भदौ २३, काठमाडौं । सरकारले वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका र विभिन्न मुद्दामा जेल परेकालाई स्वदेश फर्काउन ५ लाख रुपैयाँ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २३, काठमाडौं । सरकारले वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका र विभिन्न मुद्दामा जेल परेकालाई स्वदेश फर्काउन ५ लाख रुपैयाँ"/>
2026-10-15 09:07 AM
काठमाडौँ - KTM

विदेशमा अलपत्र परेकालाई फर्काउन ५ लाख दिने, मृत्यु हुनेका परिवारलाई ७ लाख

भदौ २३, काठमाडौं । सरकारले वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका र विभिन्न मुद्दामा जेल परेकालाई स्वदेश फर्काउन ५ लाख रुपैयाँ दिने भएको छ ।

संसदमा प्रधानमन्त्री पुष्पकमल दाहालले रेमिट्यान्सबाट देशलाई ठूलो योगदान दिइरहेका विदेशमा कार्यरत नेपाली समस्यामा पर्ने गरेकाले उनीहरुको उद्धारका लागि ५ लाख सहयोग गर्ने बताएका छन् । 

यस्तै प्रधानमन्त्रीले ब्लड मनी तिर्न नसकेर जेलमा रहेकालाई स्वदेश फर्काउन सहयोगका लागि विदेशमै भएका नेपाली र अरु संघसंस्थालाई आह्वान गर्ने बताए । विदेश भएका नेपालीको गुनासो सुन्न २४ घण्टा सेवा दिने गरी पैसा नलाग्ने टेलिफोन सेवा सुरु गर्ने प्रधानमन्त्रीले  जानकारी दिए ।  प्रधानमन्त्रीले फोनमार्फत आएका गुनासोको सम्बोधन फास्ट ट्र्याकबाट गर्ने बताएका छन् ।

 वैदेशिक रोजगारीका क्रममा मृत्यु हुनेका परिवारलाई ७ लाख

त्यस्तै सरकारले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएकाका परिवारलाई दिइने क्षतिपूर्ति रकम बढाएर सात लाख पुर्‍याउने भएको छ । अहिले ५ लाख रुपैयाँ दिँदै आएको सरकारले २ लाख रुपैयाँ बढाउने प्रधानमन्त्री दाहालले घोषणा गरे ।

ज्यान गुमाएकाको शव घरसम्म पुर्‍याउन समस्या भइरहेको भन्दै प्रधानमन्त्रीले त्यसलाई सहज बनाउने प्रतिबद्धता ब्यक्त गरे । प्रधानमन्त्री दाहालले खाडी तथा मलेसियामा कार्यरत नेपाली कामदारलाई दूतावासबाटै पुनः श्रम स्वीकृति तथा बिमा गर्न व्यवस्था मिलाउने घोषणा पनि गरे ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने