपछि एक दिन घरमै राखियो । भोलिपल्ट बौद्ध परम्परा अनुसार मोरङको लक्ष्मीमार्गमा अन्त्येष्टि गरियो । 

अन्त्येष्टि गरेको एक महिनापछि सुवाससँगै एउटै कम्पनीमा काम गर्ने उहाँका भान्जाले घरमा फोन गरे । मामाको ज्यान गएको रहेनछ भनेर । उहाँले परिवारलाई सुवाससँग कुराकानी पनि गराउनुभयो । तर सुवासले श्रीमती राम्रोसँग चिन्नु भएन । ठेगानको कुरा पनि गर्नुभएन । त्यसको केही दिनपछि भिडियो कल भएपछि श्रीमान जिउँदै भएको विश्वास भयो । डाँगीहाट स्थित घरमा पगेका उज्यालो सम्वाददातालाई भन्नु भयो  ‘त्यो दिन जति खुशी कहिल्यै भइन ।’ 

यसरी भो गल्ती 

सधैं झैं त्यो दिन सुवास तलब थापेर श्रीमतीलाई पैसा पठाउन हिँड्नुभएको थियो । त्योबेला उहाँ कम्पनीकै गाडीमा चढेर बैंकसम्म जाने गर्नुहुन्थ्यो । 

यसपाली भने उहाँ जुलाई ३ तारिखमा कपिलवस्तुका एक नेपालीको ट्याक्सी चढेर बैंक जानुभएको थियो । उहाँ हुन्डाइ कम्पनीमा काम गर्नुहुन्थ्यो । साउदीमै चिनजान भएका ती नेपालीका साथमा अन्य ५ जना पनि थिए । 

दुर्भाग्य उनीहरु चढेको गाडी दुर्घटनामा पर्यो । दुर्घटनामा अरु चार जनाको घटनास्थलमै ज्यान गयो । घाइते भएका गाडी चालक र सुवासलाई अस्पताल लगियो । 

अस्पतालमा कपिलवस्तुका ती गाडी चालकको निधन भयो ।

तर अस्पतालले सुवासको निधन भएको सूचना दियो । त्यसपछि त्यहाँ स्थित दूतावासले पनि अस्पतालकै भर परेर नेपालमा खबर गर्याे। हेर्देै नहेरी कागज बनाएर शव पठाएपछि सुवास भनेर डाँगीहाटमा अन्त्येष्टि गरियो । 

घर फर्काउन समस्या 

नेपाली दूतावासको लापर्वाहीका कारण जिउँदो मान्छेलाई ज्यान गएको भनेर मानसिक यातना भोगेका सन्तोषी तामाङका परिवारलाई सुवासलाई नेपाल फर्काउन समस्या भएको छ । दूतावासले पहल नगरिदिएका कारण सुवास नेपाल आउन सकेका छैनन् । 

उनलाई एक महिनाअघि नै नेपाल फर्काउन कम्पनीले पहल गरेको भएपनि अझैसम्म उहाँ नेपाल आउन नसकेको परिवारले जनाएको छ । मृत्यु भइसकेको भनेर सबै कागजत बनिसकेकाले सुवासलाई नेपाल फर्काउन कागजी प्रक्रिया मिलाउनुपर्ने हुन्छ । 

यसका लागि साउदी अरब सरकारले नै कागज बनाइदिए मात्रै कम्पनीले घर पठाइदिन सक्छ । तर नेपाल सरकारले सरकारी स्तरबाट पहल नगरिदिएका कारण घर फर्काउन नसकिएको आफन्तले बताएका छन् ।

‘आज आउँछु, भोलि आउँछु भनेकै महिना दिन भइसक्यो’ सन्तोषीले भन्नुभयो, ‘कागज बनिसकेको छैन भन्दै उहाँ घर आउन सक्नु भएको छैन । बिरामी मान्छेले केही गर्न सक्नु हुन्न । यहाँबाट कसरी पहल गर्नु भन्ने मलाई थाहा छैन ।’ उज्यालो अनलाइनबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय