2026-07-28 04:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कोरिया र इजरायलमा प्रशिक्षार्थी कामदार पठाउने निर्णय भएको छैन’

असोज २८, काठमाडौं | निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले दक्षिण कोरिया र इजरायलमा नेपाली प्रशिक्षार्थी कामदार पठाउने’ कुनै पनि निर्णय नभएको जनाएको छ ।

महासंघले विज्ञप्ति जारी गरी केही सञ्चार माध्यममा आएका समाचारको खण्डन गर्दै यस संस्थाबाट आधिकारिक रूपमा नेपाल प्रशिक्षार्थी कामदार पठाउने कुनै पनि निर्णय नभएको जानकारी दिएको हो ।

महासंघअन्तर्गतको कृषि उद्यम केन्द्रमार्फत दक्षिण कोरिया र इजरायलमा कृषि क्षेत्रमा प्रशिक्षार्थी पठाउने भन्ने सम्बन्धमा केही सञ्चार माध्यम एवं सामाजिक सञ्जालमा आएका सूचना एवं समाचार सत्य नभएको दाबी गर्दै महासंघले यो विज्ञप्तिमार्फत सबैमा प्रस्ट पारेको जनाएको छ ।

दक्षिण कोरिया र इजरायलमा प्रशिक्षार्थी कामदार पठाउने सम्बन्धमा महासंघले कुनै पनि निर्णय नगरेको दाबी गर्दै महासंघले यस्ता भ्रामक समाचारको पछि नलाग्न पनि सम्बन्धित सबैमा जानकारी गराएको जनाएको छ ।

यसरी, प्रशिक्षार्थी कामदार पठाउने विषयमा महासंघको कुनै पनि कार्यक्रम नरहेको तथा आफ्ना कुनै पनि सदस्यलाई आग्रहसमेत नगरेको महासंघद्वारा जारी सो विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा