भदौ २८, काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा रोजगारीका लागि जाने कामदारसँग विभिन्न नाममा बढी रकम उठाउने कार्य भइरहेको भन्दै सो कार्य रोक्न माग गरेको छ । 

सङ्घका अध्यक्ष विमल ढाकालले आज विज्ञप्ति जारी गर्दै बायोम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २८, काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा रोजगारीका लागि जाने कामदारसँग विभिन्न नाममा बढी रकम उठाउने कार्य भइरहेको भन्दै सो कार्य रोक्न माग गरेको छ । 

सङ्घका अध्यक्ष विमल ढाकालले आज विज्ञप्ति जारी गर्दै बायोम"/>

2026-10-15 09:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया जाने कामदारमाथि भइरहेको आर्थिक शोषण रोक्न माग

भदौ २८, काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा रोजगारीका लागि जाने कामदारसँग विभिन्न नाममा बढी रकम उठाउने कार्य भइरहेको भन्दै सो कार्य रोक्न माग गरेको छ । 

सङ्घका अध्यक्ष विमल ढाकालले आज विज्ञप्ति जारी गर्दै बायोमेट्रिक, माइग्राम, भिएलएन, ओएससीलगायतका नाममा कामदारमाथि वार्षिक करिब रु एक अर्ब ३९ करोड थप आर्थिक व्ययभार पारिएको जनाउँदै तत्काल यस्ता ३९ संस्था बन्द गरिनुपर्ने सङ्घले माग गरेको छ । 

छ महिनाका लागि परीक्षणको रुपमा लागू गरिएको बायोमेट्रिक प्रणाली अवधि सकिएको आठ महिना नाघिसक्दा समेत अवैधानिक तरिकाले ३९ वटा संस्थाले कामदारको स्वास्थ्य परीक्षण कार्य जारी राखेको भन्दै तत्काल सो कार्य रोक्न सङ्घले माग जनाएको छ । 

यसअघि नेपाल सरकारले निर्धारण गरेको रु दुई हजार ६२५ प्रति कामदार स्वास्थ्य परीक्षण शुल्क मात्र लिन पाउने व्यवस्था रहेकोमा बायोमेट्रिक लागू भएपछि रु चार हजार ५०० कामदारबाट लिन थालिएको र अवैधानिक तरिकाले स्वास्थ्य परीक्षण गरी वार्षिक करिब रु ४५ करोड ठगी गरिरहेको सङ्घले जनाएको छ । 

बायोमेट्रिक मेडिकलकै नाममा मलेसियास्थित मे बैंकमा प्रति कामदार रु तीन हजार २०० जम्मा गराई वार्षिक थप रु ३२ करोड ठगी गरिरहेको हुँदा तत्काल बायोमेट्रिक मेडिकल गर्ने संस्था बन्द गरिनुपर्ने सङ्घले माग गरेको छ । 

मलेसिया जाने कामदारले प्रवेशाज्ञा शुल्कबापत रु ७०० मात्रै लाग्ने गरेकामा भिएलएन नेपाल नामक संस्थाले प्रवेशाज्ञा प्रक्रियाको नाममा थप रु तीन हजार २०० लिई वार्षिक करिब रु ३२ करोड ठगी गरिरहेको हुँदा तत्काल भिएलएन नेपाल संस्था बन्द गरिनुपर्ने विज्ञप्तिमा उल्लेख छ । 

हालै वान स्टेप सेन्टर (ओएससी) नामक संस्थाले लाजिम्पाटमा कार्यालय स्थापना गरी राहदानी सङ्कलनबापत प्रति कामदार रु तीन हजार २०० लिई वार्षिक करिब रु ३० करोड ठगी गर्न लागिएको सङ्घले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने