2026-10-15 10:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भैरहवा विमानस्थलबाट दुई साताभित्रै एयर अरेबिया र फ्लाई दुबईले उडान थाल्ने

असार ६, भैरहवा | गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्नेहरुको चाप बढेसँगै अन्य दुई विदेशी वायुसेवा कम्पनीले पनि नियमित उडान थाल्ने तयारी सुरु गरेका छन्। जजिराले गते जेठ २ गतेदेखि यहाँबाट व्यावसायिक उडान भरिरहेको छ।

भैरहवा विमानस्थल: उडानका लागि सम्पर्कमा आए पाँच वायुसेवा कम्पनी | Online  Nepal

जजिरा छोटो समयमै यात्रुको रोजाइमा पर्दा अन्य कम्पनीले पनि उडानमा चासो देखाएका छन्। गौतमबुद्ध विमानस्थलमा अहिले कुवेतबाट जजिरा एयरले साताको सोमबार, बुधबार र शनिबार गरी तीन उडान भर्दै आएको छ।

जजिराले यात्रुको राम्रो साथ पाएकाले अब तत्कालै दुई कम्पनी ‘एयर अरेबिया’ र युएईको ‘फ्लाई दुबई’ ले गौतम बुद्ध विमानस्थलबाट सेवा थाल्ने प्रक्रिया सुरु गरेको विमानस्थल महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए। उनका अनुसार एयर अरेबियाले आउँदो दुई हप्ताभित्रै उडान थाल्ने तयारीमा रहेको छ। एयर अरेबिया इमरेट्सको लो कस्ट एयरलाइन्स हो।

अहिले विमानस्थलबाट अधिकांश खाडी मुलुकका यात्रुले कुवेत ट्रान्जिट गरेर भैरहवा आउने गरेका छन्। सोही कारण अन्य विदेशी वायुसेवा कम्पनीहरुले पनि यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि रुचि बढाएका हुन्। त्यही क्रममा एयर अरेबिया र फ्लाई दुबईले नियमित उडानका लागि प्रक्रिया अघि बढाएको बताइएको छ।

पहिलो उडान भरेको जजिराले जेठ मसान्तसम्म १४ वटा उडान गरेको छ। यो विमानस्थल हुँदै अहिलेसम्म १ हजार २ सय ४७ जना आएका छन् भने १ हजार ७ सय ९८ जना बाहिरिएको जजिराले जनाएको छ।

विमान कम्पनीलाई आकर्षित गर्न विमानस्थलले एक वर्षका लागि अवतरण, सञ्चार, सुरक्षा लगायतमा पूर्ण छुट दिएको छ। जसले गर्दा उडान शुल्क समेत सस्तो भएको छ। जजिराका अनुसार काठमाडौं कुवेत भन्दा भैरहवा कुवेतको यात्रामा प्रति व्यक्ति ८ हजार सस्तो छ। शुल्क कम पर्ने भएकाले भारतको उत्तर प्रदेशसम्मका नागरिकले विदेशबाट फर्किदा गौतमबुद्ध विमानस्थल प्रयोग गर्न थालेका छन्।

विमानस्थललाई लक्षित गरेर भैरहवामा श्रम कार्यालय स्थापना समेत भइसकेको छ। श्रम तथा रोजगार शाखा सञ्चालनमा आएकाले अहिले काठमाडौं ताहाचलमा हुने काम अब सबै यतैबाट भइसकेको छ। जसका कारण भैरहवा विमानस्थल धेरै जिल्लाबाट वैदेशिक रोजगारीमा जानेहरुका लागि नजिक परेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु