छनोटमा परेका एक हजार १७५ जना मध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

छनोटमा परेका एक हजार १७५ जना मध"/>

2026-10-15 10:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोकिएका नेपाली कामदार लैजान वैकल्पिक उपाय खोज्दै इजरायल

असार ८, काठमाडौँ | दीर्घकालीन स्याहार केन्द्रमा पठाउन बाँकी रहेका नेपाली कामदार लैजान इजरायलले विकल्प खोज्न थालेको छ । 

छनोटमा परेका एक हजार १७५ जना मध्ये यसअघि नै २९७ जना नेपाली कामदार इजरायल गइसकेका छन् । तर, बाँकी कामदार अझै जान नपाएका हुन् । इजरायलको परराष्ट्र मन्त्रालयका कर्मचारीले सेवा सुविधा बढाउनुपर्ने माग गर्दै लामो समयदेखि आन्दोलन गर्दै आएका छन् । जसले गर्दा छनोट भई इजरायल जान तयार रहेका नेपाली सहयोगी कामदारहरुको भिषा जारी गर्ने कार्य हुन नसकेको वैदेशिक रोजगार विभागले जनाएको छ । 

विभागका निर्देशक डम्बर बहादुर सुनुवारले लामो समयसम्म पनि कामदार पठाउने कार्य सुचारु हुन नसकेपछि कामदार पठाउन वैकल्पिक उपायको खोजी थालिएको बताए । त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयले समेत आवश्यक पहल गरिरहेको उनको भनाइ छ । 

‘लामो समय भयो नेपाली कामदार जान नपाएका । उनीहरू यतिबेला अन्योलमा छन् । नेपाल सरकारले कामदार लैजाने वैकल्पिक उपाय खोज्न आग्रह गरेका थियौँ,’ निर्देशक सुनुवारले भने, ‘अहिले पिवाले कसरी लैजान सकिन्छ ? भन्ने विषयमा सरोकारवाला निकायसँग छलफल थाल्नुभएको जानकारी आएको छ ।’

वैकल्पिक उपाय के हुन्छ भन्ने विषयमा भने अहिले नै एकिन भइनसकेको उनको भनाइ छ । वैदेशिक रोजगार विभाग र इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण एवं अन्य सरोकारवाला निकायहरु यथाशक्य चाडो अवरुद्ध प्रक्रिया सुचारु गर्ने विषयमा निरन्तर प्रयासरत रहेको उनको भनाइ छ । 

छनोटमा परेका कामदार अन्योलमा 

लामो समय हुँदा पनि छनोटमा परेका कामदार कहिले जाने भन्ने टुंगो नभएपछि अन्योलमा परेका छन् । उनीहरू न नेपालमै काम गर्न सक्ने अवस्थामा छन् न त कहिले लैजाने भन्ने टुंगो छ । 

नेपालबाट इजरायलले नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्रलगायतमा नेपाली केयर गिभरमा श्रमिक आपूर्ति गर्नेगरी सम्झौता भएको थियो । सोही आधारमा गत वर्षको असोजबाट कामदार छनोटको प्रक्रिया सुरु भई माघबाट कामदार लैजान थालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु