2026-10-15 09:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबई पठाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा गोंगबुबाट एक जना पक्राउ, मुख्य नाइके युएईमै

साउन २९, काठमाडौं । दुबई पठाईदिन्छु भन्दै ठगी गरको अभियोगमा प्रहरीले एक जनालाई आइतबार दिउँसो पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काठमाडौं टोखा बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–७ खाडिचौर बस्ने २७ वर्षीय अविनाश कार्की छन् । 

दैलेख दुल्लु घर भएका एक पुरूषलाई  वर्किङ भिषामा दुबई जानको लागि साढे ७ लाख रूपैयाँ लाग्ने र दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा आर्मस् गार्डको काम लगाईदिने प्रलोभन उनले देखाएका थिए । 

पीडितलाई मासिक एक लाख रूपैयाँसम्म तलव हुने विश्वास दिलाई उनी ७ लाख ५० हजार रुपैयाँ ठगी फरार भएका थिए । 

पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं गोङ्गबुबाट उनलाई पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाइएको छ ।  

मुख्य नाइके युएईमै 

युवाहरुलाई युएई भिजिटमा लगेर ठगिको साम्राज्य चलाईरहेकाहरुको नाइके जय बहादुर बिक भन्ने व्यक्ति हुन् । जय बहादुर बिक भन्ने व्यक्ति २५ बर्षका हुन् । बिकले कयौं नेपालीहरुलाई युएई लादै अलपत्र पारेको पिडितहरुले बताएका छन् । पीडितहरुलाई युएई पुर्याएको गिरोहले ९ महिनासम्म युएईमा अलपत्र पारेपछि पीडितहरु युएईले लगाएको हजारौं दिरामको फाइन तिरेर आफ्नै प्रयासमा रुदै रित्तो हात नेपाल फर्किएको साझा सबाल मिडियामा गुनाशो गरेका छन् । पीडित बनेर फर्किएकाहरु आफूलाई युएई पठाउने गिरोहमा संलग्नहरुलाई पक्राउ गर्न बिभिन्न निकाय चहारीरहेका छन् । गिरोहका नाइके जय बहादुर बिक सहित व्यक्तिहरु खुलेयाम युएईमा रमाईरहेको पीडितहरुले जनाएका छन् । कालिकोट जिल्लाको साविकको चिल्खाया वडा नम्वर १ घर भएका जय बहादुर बिकको ठगि साम्राज्यलाई फलाउने फुलाउने काममा नेपालमा दर्जनौं एजेन्टहरु क्रमश: योगेस परियार, बलराम थापा, बसन्तराज श्रेष्ठ, नविन बिक, सुरज थापा, समिर जोशी लगायतहरु संलग्न रहेको पाइएको छ  । 

उनिहरुले गरेको ठगिको बिषयलाई लिएर वैदेशिक रोजगार न्याधिकरणमा पीडितहरुले जाहेरी समेत दिएका छन् । प्रहरीले हालसम्म यो घटनामा संलग्न केहीलाई पक्राउ गरिसकेको छ तर मुख्य करोडौं ठगेर नाइके बनेका बिक सहित युएईमा भिजिट भिसाको साम्राज्य चलाउने उनका साथीहरु पक्राउ परेका छैनन् । 

ठगीमा संलग्नहरुले सामाजिक संजालको दुरुपयोग गरि The Royal Gorkha Overseas Pvt. Ltd. नामको अवैध म्यानपावर खडा गरि युवाहरुलाई युएईको आर्म्स गार्ड तथा भीआईपी सेक्युरिटी गार्डमा पठाउने प्रलोभन देखाउने गरेका थिए । उनीहरुले युएईमा मासिक तीन हजार पाँच सय कमाई हुने र खान-बस्न समेत खर्च नलाग्ने भनेको पीडितहरुले साझा सबाल मिडियालाई बताए । ठगि गर्नेहरुले The Royal Gorkha Overseas Pvt. Ltd. को खाता नम्बर समेत खोलेर ठगि गरेको पाइएको छ । उनीहरुले कम्पनीको एनएमबि बैंकको खाता खोलेर बाँकी रकम आ-आफ्नो व्यक्तिगत खाता नम्बर पठाउदै हाल्न लगाएको पाइएको छ । यस क्रममा ठगीमा संलग्न प्रदिप तामाङले एनआईसी एसिया बैंक, जय बहादुर बिकले माछापुछ्रे बैंकका खाता खोलेर रकम लिने गरेको पाइएको छ । त्यस्तै ठगीमा संलग्नहरुले कल्पना ढुंगाना र मीनादेवी पाण्डेको नाममा आईएमई मार्फत पैसा बुझेर बिभिन्न मितिमा भिजिटमा युएई लगेको पाइएको छ । ठगि गिरोहको नाइके जय बहादुर बिकले युएई पुर्याईएका व्यक्तिहरुबाट भिजिट भिसामा जाने क्रममा नेपालबाट साटेर लागिएको १/१ हजारको डलर समेत लिएर काममा लगाइदिने प्रतिबद्धता गर्ने गरेको पाइएको छ । डलर लगेपछि नीज बिकले पुन: फेक अफर लेटर बनाई अब ड्युटी ज्वाईन गरिदिने भन्दै युएईमै रहंदा फेरी आफ्नो माछापुछ्रे बैंकको खातामा पैसा जम्मा गरिदिन भनेपछि पीडितहरुले नेपालमा परिवार मार्फत थप पैसाजम्मा गरिदिने गरेको पाइएको छ । तर पैसा हालेपछि बिभिन्न ठाउँमा सार्दै ९ महिनासम्म युएईमा राखेको पीडितहरुले बताएका छन् । युएईमा बस्ने क्रममा कहिले दाल र भात मात्र दिने गरेको र कहिले ५ दिनसम्म खाना खान नदिएको पीडितहरुले बताएका छन् । 

ठगी तथा मानव तस्करीमा संलग्न बिक लगायत बिरुद्ध ओम प्रकाश उप्रेती सहित १० जनाले  एक करोड १५ लाख ३५ हजार, दिपेन सांवा सहित ७ जना पीडितहरुले थप ५४ लाख ३४ हजार, डिलराज डौलियाले ११ लाख ११ हजार र महेन्द्र बहादुर कुमाल सहित तीन जनाले २९ लाख ३६ हजार सहित २ करोड २९ लाख भन्दा बढीको मागदावी सहित जाहेरी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु