2026-07-06 09:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा साउदी अरब जाँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोला– ठगीनबाट जोगिनु हुनेछ

असार १९, काठमाडौं | वैदेशिक रोजगारीका क्रममा साउदी अरब गएकाहरु ठगीनेक्रम बढेपछि रियादमा रहेको नेपाली दूतावासले साउदी आउन चाहने नेपालीलाई सतर्कता अपनाउन आग्रह गरेको छ । 

‘वैदेशिक रोजगारीका लागि साउदी अरबमा आएका कतिपय नेपाली कामदारहरुलाई यहाँको हावापानी, तापक्रम, भूगोल, भीसा तथा रोजगार (कफला) पद्दति, कम्पनी तथा कामको प्रकृति, सेवा सुविधा र सेवा शुल्क, कामदार छनौट र भीसा प्रकृयामा हुने रोजगारदाताको खर्च लगायतका विषयमा जानकारी नहुँदा विभिन्न समस्याहरु झेल्नुपरेका धेरै घटनाहरु छन्,’ साउदी अरबस्थित नेपाली दूतावासका सूचना अधिकारी ऋषीराज आचार्यले भने । 

अन्‍नपूर्ण पोस्ट् | Nepal's leading news portal

विशेष गरी कामदार साउदी अरब आउनासाथ काम र अन्य कुराहरुमा समायोजन हुन नसक्दा अविलम्व घर फर्कन चाहने, काम छाडेर सडकमा विक्षिप्त अवस्थामा हिड्ने, ज्यानै समेत जोखिममा परेका घटनाहरु हुने गरेको उनले सुनाए । 

साउदी जान चाहनेले सबैभन्दा पहिला त्यहाँको हावापानी र रहनसहन बझ्न जरुरी छ । साउदी एक इस्लामिक देश हो र यहाँ इस्लामिक कानून लागू हुन्छ । साउदी हावापानीका दृष्टिले निकै गर्मी देश हो । यहाँ गर्मीमा ५० डिग्रीसम्म तापक्रम पुग्छ । त्यसैले गर्मीमा खुला ठाउँमा काम गर्दा ज्यान समेत जानसक्छ । 

साउदी जानेले बुझ्नु पर्ने दोस्रो विषय हो– कपफल पद्धती । साउदीको भिषा कफला पद्धतिमा आधारित छ । कफला पद्धति भनेको रोजगारदाताको अनुमति वेगर देशभित्र प्रवेश गर्न वा स्वदेश फर्कन वा काम गर्न वा व्यावसाय गर्न वा अन्य कुनै क्रियाकलाप गर्न अनुमति नहुने पद्धति हो । 

‘कफिल भनेका मालिक हुन् । कफिलले भिषा उपलव्ध नगरेसम्म कुनै पनि मुलुकबाट कुनै पनि व्यक्ति काम गर्ने हिसावमा साउदी अरब प्रवेश गर्न र स्वदेश फर्कन सक्दैन । कफिलको अनुमति वेगर तोकिएको भन्दा फरक काम गर्न, तोकिएको भन्दा फरक कम्पनीमा काम गर्न, कफला ट्रान्सफर गर्न (अर्को कम्पनीमा जान वा कफिल परिवर्तन गर्न) सकिदैन,’ सूचना अधिकारी आचार्यले भने । 

कफला पद्धति सिद्धान्ततः कामदारको संरक्षण र सुरक्षा गर्ने पद्धति भए पनि  कार्यान्वयनमा भने थुप्रै प्रकारका समस्या देखिने गरेका छन् । यो पद्धतिको दुरूपयोग हुनेगरेका कारण कतिपय अवस्थामा कामदारले श्रम शोषण तथा अन्य कठीनाइहरू झेल्नुपर्ने अवस्था आउने गरेको छ । 

कफिलमा निहित अन्य अधिकारहरूमा कामदारलाई भगौडा जनाउने र विभिन्न मुद्धा लगाएर आफ्नो देश फर्कन पनि नमिल्ने गरी यात्रा बन्देज लगाउन सक्ने आदि रहेका छन् । यस प्रकारका घटनाहरूमा महिनौंसम्म अदालतमा  मुद्धा चल्ने र अदालतबाट निरुपण भइ वा कफिलसँग समझदारी बनाएर तिर्ने बुझाउने रकम नबुझाएसम्म जुनसुकै बेला पक्राउ पर्ने र जेल जानुपर्ने हुनसक्दछ । 

‘कफिलको मृत्यु भएमा वा स्पोन्सर कम्पनी कानूनी समस्यामा परेमा कामदार पनि समस्यामा पर्ने हुन्छ । उसको अर्को कानूनी हक हस्तान्तरण भएर कफला नभएसम्म सबै सेवाहरू र काम ठप्प हुन सक्दछन । यसबाट वर्षौसम्म पनि कुनै नेपाली साउदी अरबमा नै बस्न वाध्य हुनुपर्ने अवस्था हुन्छ । यस किसिमका जटील समस्याबाट धेरै नेपालीहरू पीडित रहेको पाइएको छ,’ उनले भने । 

कफिलले ३ महिना सम्म सेवा सुविधा वा अकामा नदिएमा वा नवीकरण नगरेमा वा कम्पनी रेडमा अवस्था भएमा श्रम कार्यालयको स्वीकृतिमा कफला स्थानान्तरण गर्न सकिन्छ । तर प्रायः नेपाली कामदारले यो कुरा नबुझ्ने, भाषाको कठिनाइ हुने र श्रम अदालत जान डराउने कारण यो प्रावधानको अवलम्बन गरी आफ्नो समस्याको निकास खोजेको पाइदैन ।

‘यस्ता समस्याका कारण कामदारले कम्पनी छोड्ने गर्छन् जसका कारण उनीहरु अझ ठूलो समस्यामा पर्ने गर्छन् । यसरी कामदारहरू समस्यामा परेको मौका हेरी साउदी अरब मै रहेका कतिपय नेपालीहरूले कामदारलाई बढी तलव सुविधाको लोभ देखाइ गैरकानूनीरुपमा काममा लगाउने र पारिश्रमिक नदिने गरेको घटनाहरू प्रशस्त पाइएका छन्,’ उनले भने ।

साउदी अरब पुगेका महिला कामदारले धेरै समस्य भोग्नु परेपछि अहिले महिला कामदार साउदी लान बन्द गरिएको छ । अस्पतालहरूले आफ्नै भीसामा नर्स तथा सफाइ कामदारमा महिला ल्याउन चाहेमा राजदूतावासले सम्पूर्ण सेवा सुविधाका बारेमा निरीक्षण र अस्पतालसँग बैठक गरेपछि मात्र उपयुक्ताको आधारमा प्रकृया अगाडि बढ्दछ । 

‘घरेलु कामदारमा साउदी आउन पूर्ण बन्देज छ । परिवारका सदस्यहरू मात्र राजदूतावासको सिफारिशमा भिजिट भिसामा साउदी अरब आउन पाउने प्रावधान छ,’ सूचना अधिकारी आचार्यले भने । 

साउदी अरब जान चाहनेले यति मात्र बुझेर हुँदैन । जानुअघि कुन कामका लागि जान लागेको हो ? सो कामको लागि सरकारले तोकेको पारिश्रमिक कति छ ? सबै बुझ्न जरुरी छ । सरकारले तोकेको पारिश्रमिक भन्दा कम हुनेगरी कुनैपनि सम्झौता कामदारले गर्नु हुँदैन । संझौतापत्रमा उल्लेख भएभन्दा बढी कमाइ हुन्छ भन्ने अनावश्यक आश्वासन र मौखिक भनाइको भ्रममा पर्नु हुँदैन ।  

आफू जुन कामको लागि जान लागेको हो त्यो कामबारे आफूमा सीप छ की छैन त्यो बुझ्न जरुरी रहेको दूतावासको भनाई छ । सीप नभएको भए सिकेर जानुपर्ने दूतावासको सुझाव छ । सीप जानेको छ भने त्यसको प्रमाणपत्र आवश्यक पर्छ, जुन पेश गर्न अनिवार्य छ । 

‘साउदी अरब आउन लाग्ने खर्च र साउदीमा काम गर्दा हुने आय तथा दुःखको तुलना गर्नुहोस् । फाइदा हुने देखिए मात्र साउदी अरबमा काम गर्न आउनुपर्छ,’ उनले भने, ‘विश्वासिलो र भरपर्दो मेनपावर कम्पनीबाट वर्किङ भीसामा मात्र साउदी आउनुपर्छ ।’ 

विचौलियाहरूको विश्वास नगर्न र कुनै रकम कसैलाई दिनुपरेमा भरपाई वा तमसुक गरेर मात्र दिन दूतावासले आग्रह गरेको छ । भिजिट भीसामा साउदी पुगेको थुप्रै नेपालीहरू अहिले अलपत्र बनेका छन् । यसैकारण वर्किङ भीसामा मात्र साउदी आउन दूतावासको सुझाव छ । 

‘साउदी अरबमा कामदारको रूपमा आउन सेवा शुल्कको रूपमा न्युनतम लागत (भिषा तथा टिकट र सेवा शुल्क रोजगारदाताले दिने भएकोले) मात्र लाग्छ । बढी रकम कसैलाई बुझाउनु पर्दैन । दश बीसहजार भन्दा वढी पैसा दिनुभएको छ भने तपाईँ नेपालमा नै ठगीमा पर्दै हुनुहुन्छ भन्ने स्पष्ट हुनुहोस्,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै