हेम चन्द्र राई । भदौ २६,  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हेम चन्द्र राई । भदौ २६, 
2026-10-15 09:07 AM
काठमाडौँ - KTM

राजदुतावास, एनआरएनको सक्रियतामा ४ महिनादेखि अलपत्र ३० नेपाली कामदार काममा फर्कदै

हेम चन्द्र राई । भदौ २६, युएई | रोजगारी सिलसिलामा बिगत ११ महिना अघि युएई स्थित दुबई इमिरेट्समा डिपिएस ( डिपार्टमेन्ट अफ प्रोटेकटिभ सिस्टम )  सेकुरिटी गार्डमा पुगेका अलपत्र भनिएका ३० जना नेपाली कामदारहरू सोमबार देखि पुन काममा फर्कने भएका छन् । बिगत चार महिना देखी तलब , सेवा सुविधाबाट बन्चित उनीहरु अलपत्र परेका थिए ।

एनआरएन , नेपाली राजदुतावासको बिशेष सकृयतामा शनिबार भएको त्रिपक्षिय बैठकमा कामदारले सम्झौता मुताविक पाउने तलब तथा सेवा सुबिधा आउदो ३१ अक्टोबरसम्म अर्थात ४५ दिन भित्रमा दुइ  किस्तामा कम्पनीको म्यानेजमेन्टले प्रदान गर्ने लिखित सम्झोैता भए पछि कामदारहरू पुन काममा फर्कन लागेका हुन् ।

नेपाली राजदुतावास युएर्इका श्रम सहचारी हिरा कुमारी यादव , एनआरएन यूएईका अध्यक्ष सुदिप कार्की तथा उपाध्यक्ष रमेश श्रेष्ठ, कम्पनिको तर्फबाट म्यानेजमेन्ट  र पिडित पक्ष बीच गम्भीर छलफल पश्चात  बिगत चार महिनाबाट अलपत्र ३० नेपाली पुन काममा फर्कने निर्णय गरेका हुन । हालसम्म उनीहरुको ११ हजार देखी २० हजार दिरामसम्म तलब लिन बाकी रहेको पीडितले बताएका छन ।

लिडर सेकुरिटी सर्भिस कम्पनीका म्यानेजमेन्टको सदस्य हाल राखिएको सार्जा सनैया – ३ लेबर क्याम्पमा पुगी कामदारहरू सँग प्रत्यक्ष भेटघाट गरि यथार्थ बुझेका थिए । बैदेशिक रोजगार एेन अनुसार पाउने तलब सुबिधा कटौती भएकोमा कम्पनीको एकाउण्टमा केही प्रबिधिक समस्याले गर्दा तलबमा कमी आएको भन्दै कम्पनीले सम्झौता अनुसार तलब सुबिधा दिने लिखित पत्र राजदुताबास युएर्इलार्इ दिएको छ । कम्पनीले दिएको उक्त पत्रमा ३१ अक्टोबर अर्थात ४५ दिन भित्रमा पीडित सबै कामदारहरुलाई दुर्इ किस्तामा तलब दिने तथा तत्काल सबैलाई काममा लगाउने समेत  जनाएको छ ।

११ महिना पहिले काठमाण्डौ स्थित हिमअरब ओभरसिज र एनसिएफ म्यानपावर मार्फत युएईको दुबई  इमिरेट्समा रहेको लिडर सेक्युरिटि सर्भिसेस कम्पनीले आफ्नो सेकुरिटी गार्डलाई भने सार्जा इमिरेट्समा रहेको सनैया – ३ लेबर क्याम्पमा राखेको थियो । सुरक्षा गार्डको लागि आएको ३० अलपत्रमा परेका पीडितलाई माओवादी केन्द्रको बिदेश बिभाग संगठन जन प्रगतिशील मंच युएईले आर्थिक तथा रासन समेत बितरण गरेको थियो । एनआरएन नेपाली दूतावासको पहलमा भएको सम्झौता कार्यनयन हुन्छ हुँदैन संकोचमा रहेको कुरा पीडितले बताएकाछन । ” यो कम्पनीको म्यानेजमेन्टले हालसम्म लिन बाकी रकम र कसैलाई डिउटी दिने कसैलाई खाली क्याम्पमा राख्ने काम बन्द गरेर ४५ दिन भित्रमा सबैको बाकी तलब र कामदार काममा लगाउने प्रतिवद्द्ता नेपाली दूतावासको बीच हामी पीडितहरुको माझमा तृपक्षिय लिखित सम्झौता भएको छ कार्यनयन होस भन्ने पक्षमा रहेको कुरा पीडितहरुको धारणा रहेको छ ।” सो कम्पनीमा नेपालीहरुको अलवा पाकिस्तानी , भारतिय , अफ्रिकाको नागरिक सेकुरिटी गार्डमा कार्यरत छन । पीडित ३० जना मध्य कसैलाई काम दिने कसैलाई काम नदिकन राख्ने , तलब समयमा नदिने , अपुरो तलब दिन गर्दै जादा अन्ततः ३० नेपाली युवाहरू चार महिना देखी अलपत्रमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने