2026-09-04 02:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीको डिमाण्ड कारोबारमा श्रमसहचारीकै भूमिकामाथि प्रश्न, नियतवश प्रमाणीकरण गरिदैनन् डिमाण्डहरु !

असोज ७, काठमाडाैं । साउदी सहित बिभिन्न देशमा रहेका नेपाली  दुतावास तथा कन्सुलेट कार्यालयहरुका कर्मचारीहरुले नियतवश म्यानपावरमा आउने डिमाण्डहरु प्रमाणीकरण गर्न आनाकानी गर्ने गरेको आरोप म्यानपावर व्यवसायीहरुले लगाउँदै आएको आरोप हो । म्यानपावरहरुको अस्वस्थ प्रतिष्पर्धाकै बीच दुतावासका कर्मचारीहरुले खेल्ने मौका पाएको र श्रम सहचारीको रुपमा बिभिन्न देशमा नियुक्त भएर जानेहरुले अनावश्यक बहानामा दुख दिने, केहि म्यानपावरहरुसँगको मिलिमतोमा आर्थिक स्वार्थ राखेर मागपत्र प्रमाणीकरण गर्ने जस्ता गतिबिधि भईरहेको आरोप लगाईएको छ । त्यसो त बिभिन्न नीतिगत उल्झन खडा गरि दुतावासहरुले मागपत्र प्रमाणीकरणमा समस्या खडा गर्ने, रोजगारदातालाई दुख दिने जस्ता क्रियाकलाप गरेर नेपाल आउने डिमाण्डहरु अन्यत्र देशमा डाइभर्ट गर्न भूमिका खेल्ने गरेको समेत आरोप लगाइएको छ । 

यसैबीच डिमाण्ड कारोबारकै बिषयलाई लिएर काठमाडौँ स्थित द रिभर ओभरसिज म्यानपावरका संचालक रघु पुरीले साउदीको जेद्दा स्थित श्रम सहचारी प्रेमप्रसाद उपाध्यायलाई धम्क्याएको आरोप लागेको छ । साउदीको जेद्दास्थित श्रमसहचारी प्रेमप्रसाद उपाध्यायले म्यानपावर कम्पनीहरुले विभिन्न रोजगारदाता कम्पनीबाट ल्याएको डिमाण्ड प्रमाणीकरणमा ढिलासुस्ती गर्ने र सो बापत आर्थिक स्वार्थमा मात्र छिटो काम गर्दै आएको आराेप लागेकाे छ । उपाध्यायले एउटै कम्पनीबाट आएका डिमाण्ड प्रमाणीकरण गर्न ढिलो गर्दा रोजगारदाता कम्पनीले कोटासमेत कटौती गर्न थालेको म्यानपावर व्यवसायीहरूले आरोप लगाएका छन् । यस्तो आरोप नयाँ भने होइन । धेरै म्यानपावर कम्पनीहरुले साउदी, कतार र मलेसियामा रहेका दुतावासका कर्मचारी माथि लगाउदै आएको आरोप यस्तै प्रकृतिको छ । डिमाण्डमा हुने चलखेलको सुरुवात दुतावासबाटै हुने सम्बन्धमा धेरै म्यानपावर व्यवसायीको एकमत छ । 

गत जुन २९ मा द–रिभर ओभरसिजले इसान कब्बानी एन्ड पार्टनर कम्पनीबाट ९७ जना नेपाली कामदारको माग सहित ल्याएको कोटा मागपत्र प्रमाणीकरणका लागि नेपाली महावाणिज्यदूतको कार्यालयमा पेस भएको थियो । फेरि त्यही कम्पनीको लागि भन्दै ग्लोबल सोर्सिङ सर्भिसेस म्यानपावरले ९ दिन अगाडि ९७ वटै मागपत्रको प्रमाणीकरणको लागि दुतावासमा पेस गरेको थियो । तर दुतावासले रिभरको डिमाण्ड प्रमाणीकरण रद्ध गरेर ग्लोबल सोर्सिङको मात्र प्रमाणीकरण गर्यो । कम्पनीले कुल १६० जना नेपालीको माग गरेकोमा बिना कारण एउटा म्यानपावरको माग रद्ध गरिदिएको संचालक पुरीको भनाई छ ।  

पुरीका अनुसार बिना कारण उपाध्यायले चलखेल गरेर बिना कारण आफ्नो मागपत्र रद्ध गरेर अर्कोको डिमाण्ड मात्र प्रमाणीकरणगरेको बताए । यसै सम्बन्धमा पुरीले डिमाण्ड प्रमाणीकरण रद्द भएको विषयमा जानकारी माग्दै श्रम सहचारी उपाध्यायलाई सम्पर्क गरेका थिए । पुरीका अनुसार यस क्रममा उपाध्यायको जवाफ थियो – ‘म तपाईंहरूको काम गर्न बसेको हो ?’ भन्ने जवाफ दिएका थिए । साथै रिभरका संचालक पुरीले डिमाण्ड रद्द हुनुको कारण माग्दा उपाध्यायले भनेका थिए – ‘मसँग यसको जवाफ छैन ।’ 

श्रम-सहचारीले उल्टै रिभरका सञ्चालक पुरीले धम्क्याएको आरोप पनि लगाएका छन् । पुरीले भने – ‘म व्यवसायी हुँ । व्यवसायीलाई सहजीकरण गर्न बसेको सेवकलाई मैले किन धम्क्याउँने ?’ पुरीले आफ्नो कम्पनीले वैदेशिक रोजगार ऐनमै टेकेर मागपत्र पेस गरेको बताए । उनले मागपत्र प्रमाणीकरणमा संकास्पद गतिबिधि हुनुले रोजगारदाता कम्पनीलाई समेत नेपाली कामदार र नेपालप्रति हेर्ने दृष्टिकोणमा नकारात्मक प्रभाव पर्ने बताए । रोजगारदातालाई कसरी हुन्छ छिटो सेवा दिएर माग आफ्नो देशमा बढी ल्याउन भूमिका खेल्ने कर्मचारीले बिभिन्न बहानामा झुलाउने, जवाफ नदिने, अनाधिकृत रुपमा खेलेर विदेशिने कामदारलाईनै आर्थिक भार थपिनेगरि भूमिका खेल्नु सकारात्मक नहुने बताए । 

साउदीस्थित दूतावासका एक कर्मचारीका अनुसार उपाध्यायले जेद्दामा समस्यामा परेका कामदारलाई समेत राम्रो व्यवहार नगर्ने गरेको गुनासो आइरहेकाे छ । उपाध्यायले अहिले दूतावासअन्तर्गत साउदीको जेद्दा हेर्दै आएका छन् ।श्रम श्रम सहचारी उपाध्यायले नेपालका केही म्यानपावर व्यवसायीसँग साँठगाँठ गरेर मागपत्रको कारोबारमा अनाधिकृत भूमिका निभाईरहेको आरोप लागेको छ । 

द रिभर ओभरसिसको बिषयमा समाचार प्रकाशन भएपछि उपाध्यायले उक्त समाचारलाई अंग्रेजीमा ट्रान्सलेट गरेर रोजगारदातालाई द रिभर ओभरसीस नेपालमा सस्पेन्ड भईसकेको भनि साउदीमा बिदा परेको दिनसमेत पठाउन भ्याईसकेको संचालक पुरीले बताएका छन् । उक्त विषयबारे सम्बन्धित रोजगारदाताले आफूलाई जानकारी दिएको पुरीले बताए । उनका अनुसार श्रम सहचारी उपाध्यायले अतुल नाम गरेको एक व्यक्तिलाई सेटिङमा राखेर म्यानपावरहरुसँग अनाधिकृत सेटिङ गर्दै आएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ