2026-10-15 09:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दीपज्योति म्यानपावरबिरुद्ध उजुरी दिन बिभाग पुगेका युवा विदेश उड्न पाएनन्

साउन ८, काठमाडौँ । काठमाडौँको सिनामंगलस्थित दिप ज्योति म्यानपावर सर्भिस प्रालिले एक युवालाई वैदेशिक रोजगारमा पठाउनबाट बन्चित गरेको पाइएको छ । वैदेशिक रोजगारको क्रममा कुवेतको ARABIATA SHABRAWY AL-MAKOURIEH CO. मा पठाउन श्रम स्वीकृति लिएर चर्को अशुली मागेको म्यानपावरले चर्को लागत दिन अस्वीकार गरेपछि वैदेशिक रोजगारमै पठाउनबाट बन्चित गरेको पाइएको हो । 

पीडितसँग म्यानपावरले कुवेतमा रोजगारको लागि एक लाख ६५ हजार मागेपछि पीडितले त्यत्रो रकम तिर्न नसक्ने भन्दै बैदेशिक रोजगार बिभागमा उजुरी दिन पुगेका बताए । म्यानपावरबिरुद्ध चर्को लागतको उजुरी दिन बुद्धनगर स्थित वैदेशिक रोजगार बिभाग पुगेका पीडितको उजुरी बिभागले लिएन । तर समस्या समाधानको लागि बिभागले सम्बन्धित म्यानपावरलाई फोन गरेर सचेत गराउदै वैदेशिक रोजगारको लागि सम्पूर्ण कागजात दिन निर्देशन दियो । त्यहि आधारमा म्यानपावर पुगेका युवालाई म्यानपावरले १५ दिन पछि मात्र पठाउने भनि बहाना बनायो । 

माथिको तश्वीरमा: (हवाई टिकट) गत मे ३१ को उडान टिकट । 

तर लामोसमय बित्दा म्यानपावरले आफूलाई सम्पर्कनै नगरेको पीडितले बताएका छन् । बिभागले चर्को लागत बिरुद्ध उजुरी लिएर तत्काल कारवाही नगर्दा आफू वैदेशिक रोजगारमा जानबाट बन्चित भएको गुनाशो गरेका छन् । उनले बिभागले चर्को लागत लिए बिभागमा उजुरी दिनु भन्दै आएको आफूलाई जानकारी भएपछि बिभाग पुगेको बताएका छन् । तर बिभाग पुग्दा बिभाग कर्मचारीहरुले म्यानपावरलाई जानकारी दिएको र तोकिएकै लागतमा बैदेशिक रोजगारमा पठाउन निर्देशन दिएपनि म्यानपावरले अटेर गरेको बताए । पीडितको गुनाशो छ ‘जुन आशा लिएर बिभाग पुगेको थिएँ त्यहाँ त्यस्तो नहुने रहेछ । सबै मिलिमतो हुने जस्तो लाग्यो ।’ 

उक्त दिन बिभागले म्यानपावर जानु भनेपछि म्यानपावर गएका ति पीडितलाई म्यानपावरले बिभिन्न बहानामा १५ दिन पछि पठाउने भनेर तोकिएको दिनको टिकटमा पठाएन । उजुरी नदिएका र म्यानपावरले मागेजति पैसा दिएका अरु युवाहरुलाई त्यहि दिन कुवेत उडें । उजुरी दिने युवालाई पछि पठाइदिने भनेर पन्छिएको दिपज्योति म्यानपावर सर्भिसले लामो समय बित्दा पनि पीडितलाई सम्पर्क गरेन । त्यसपछि पीडितले म्यानपावरमा सम्पर्क गरे । म्यानपावरलाई सम्पर्क गर्दा म्यानपावरका संचालक धर्मेन्द्र प्रसाद यादवले कम्पनी नराम्रो भएकाले नपठाएको बहाना बनाईदिए । संचालक यादवले पीडितसँग त्यहि कम्पनीमा गएका युवाहरु समस्यामा परेर फर्किएको भनि बहाना बनाए । 

पीडितले आफूलाई परेको समस्याबारे साझा सबाल मिडियालाई जानकारी गराएपछि मिडियाबाट जानकारी माग्दा म्यानपावर संचालक धर्मेन्द्र प्रसाद यादवले उही बहाना बनाए । तर प्रतिप्रश्नमा उनीसँग सोहि कम्पनीमा गएर फर्किएका भनिएका युवाहरुको विवरण र सम्पर्क नम्बर माग्दा कार्यालय पुगेर दिने बताए पनि पटक-पटक म्यानपावर संचालकले बिभिन्न बहाना बनाउदै विवरण दिन चाहेका छैनन् । पीडितले समस्याग्रस्त भनिएको कम्पनीमा जान आफूसंगै श्रमस्वीकृति लिएर कुवेत पुगेका अन्य तीन जना युवाहरुसँग उनिहरुको अवस्थाबारे बुझ्न खोज्दा उनिहरुले बोल्न नचाहेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु