2026-10-15 08:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुस जाने नेपाली विद्यार्थीलाई दूतावासको अपील

भदौ २९, काठमाडौँ । रुसी महासङ्घको मस्कोस्थित नेपाली राजदूतावासले भाषिक ज्ञानको अभावमा वस्तुस्थिति नबुझी विभिन्न प्रलोभनमा परेर आउने नेपाली विद्यार्थीहरू अनेकन समस्यामा परेको जनाएको छ ।

दूतावासले आज एक विज्ञप्तिमार्फत विद्यार्थी प्रवेशाज्ञामा रूसी महासङ्घ आउँदा नितान्त अध्ययनबाहेक अन्य कुनै प्रकारको आश्वासन–प्रलोभनमा नपर्न सम्बन्धित सबै नेपाली विद्यार्थी तथा अभिभावकलाई अपिल गरेको छ । रुसी महासङ्घस्थित विभिन्न विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न जाने नेपाली विद्यार्थीहरूको सङ्ख्या पछिल्लो केही महिनादेखि बढिरहेको जानकारी प्राप्त भएको दूतावासले जनाएको छ ।

नेपालका विभिन्न शैक्षिक परामर्श केन्द्रमार्फत विद्यार्थी प्रवेशाज्ञामा रुस जाने नेपालीले ‘रसियामा आकर्षक रोजगारीको अवसर रहेको, ‘रसियाबाट सजिलै युरोप जान सकिने सम्भावना रहेको’ लगायत विभिन्न प्रलोभनमा परी मोटो रकम बुझाएर रसिया पुग्ने गरेका छन् । तर परामर्श केन्द्रहरूले कबुल गरे बमोजिमको अवसर नरहेको एवं भाषागत समस्याका कारण रुसमा कष्टकर दैनिकी भोगिरहेका नेपालीले हाल नेपाल फर्किन सहजीकरण गर्नका लागि अनुरोध गर्दै दूतावासमा सम्पर्क गर्दै आएका छन् ।

तिनै मध्येका केही विद्यार्थी परिवारबाट सम्पर्कविहीन भएको एवं ठूलो मानसिक तनावमा रहेको भनी खोजी गरिदिन घरपरिवारबाट समेत अनुरोध भई आएको दूतावासको विज्ञप्तिमा उल्लेख छ । रुसी महासङ्घका राम्रा विश्वविद्यालयमा छात्रवृत्तिमा एवं नितान्त रुपमा अध्ययनका लागि आउने विद्यार्थीलाई यथेष्ट अवसर रहेका छन् । तर भाषिक ज्ञानको अभावमा तथा यहाँको वस्तुस्थिति नबुझी विभिन्न प्रलोभनमा परेर आउने विद्यार्थी अनेकन समस्यामा पर्ने गरेको दूतावासले जनाएको छ ।

दूतावासले विद्यार्थी प्रवेशाज्ञामा रुसी महासङ्घ आउँदा नितान्त अध्ययनबाहेक अन्य कुनै प्रकारको आश्वासन–प्रलोभनमा नपर्नु हुन सबै नेपाली विद्यार्थी तथा अभिभावकलाई अपिल गरेको छ । उक्त विषयमा थप जानकारीका लागि दूतावासका सुशील घिमिरे (द्वितीय सचिव) +74992419313, +79680702815 र राजकुमार बस्नेत (सहचारी)+74992419512, +79684602225 लाई सम्पर्क गर्नसमेत दूतावासले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु