2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा हुने ठगी रोक्न सरकारका ५ रणनीति

भदौ २३, काठमाडौँ | वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले वर्षौँदेखि बग्रेल्ती समस्या भोग्दै आएका छन् । तलब नपाउने, ठगिने, काममा पेलाइने, सम्झौताअनुसार सेवा सुविधा नदिएकोदेखि शारीरिक तथा मानसिक यातना नभोग्ने कमै छन् । 

जुन जोगी आए नि कानै चिरेका भनेझैँ जुन सरकार आए नि यस्तो खालको समस्या छ भन्ने तर समाधानका लागि खासै पहल गरिएको छैन । यसै क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ती समस्या समाधानका लागि रणनीतिक योजना अघि बढाएको छ । 


मन्त्रालयका सहायक प्रवक्ता डा. थानेश्वर भुसालले समस्या समाधानका लागि ५ वटा रणनीति अवलम्बन गरिएको बताए । 

सम्झौता: समयसापेक्ष अपडेट 

सरकारले वैदेशिक रोजगारमा देखिएका समस्या समाधानको लागि पहिलो रणनीतिका रूपमा सम्झौता अपग्रेडको रणनीति अगाडि बढाएको छ । सहायक प्रवक्ता डा. भुसालले पहिला नै भइसकेका श्रम सम्झौता तथा श्रम समझदारीलाई समय सापेक्षअनुसार अपडेट गर्दै जाने रणनीति बनाएको बताए । 

‘नयाँ ऐन कानुन आएमा, नयाँ प्रविधिको विकास भएमा सोहीअनुसार सम्झौतामा उल्लेखित पुराना व्यवस्थालाई अपडेट गरी समयसापेक्ष बनाउँदै लैजानेछौँ,’ सहायक प्रवक्ता डा. भुसालले भने । 

नेपालले हालसम्म १११ देशसँग संस्थागत रूपमा वैदेशिक रोजगारका लागि खुल्ला गरेको छ । ती मध्ये हाल अफगानिस्तान, इराक र लिबियामा प्रतिबन्ध लगाइएको छ । 

श्रम सम्झौता बढाउँदै लैजाने 

नेपालले वैदेशिक रोजगारलाई व्यवस्थित र सुरक्षित बनाउन श्रमिक बढी भएका देशसँग श्रम सम्झौता गर्दै जाने दोस्रो रणनीति बनाएको छ । 

‘जुन देशमा नेपाली श्रमशक्ति बढी छ, त्यो देशसँग श्रम सम्झौता गर्ने । श्रम सम्झौता गरेर अहिले देखिएका समस्या कम हुने हाम्रो विश्वास छ,’ सहायक प्रवक्ता डा. भुसालले भने । 

‘नेपालले साउदी अरबसँग श्रम सम्झौता गर्ने तयारी गरेको छ । कामदार धेरै जाने साउदीसँग नेपालले श्रम सम्झौता गर्न सकेको छैन । अब चाँडै गर्ने तयारी भइरहेको छ,’ उनले भने । 

नियमित संयुक्त बैठक गर्ने 

दुई देशबीच हुने सम्झौताका लागि संयुक्त कमिटी गठन गरिएको हुन्छ । दुई देशबीचका ज्वाईन्ट कमिटीको बैठकमा समस्याको पहिचान गर्दै त्यसका विषयमा छलफल हुने र समस्या समाधानका लागि सरकारलाई सुझाव दिने गर्छन् । 

‘हामीले ज्वाइन्ट कमिटीका मिटिङ नियमित गर्ने तेस्रो रणनीति अगाडि बढाएका छौं । जतिसक्दो बैठक बढी गर्ने, जति बढी बैठक राख्न सकियो, त्यति धेरै समस्या पत्ता लगाउन र समाधान गर्न सकिन्छ,’ उनले भने । 

डिप्लोमेटिक नेगोसेसन 

भैसकेको सम्झौता कार्यान्वयनमा दुवै देश जिम्मेवार भएमा त्यस्ता समस्या नआउने र आएमा पनि ‘डिप्लोमेटिक नेगोसेसन’ गरेर तत्कालै समाधान गर्न सकिन्छ । 

‘सम्झौता गरिएका देशमा सम्झौतालाई कार्यान्वयनमा कडाइ गर्ने । सम्बन्धित देशसँग सम्झौता कार्यान्वयनका विषयमा झकझक्याउने गर्नुपर्छ । त्यसमा हामी गम्भीर भएर लाग्नुपर्ने देखिएको छ,’ डा. भुसालले चौथो रणनीतिबारे बताए । रोजगारदातासमक्ष पुग्ने 

सरकारले अँगालेको पाँचौ रणनीति भनेको रोजगारदातासमक्ष पुग्नु हो । देशसँग सम्झौता गरे पनि सरकारले आवश्यक परेमा रोजगारदातासमक्ष पुग्ने रणनीति अघि सारेको छ । 

‘जसरी पनि हामी त्यहाँको रोजगारदातासमक्ष पुग्नैपर्छ । प्राइभेटसमक्ष पुग्नैपर्छ । त्यसका लागि कसरी गर्न सकिन्छ, त्यतातिर ध्यान दिनुपर्छ,’ उनले भने, ‘रोजगारदातालाई नै अनलाइन सिस्टममा राखेर सेवा सुविधादेखि लिएर सबै कुरामा उनीहरूलाई नै इन्ट्री गराउन लगाउने र सोही आधारमा हामीले मनिटरिङ गर्न सक्छौं ।’ 

अनलाइन सिस्टममार्फत् नै रोजगारदाताले कामदारको सम्पूर्ण विवरण राख्ने सिस्टम बनाएपछि नेपाल सरकारले नै मनिटरिङ गर्न सजिलो हुने उनको भनाई छ । 

यी ५ वटा मुख्य रणनीति अपनाएर वैदेशिक रोजगारमा देखिएका समस्या समाधान गर्नतिर सरकारले लागेको छ । यसका लागि कानूनी व्यवस्था संशोधन गरेर अगाडि बढ्ने रणनीतिमा सरकार रहेको छ । 

‘यी सबै कुरा कानूनमा लेखेर मात्रै गर्नुपर्छ । हामी त कानूनमा टेकेर मात्र अगाडि बढ्ने हो,’ उनले भने, ‘आफ्नो मनमा आयो भन्दैमा हामी गर्न सक्दैनौं । वैदेशिक रोजगार ऐन संशोधन गर्नुपर्ने छ । विभागमा भएको क्षमतालाई पनि स्तरीणकरण गर्नुपर्ने छ ।’

यसका साथै म्यानपावर व्यवसायीबाट हुने कमीकमजोरी समेत कम गर्न सरकार लागि परेको डा भुसालको भनाई छ । 

सरकारले यी सबै रणनीति सँगसँगै अगाडि बढाउने भएको छ । ‘हामी विगतका क्रियाकलापबाट पाठ सिकेर अगाडि बढ्दैछौं । कुनै रणनीतिमा हामी फेल भयौं, समीक्षा गरी नयाँ रणनीति अवलम्बन गरेर अगाडि बढ्नुपर्छ,’ उनले भने । 

उता श्रममन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारमा थुप्रै खालका समस्या र चुनौती रहेकाले नयाँ रणनीति नै बनाएर समाधान गर्नतिर लागेको बताएका छन् । 

‘नीति नियममा देखिएको कमीकमजोरी सच्याउने, समस्या कहाँ कहाँ छ ? त्यो खोजेर समाधानको उपाय अवलम्बन गर्ने रणनीतिमा सरकार छ,’ मन्त्री कुँवरले भने ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ