2026-10-15 09:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारमा चर्को अशुली: श्रम मन्त्रालयदेखि बिभागसम्मै गुपचुप

साउन ११, काठमाडौँ । वैदेशिक रोजगारीको क्रममा इजाजतपत्रवालाहरुले निशुल्क भन्दै लाखौँ अशुली गर्दै गर्दा सम्बन्धित निकायहरु मौन बसेका छन् । जसको कारण रोजगारका लागि बिभिन्न देशमा गएका अधिकांश युवाहरु ठगिएका छन् ।

सरकारी निकाय गैरजिम्मेवार बन्दा म्यानपावरबाट ठगीएको भन्दै उजुरी समेत बढ्न थालेका छन् । उजुरी बढेको अवस्थामा वैदेशिक रोजगार बिभागले अनुगमनलाई तिब्रता दिएको छैन । बरु ठगि बिरुद्ध उजुरी गर्न गएकाहरुको उजुरी नलिएर सूचना चुहाउने गरेको पाइएको छ । जसको कारण ठगिनेको संख्या अझै बढ्ने देखिएको छ । बिभागमा ठगि बढेको उजुरी बढेको भएपनि समस्यामा परेकाहरूको उजुरी फर्छ्यौटमा बिभाग संवेदनशील नदेखिएको गुनाशो बढेको छ । उजुरी फर्छ्यौटको क्रममा म्यानपावर र कर्मचारीहरुको मिलिमतोको कारण तत्काल हुने समाधान समेत ढिला गरि हुने गरेको पीडितहरुको आरोप छ । 

पछिल्लो समय वैदेशिक रोजगार बिभागमा रहेको अनुगमन शाखा नाम मात्रको बनेको छ । जसको निस्कृयताको कारण म्यानपावरहरूमा एजेन्टहरुको हालीमुहाली बढ्नुको साथै एजेन्ट बिना जानेहरुले वैदेशिक रोजगारमा जान नपाउने अवस्था सृजना भएको छ । बिभागकै छुटका कारण म्यानपावरहरुले दैनिक पत्रिकामा डिमाण्ड दिएर विदेश जान चाहेकाहरुलाई सहि सूचना दिन म्यानपावरहरुले लुकाउने  गरेका छन् ।   

पछिल्लो समय कन्सल्टेन्सीहरुको कारण पनि वैदेशिक रोजगारमा ठगि बढ्दै गएको छ । कन्सल्टेन्सीहरुमा सिजनल भिसाको नाममा ६ लाखदेखि १२ लाखसम्म अशुली हुँदा सम्बन्धित निकाय मौन छ । त्यस्तै सेटिङमा भिजिट भिसाको धन्दा भईरहेको सम्बन्धमा पनि सम्बन्धित निकाय मौन छ । यो मौनतामा श्रम मन्त्रालयका अधिकारीहरुदेखिकै सुरु भएको सरोकारवालाहरुले बताउदै आएका छन् । सम्बन्धित निकायहरुले बैदेशिक रोजगार क्षेत्रलाई सुधार्नुको सट्टा यो क्षेत्रमा कसरी आर्थिक रकम आर्जन गर्न सकिन्छ, भन्नेतर्फ मात्र ध्यान दिने गरेको बताइएको छ । 

यो पनि, 

दीपज्योति म्यानपावरबिरुद्ध उजुरी दिन बिभाग पुगेका युवा विदेश उड्न पाएनन्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु