2026-07-06 04:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएई ‘बाइक राइडर’को रुपमा जाने धेरै युवाहरु समस्यामा

भदौ २०, काठमाडौँ । आठ महिना अघि बाइक राइडरको कामको लागि भन्दै आकर्षक अवसरको प्रलोभनमा साढे ३ लाख लागत तिरेर विदेश गएका आशिस तिम्सिना अझै पनि आफू पीडित अवस्थामै रहेको बताउँछन् । गत डिसेम्बरमा युएई पुगेका उनि सहित अरु युवाहरुलाई पठाउने म्यानपावर कम्पनीले तीन महिना पछि कम्पनीले बाइकको लाइसेन्स निकालिदिने र त्यसपछि काम लगाउने आश्वासन दिएको थियो । म्यानपावरले सरकारी निकायसँग स्वीकृति लिंदा मासिक १४०० दिह्राम तलब हुन्छ भनि पठाएपनि व्यक्तिगत रुपमा सोहि पदमा जानेहरुलाई तीन महिनासम्म तलब नपाउने भनेको थियो । तीन महिनापछि काम पनि पाइने र बाइकको लाइसेन्स पनि आउने अनि मनग्य कमाई हुने प्रलोभनमा आफूहरु युएई आएको आशिषको भनाई छ । 

आशिष भन्छन 'तर तीन महिना बित्यो, लाइसेन्स पनि आएन, कम्पनीले तलब दिने त झनै कुरा नै आएन ।' त्यसपछि उनिहरुले आफूलाई बाइक राइडरमा पठाउने म्यानपावरलाई स्वदेश फिर्ता गरिदिन अनुरोध गरे । तर म्यानपावरले सुनुवाई गर्नुको सट्टा बिभिन्न आश्वासनमा ८ महिनासम्म बिना तलब कुराईदियो । कुरेको ८ महिना पछि आशिषले काम त पाए तर तलब आउँदा कम्पनीले बिभिन्न नाममा पैसा काट्यो । अब उनि नेपाल फर्किएर सम्बन्धित म्यानपावर बिरुद्ध उजुरी दिने योजनामा छन् । 

यस्तै प्रकृतिको गुनाशो धेरै छन् । बाइक राइडरमा युएई पठाउँदा चर्को लागत अशुली गर्ने बेथिति त छदैछ, त्यसमा पनि मासिक एक लाख भन्दा बढी कमाई हुन्छ भन्दै प्रलोभनमा पार्ने गरिएको छ । एजेन्टहरुले पैसा तिर्न तयार युवा मात्र हेर्ने गर्छन्, सम्बन्धित युवाले बाइक चलाउन जानेको छ/छैन समेत वास्ता हुँदैन । नेपालमा अलि-अलि बाइक चलाउन जानेकै भरमा युवाहरु ठूलो आशा बोकेर सोहि डिमाण्डमा बैदेशिक रोजगारमा जाने गरेको परिणाम पनि समस्यानै हो । जसको कारण सम्बन्धित देशमा समयमै लाइसेन्स प्राप्त गर्न नसक्ने, लाइसेन्स प्राप्त गर्नु अगावै सिक्ने क्रममा दुर्घटनामा परेर बाइक चलाउने काम जोखिमपूर्ण हुन्छ भन्ने बुझेर काम नै गर्न नचाहने जस्ता समस्या आउने गरेका छन् । मानसिक रुपमा तयार नहुँदा वा अनुभवी नहुँदा काम जोखिमपूर्ण हुने बुझेर पनि केहि युवाहरु करार नसकिदै स्वदेश फिर्ता हुन चाहने गरेको पाइएको छ । 

नेपालबाट एजेन्टहरुको प्रलोभनमा मासिक लाख/लाख कमाइ हुन्छ भनि युएई जानेहरु मध्ये अधिकांशले त्यहाँ पुगेपछि भनेजस्तो नभएको बताउने गरेका छन् । बाइक राइडरको रुपमा युएई जानेहरुले नेपालमा छँदै बाइक चलाउन अनुभवी नभएको तथा नेपाली लाइसेन्स नचाहिने भएको कारण उतै गएर सिकेर लाइसेन्स बनाउने हो भनि एजेन्टको भर पर्दा पनि समस्या आएको पाइएको छ । यसरी बिना अनुभव बाइक राइडर पदमा रोजगारको लागि गएकाहरुमा बिभिन्न समस्या आईपर्ने गरेको पाइएको छ । युएईमा तेज गतिको सवारीबाट जोगिदै, ट्राफिक नियमको पालना गर्दै बाइक राइडरको काम गर्नु कम्ति जोखिम काम भने होइन तर अधिकांशलाई नेपालबाट रोजगारमा पठाउँदा उपयुक्त जानकारी दिने गरिएको पाइएको छैन । 

त्यसो त केहिले बाइक राइडरको रुपमा युएई गएर राम्रो तलब कमाए भन्दैमा सबैको उस्तै कमाई र उस्तै कम्पनी पर्छ भन्ने पनि हुँदैन । बाइक राइडर पदमा काम गर्न दक्ष युवाहरुले समेत युएईमा आएर भनेजस्तो तलब तथा सेवा सुविधा नपाएको बताउने गरेका छन् । उनिहरुको अनुसार नेपालमा एकखाले सम्झौता हुने र युएई आएपछि त्यसभन्दा फरक खाले सम्झौतामा काम गर्न बाध्य पारिने गरिएको गुनाशो प्राप्त भएका छन् । 

यसै सम्बन्धमा बाइक राइडर पदमा कामदार पठाईसकेका केहि म्यानपावर व्यवसायीको धारणा बुझ्ने हो भने पनि युएईमा बाइक राइडरमा रोजगार नेपालमा भने जति राम्रो नहुने स्वीकार गरेका छन् । केहि नेपालीले एक लाख बढी कमाए भन्दैमा सबैले कमाउँछन् भन्ने एजेन्टको चिप्लो बोलीलाई विश्वास गरेर जाँदा अधिकांशले आफू ठगिएको अनुभूति गर्ने गरेको बताएका छन् । बाइक राइडर पदमा कामदार पठाउने म्यानपावरले समेत युवाहरुको समस्या धेरै आएको कारण भन्दै सो पदमा आफ्नो म्यानपावरबाट फेरी अर्को पटक रोजगारमै नपठाउने समेत बताउने गरेका छन् । बाइक राइडर पदमा धेरै कमाई हुने आशामा युवाहरुले ३ देखि ५ लाखसम्म तिरेर जाँदै गर्दा यसको विपक्षमा कुरा हुन थालेको छ । बाइक राइडरको लागि भनि गएकाहरु त्यहाँ भनेजस्तो नहुने भएपछि क्लिनरमा समेत काम गर्न बाध्य भएको जानकारी प्राप्त भएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै