2026-10-15 09:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अल अरेविया ओभरसिजलाई पनि दफा ४४ अन्तर्गत ठगि मुद्दा दायर, ८७ लाखको मागदावी

साउन १९, काठमाडौँ । वैदेशिक रोजगार विभागबाट इजाजतपत्र लिई सञ्चालनमा रहेको अल अरेविया ओभरसिज प्रालिका तीन जना सञ्चालकहरु बिरुद्ध ठगी आरोपमा वैदेशिक रोजगार न्यायाधिकरण बबरमहलमा मुद्दा दायर गरिएको छ । 

बिभागले दायर गरेको मुद्दा अनुसार संस्थाका सञ्चालक अमरबहादुर गुरुङ समेतले आकर्षक तलब सहित पोल्याण्ड तथा चेक रिपब्लिक मुलुकमा वैदेशिक रोजगारमा पठाइदिने भनि यज्ञराज सुनुवार सहित पीडितहरुसँग अन्ठाउन्न लाख र राहदानी लिएर वैदेशिक रोजगारमा नपठाई ठगि भएको जाहेरी बिभागमा दर्ता भएको थियो । पीडितहरुले दिएको जाहेरीको आधारमा बिभागबाट अनुसन्धानको क्रममा इजाजतपत्रवाला अल अरेविया ओभरसिजका संचालकहरु अमर बहादुर गुरुङ, भरत बहादुर बुढाथोकी र मोहनप्रसाद चापागाई समेतले वैदेशिक रोजगार ऐन २०६४ को दफा ४४ बमोजिम कसुर गरेको पुष्टि हुन आएको बिभागले जनाएको छ । त्यसै अनुसार प्रतिवादीहरुलाई ऐनको दफा ४४ अनुसार कारवाही हुने र पीडितहरुबाट ठगि लिएको बिगो र सोको ५० प्रतिशतले हुन आउने हर्जाना क्षतिपूर्ति बापतको जम्मा ८७ लाख मागदावी सहित बिभागले न्याधिकरणमा मुद्दा दायर गरेको हो । वैदेशिक रोजगार ऐनको दफा ४४ अन्तर्गत निवेदन हुँदा कसुर गर्ने म्यानपावर खारेज हुने प्रावधान छ । 

विभागले नयाँ आर्थिक बर्ष सुरु भएको पछिल्लो १९ दिनमा ५ वटा संस्थाविरुद्ध दफा ४४ लगाएरै ठगी मुद्दा दायर गरेको छ । यसअघि बिभागले मेरिगोल्ड ओभरसिज, दीपज्योति ओभरसिज प्रालि, द हिमालय एचआर प्रालि र एस टि एल ट्रेड लिंक प्रा लि बिरुद्ध वैदेशिक रोजगार ऐनको दफा ४४ अनुसार कारवाहीको लागि न्याधिकारण समक्ष मुद्दा दायर गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु