उनीहरूका अनुसार करिब पाँच हजार नेपाली कामदारलाई जापान पठाउने प्रक्रिया सुरु हुन लागेको हो।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

उनीहरूका अनुसार करिब पाँच हजार नेपाली कामदारलाई जापान पठाउने प्रक्रिया सुरु हुन लागेको हो।

2026-07-05 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानका कुन-कुन क्षेत्रमा कहिलेदेखि नेपाली कामदार जान पाउँछन् ?

भदौ ३, काठमाडौं | अबको "केही समयभित्रै" दक्ष तथा मापदण्ड पूरा भएका नेपाली कामदारहरू जापान जान पाउने अधिकारीहरूले बताएका छन्।

उनीहरूका अनुसार करिब पाँच हजार नेपाली कामदारलाई जापान पठाउने प्रक्रिया सुरु हुन लागेको हो।

जापानमा नेपाली कामदार: भाषा र सीपसम्बन्धी परीक्षा कार्तिकमा – BBC News  नेपाली

यद्यपि उनीहरूलाई जापान पठाउने प्रक्रियाबारे अझै "केही अन्योल कायम रहेको तर त्यस्ता अन्योल हटाउने पहल सुरु गरिसकिएको" अधिकारीहरूको भनाइ छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वैदेशिक रोजगार व्यवस्थापन शाखाका उप-सचिव तथा तथा सहप्रवक्ता थानेश्वर भुसाल भन्छन्, "हामीले जुन किसिमको समझदारी गरेका छौँ त्यसमा केही प्रष्ट पार्नुपर्ने कुराहरू देखिएका छन्। हामीले त्यस्ता अन्योल हटाउनेबारे आवश्यक पहल सुरु गरिसकेका छौँ।"

"तर भाषा र दक्षता परीक्षा पास गरेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई त्यस्ता अन्योलकै आधारमा नपठाउने भन्ने हुँदैन। त्यसैले हामीले सकेसम्म चाँडै पठाउनका लागि सबैखाले विकल्प अघि बढाएका छौँ।"

"हामीले अघि बढाएका कुराहरूमा जापानी पक्ष पनि सकारात्मक भएकाले सकेसम्म चाँडै यो विषय टुङ्गिन्छ," भुसालले भने।

भाषा र दक्षता परीक्षा पास गरेका नेपालीहरू

नेपालमा कोरियाकै जस्तो प्रणालीबाट अहिले जापानले भाषा तथा सीप परीक्षा लिइरहेको छ।

उसले त्यसका लागि जापान फाउन्डेसनलाई जिम्मा दिएको छ।

यद्यपि भाषा र सीप परीक्षा पास गरेका कामदारलाई व्यक्तिगत रूपमा, वैदेशिक रोजगार व्यवसायीसँगको साझेदारीमा वा सरकार-सरकारबीचको सम्झौताका आधारमा पठाउने भन्नेबारे अन्योल देखिएको छ।

तर भाषा र सीप परीक्षा पास गरेका करिब ८०० जति कामदार व्यक्तिगत पहलमै जापान गइसकेका छन्।

हालसम्म नेपालमा साढे पाँच हजार जतिले त्यस्ता परीक्षा पास गरिसकेको विवरण श्रम मन्त्रालयले दिएको छ।

भुसालका अनुसार करिब दुई हजार नेपालीहरूले नर्सिङ तथा स्याहार क्षेत्रका लागि सीप परीक्षा पास गरिसकेका छन्।

त्यस्तै कृषि क्षेत्रमा सात सय जतिले योग्यता परीक्षा पास गरेका छन्। उत्पादन र खाद्य सेवा उद्योगका लागि पनि केही नेपालीहरू छानिएका छन्।

तर उनीहरूलाई पठाउने 'मोडालिटी' स्पष्ट नहुँदा ढिलाइ भएको अधिकारीहरूको भनाइ छ।

नेपाल र जापानबीच समझदारी

नेपाल र जापानबीच सन् २०१९ मा एउटा श्रम समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

उक्त समझदारी अनुसार निर्दिष्ट सीप भएका कामदार (स्पेसिफाइड स्किल्ड वर्कर्स- एसएसडब्लू) प्रणालीमार्फत नेपाली नागरिकलाई जापानमा रोजगारीको अवसर दिने व्यवस्था गरिएको छ।

दुई साताअघि काठमाण्डूमा सोही समझदारी अनुसार बनेको संयुक्त कार्य समितिको पछिल्लो बैठक बसेको थियो।

उक्त बैठकले कामदारलाई जापान पठाउन देखिएका अन्योललाई हटाउन पहल गर्ने निर्णय गरेको बताइएको छ।

कार्यदलमा नेपाल र जापानका अधिकारीहरू सदस्य रहेका छन्।

उक्त बैठकका विभिन्न चारवटा विषयमा छलफल भएको थियो।

बैठकमा नेपाल र जापानबीच भएको समझदारीपत्रलाई नेपाल र जापानका समसामयिक कानुनी व्यवस्था समेटेर परिमार्जन गर्नुपर्ने भएमा त्यसको तयारी गर्नेबारे छलफल भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरूका अनुसार बैठकमा जापानको एसएसडब्लू प्रणाली कार्यान्वयन गरी नेपाली नागरिकलाई जापान पठाउन नेपाल सरकारले निर्माण गर्नुपर्ने कार्यविधि बनाउनेबारे पनि छलफल भएको थियो।

त्यस्तै नेपालमा जापानी भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेर बसेकाहरूलाई जापान पठाउन नेपाल र जापान दुवैतर्फबाट सहजीकरण गर्ने तथा जापानले आफ्ना रोजगारदातालाई एसएसडब्लू प्रणाली अन्तर्गत नेपालबाट कामदार आउने कुरा जानकारी गराउने भन्ने निर्णय पनि बैठकले गरेको थियो।

जापानमा नेपाली कामदार

नेपाल राष्ट्र ब्याङ्कको पछिल्लो प्रतिवेदन अनुसार सन् २०१९/२० मा नेपालबाट ९३९ जना कामदारहरू जापान गएका थिए।

त्यस्तै सन् २०२०/२१ मा ५५३ र सन् २०२१/२२ मा २,४७८ कामदारहरू जापान गएको देखिन्छ।

जापानले झन्डै ४० हजार नेपाली कामदार लैजाने :: सेतोपाटी संवाददाता :: Setopati

जापानमा अहिले करिब एक लाख २० हजार नेपालीहरू बसोबास गर्ने गैरआवासीय नेपाली सङ्घ जापानका अध्यक्ष शिव पौडेल बताउँछन्।

उनका अनुसार जापानमा भएका नेपालीमध्ये अधिकांश विद्यार्थी छन् केहीले व्यवसाय गरेका छन् भने श्रमिकका रूपमा पनि केही रहेका छन्।

जापानले सन् २०१९ बाट कार्यावन्वयन गरेको एसएसडब्लू न‌ीतिअनुसार विदेशी कामदारहरूले १४ वटा औद्योगिक क्षेत्रमा काम गर्न पाइरहेका छन्।

जापानले नेपालसहित चीन, थाईल्यान्ड, भियतनाम, फिलिपिन्स, इन्डोनेशिया, म्यानमार, कम्बोडिया र मङ्गोलियालगायतका देशबाट कामदार लिने नीति लिएको छ।

तीन वर्षअघि गरिएको एउटा सर्वेक्षणमा जापानमा सन् २०३० भित्रमा ६४ लाखभन्दा बढी कामदारहरूको अभाव हुने देखिएको थियो।

उक्त अभावलाई पूर्ति गर्ने भन्दै जापानले तीन वर्षअघि नै कामदारसम्बन्धी नयाँ नीति ल्याएको थियो।

कति कमाइ हुन्छ?

गैर आवासीय नेपाली सङ्घ जापानका अध्यक्ष पौडेलका अनुसार उक्त प्रणालीबाट जापान जाने नेपाली कामदारले न्यूनतम डेढ लाखदेखि तीन लाख नेपाली रुपैयाँसम्म मासिक पारिश्रमिक पाउन सक्छन्।

तर उनी नर्सिङ तथा स्याहार, उत्पादन क्षेत्र तथा पर्यटन क्षेत्रमा बढी तलब हुने बताउँछन्।

"कृषि क्षेत्रमा भने कम तलब हुन्छ। काम गर्न पनि ग्रामिण क्षेत्रमा बस्नुपर्ने हुन्छ," उनले भने।

नेपालबाट जापान जान चाहनेले आफूले काम गर्ने कम्पनीको अवस्थादेखि त्यहाँको पाइने पारिश्रमिक र त्यसमा लाग्ने कर एवम् बिमासम्बन्धी व्यवस्था बुझेर मात्र जानुपर्ने उनको सुझाव छ।

"ठूलो तलब पाइन्छ भन्ने कुरा पनि प्रचार भएको देखिन्छ त्यसबारे विस्तृतमा बुझेर मात्र आउनु राम्रो हुन्छ," उनले भने।

जापानमा कामलाई धेरै महत्त्व दिने गरिएकाले आफूलाई सीपमा दक्ष बनाएर मात्र जाँदा राम्रो हुने उनको सुझाव छ। बिबिसिबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै