2026-10-15 09:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार बिभागद्वारा १४८ म्यानपावरलाई कारवाही, बिज्ञापन गर्दा म्यानपावरहरुको मनपरी

साउन १४, काठमाडौँ । वैदेशिक रोजगारको बिज्ञापनका क्रममा मनपरी गरेको भन्दै बैदेशिक रोजगार बिभागले १४८ म्यानपावरलाई कारवाही गरेको छ । विभागले तोकिएको मितिमा विज्ञापन प्रकाशित नगरेको अभियोगमा १ सय ४८ म्यानपावर कम्पनीलाई कारवाहि गरेको हो । यसरी कारवाहीमा पर्नेहरुमा ठूलादेखि साना म्यानपावर समेत मुछिएका छन् । 

बिभागको कारवाहीमा परेका म्यानपावरहरुलाई सरकारले ५० हजारका दरले जरिवाना गराएको छ । कारवाहीमा परेका म्यानपावरहरुले गत साउन ३ र ४ गतेको मितिमा विभिन्न राष्ट्रिय दैनिकमा बिज्ञापन गरेको भनि बिभागलाई झुक्याई बिज्ञापननै प्रकाशन नगरी कामदार छनौट गरेको बिभागले जनाएको छ । बिभागबाट कारवाहीमा परेकाहरुलाई वैदेशिक रोजगार ऐनको दफा ४९ अनुसार ५० हजार रूपैयाँका दरले जरिवाना गरेको बिभागले सूचना मार्फत समेत जानकारी दिएको छ ।

बिभागले कारवाहीमा परेकाहरुको सूचि समेत सार्वजनिक गरेको छ । बिभाग स्रोतका अनुसार बिभागले लामो समयदेखि अनुगमन नगरेको कुरालाई म्यानपावरहरुले फाइदा उठाउदै मनपरी गर्दै आएका थिए । बिज्ञापन सम्बन्धि धेरै समस्या म्यानपावरहरुमा रहेको बिभागका अधिकारीहरु बताउँछन् । म्यानपावरले बिज्ञापन किन सार्वजनिक गर्न चाहदैनन् ? किन बिज्ञापन लुकाउन चाहन्छन् ? भन्ने कारणबारे सर्वसाधारण समेत बिज्ञ छन् । सरकारले एजेन्ट व्यवस्था खारेज गरिसकेको भएपनि अधिकांश म्यानपावरहरुमा एजेन्टकै भर छ । त्यस्ता एजेन्टहरुले म्यानपावरको माग फुलफिल गरिदिन्छन् । जसको कारण कयौं म्यानपावर बिज्ञापन गर्ने आवश्यकनै ठान्दैनन् । कतिपयले त अनिवार्य बिज्ञापन गर्ने व्यवस्था खारेज गर्नुपर्ने समेत भन्दै आएका छन् । 

तर नेपालको संबिधानमा रोजगारको सूचना सबै नागरिकले समान रुपमा पाउनुपर्ने उल्लेख छ । संबिधानकै नीति अनुसार ऐन नियम बन्ने हुँदा वैदेशिक रोजगारमा इजाजत लिएका म्यानपावरहरुले समेत रोजगारको सूचना अनिवार्य सार्वजनिक गर्नुपर्ने ऐनमा उल्लेख भएको हो । सो नितीलाई छलि गर्न अधिकांश म्यानपावरहरुले बिज्ञापनमा मनपरी गर्दै आएका छन् । जसको कारण वैदेशिक रोजगार क्षेत्र अमर्यादित बन्दै गएको छ । पछिल्लो समय सम्बन्धित निकायलाईनै झुक्याएर बिज्ञापननै नछापी काम हुँदै आएको, बिज्ञापन छापेर तोकिएको दिनमा अन्तर्वार्तानै नहुने गरेको, बिज्ञापन छापेर सर्वसाधारणलाई बिज्ञापननै छैन भन्ने तर भित्रभित्रै एजेन्टका मान्छेहरु छनौट गर्ने गरेको लगायत धेरै समस्याबारे आवाज उठ्ने क्रम बढ्दै गएको छ । बिभागमा यस सम्बन्धित कयौं गुनाशोहरु हुने गरेका छन् । 

व्यवसायीहरुले प्राविधिक कारण देखाई बिज्ञापन गर्न बाध्यता नहुने बताए पनि कानुनी बाध्यता हुने बिभागको भनाई छ । बैदेशिक रोजगारमा बेथिति बढ्दै जाँदा रोजगारको सूचना तथ्यगत रुपमा सार्वजनिक गर्न म्यानपावरहरु जिम्मेवार नभएको देखिएको छ । अन्तर्वार्ताको मिति तोकेर बिज्ञापन गरेपनि अधिकांश म्यानपावरमा उक्त डिमाण्डमा कामदारहरुको छनौट पहिलेनै भईसक्ने गरेको समेत पाइएको छ । नीतिगत मान्यतालाई बिर्सेर म्यानपावरहरुले औपचारिकताको लागि मात्र बिज्ञापन छाप्ने गर्दा उक्त डिमाण्ड हेरेर म्यानपावर पुग्ने तथा त्यस्तो सूचनाको कारण वैदेशिक रोजगारमा जान इच्छुकहरुले अनाहकमा दु:ख पाईरहेको पाइएको छ । साथै तथ्यपरक बिज्ञापन हुनुपर्ने मान्यतालाई म्यानपावरहरुको कार्यशैलीले दैनिक राष्ट्रिय दैनिकमा छापिने पत्रिकाको समेत विश्वसनीयता गुमेको पाइएको छ । यस सम्बन्धमा विज्ञापन वोर्डले समेत कुनै चासो नदिएको पाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु