2026-10-15 08:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोजगारी खोज्न चाहनेलाई यूएईले छुट्टै भिसा दिने

भदौ २३, काठमाडौँ | रोजगारी खोज्न चाहनेलाई यूएईले छुट्टै भिसा दिने भएको छ । यूएई सरकारले रोजगारीका अवसरहरू खोज भनेर नै प्रवेश अनुमति दिने गरी यो भिसाको डिजाइन गरेको हो ।

यूएई सरकारको घोषणा अनुसार यूएईमा जागिर खोज्ने गरी पाइने भिसामा कोही पनि स्पोन्सर वा होस्ट आवश्यक पर्दैन । यो भिसाले मल्टिपल इन्ट्रीको विकल्प दिने छ । यस्तो भिसा ६० दिन अर्थात् दुई महिना अवधिको हुने छ ।

यो अवधिमा यूएईमा रहेर आफूले चाहे अनुसारको काम खोज्न सकिन्छ । यो भिसाका लागि आवेदन कसरी दिने र के कस्ता कागजात चाहिने लगायतका विवरण भने सार्वजनिक गरिएको छैन । तर यूएई सरकारले यस भिसामार्फत दक्ष र व्यवसायीक युवाहरूलाई लक्षित गरेको छ । आउँदो अक्टोबर ३ देखि यो भिसा कार्यान्वयनमा आउने छ । 

भिसाको समयावधि सकिएमा वा रद्द गरिएमा युएई छोड्न ६ महिनाको समयावधि दिइनेछ । यसअघि सामान्यतया भिसा रद्द भएको वा भिसाको म्याद गुज्रिएको एक महिनाभित्रमा युएई छोड्नुपर्ने नियम थियो ।

यस्तै, यूएई आउँदो अक्टोबर ३ देखि नै आप्रवासीहरूलाई गोल्डेन भिसा पनि दिन थाल्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु