2026-10-15 09:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी अरबमा मृत्यु भएकाको परिवारले एक वर्षमा पाए ‘ब्लडमनी’ स्वरुप १७ करोडभन्दा बढी रकम

साउन १७, काठमाडौं । वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा मृत्यु भएका नेपाली कामदारका परिवारले एक वर्षमा ‘ब्लडमनी’ स्वरुप १७ करोड रुपैयाँभन्दा बढी रकम पाएका छन् । 

साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार गत आर्थिक वर्ष २०७८÷७९ (२०७८ साउनदेखि २०७९ असार मसान्तसम्म) मा उनीहरुले उक्त रकम पाएका हुन् । 

सो अवधिमा मृतक नेपालीले कामदारले कम्पनीबाट लिन बाँकी रहेको तलब र बोनस तथा सडक दुर्घटनामा परी मृत्यु भएका नेपाली कामदारको ब्लडमनी कुल ५० लाख ९० हजार ९१८ साउदी रियाल (१७ करोड ८ लाख ३ हजार ६९८ रुपैयाँ)  मृतकको परिवारका नाममा पठाइएको दूतावासले जनाएको छ । 

गत आर्थिक वर्ष साउदी अरबमा दुर्घटना तथा विविध कारणले २०६ जना नेपालीको मृत्यु भएको थियो । 

मृत्यु भएकामध्ये १८० जनाको शव नेपाल पठाइएको, १८ जनाको साउदी अरबमैं अन्तिम संस्कार गरिएको र ८ जनाको शव पठाउन बाँकी रहेको जानकारी दूतावासले दिएको छ । 

दूतावासका अनुसार प्राकृतिक कारण (हृदयघात समेत) ११२ जना, आत्महत्या गरेर ३४ जना, सडक दुर्घटनामा परी ३१ जना, कार्यस्थल दुर्घटनामा परी १४ जना र कोरोना संक्रमणका कारण १४ जना नेपालीको गत वर्ष साउदी अरबमा मृत्यु भएको थियो । एक जना नेपालीको भने हत्या भएको थियो । 

ट्राफिक दुर्घटनामा मृत्यु भएका ३२५ नेपाली कामदारको ब्लडमनी सम्बन्धी मुद्दा स्थानीय अदालतमा दायरका लागि सम्बन्धित प्रहरी कार्यालयमा फलोअप गरिएको दूतावासले जनाएको छ । त्यसमध्ये ५३ वटा केस अदालतमा दायर गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु