भदौ २०, काठमाडौं । भाग्य भएपछि डोकोमा दुध दुहुँदा पनि अडिन्छ, तालुमा आलु फल्छ । सायद यी उक्ति कोही सिमित व्यक्तिको जीवनमा चरि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २०, काठमाडौं । भाग्य भएपछि डोकोमा दुध दुहुँदा पनि अडिन्छ, तालुमा आलु फल्छ । सायद यी उक्ति कोही सिमित व्यक्तिको जीवनमा चरि"/>
2026-10-15 08:03 AM
काठमाडौँ - KTM

एक भाग्यमानी नेपाली जसले दुबईमा जिते १० करोडको चिट्ठा

भदौ २०, काठमाडौं । भाग्य भएपछि डोकोमा दुध दुहुँदा पनि अडिन्छ, तालुमा आलु फल्छ । सायद यी उक्ति कोही सिमित व्यक्तिको जीवनमा चरितार्थ होलान् । 

एक नेपालीलाई भाग्यकै खेलले खाडी पुर्यायो र भाग्यकै खेलले अहिले उनी करोडपती बनेका छन् । यहाँ कुरा हुँदैछ एक नेपाली नागरिक रामकृष्ण भण्डारीको जसले विदेशी भूमिमा १० लाख अमेरिकी डलर (१० करोड ७० लाख नेपाली रुपैयाँ) को चिट्ठा जितेर भाग्यमानी भएका छन् ।

संयुक्त अरब इमिरेट्स युएई अबुधाबीको एक कम्पनीमा कार्यरत भण्डारीले ‘सेन्सेसनल बिग टिकट ड्र १७१’ मा मोटो रकमको चिट्ठा आफ्नो पोल्टामा पार्न सफल भएका छन् ।

डिएफएस अबुधाबीको वेबसाइटमा सेप्टेम्बर ५ तारिख सोमबारका दिन चिट्ठाको नतिजा प्रकाशित गरिएको थियो जसको शीर्ष स्थानमा नेपाली नागरिक रामकृष्ण भण्डारीको २३४१७ टिकट नम्बर परेको थियो । 

भण्डारीलगायत अन्य १४ जना बिजेताको नाम पनि उक्त सूचिमा प्रकाशित गरिएको छ । बिजेता १५ जनामध्ये १० जना भारतीय रहेका छन् भने अन्य दुई फिलिपिन्सका नागरिक रहेका छन् । एक पाकिस्तानी र एक जिम्बाब्वेका नागरिकलेसमेत चिट्ठा जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने