2026-10-15 07:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्ष श्रमिकलाई यूएईले दिने गोल्डेन भिसा लिने नियम केही खुकुलो

कात्तिक २, काठमाडौं | पछिल्लो समय यूएईले दक्ष तथा व्यवसायीक आप्रवासीका लागि प्रदान गर्ने गोल्डेन भिसाका केही नियम खुकुलो बनाएको छ ।

निश्चित मापदण्ड पूरा गरेका आप्रवासीहरूले यूएईमा बस्नका लागि पाउने गोल्डेन भिसा सम्बन्धी केही नियममा परिवर्तन गरेको छ । तर जानकारीको अभावमा धेरैजसोले गोल्डेन भिसाका लागि आवेदन नै नदिने गरेको खबर खालीज टाइम्सले लेखेको छ ।

गोल्डेन भिसाका लागि आवेदन दिनका लागि यसअघि कम्तीमा मासिक ५० हजार दिर्हाम आम्दानी भएको हुनुपर्थ्यो । तर अहिले अहिले यो प्रावधानलाई परिवर्तन गर्दै ३० हजार दिर्हाम मासिक आम्दानी हुनेले पनि यूएईको गोल्डेन भिसाका लागि आवेदन दिन सक्नेछन् ।

चिकित्सा क्षेत्र, विज्ञान तथा इन्जिनियरिङ क्षेत्र, सूचना तथा प्रविधि क्षेत्र, वाणिज्य तथा प्रशासन क्षेत्रका साथै कानुन, संस्कृति तथा सोसियल साइन्सको क्षेत्रमा आबद्ध आप्रवासीहरूले यो भिसाका लागि आवेदन दिन सक्नेछन् । 

यूएईमा गोल्डेन भिसा पाएपछि बसोबासको अवधि बढ्ने छ । यो भिसा १० वर्षको हुन्छ । आफै स्पोन्सर भएर बस्न वा काम गर्न पाइन्छ भने आफ्नो आफन्तलाई पनि स्पोन्सर गर्न र घरेलु श्रमिकसमेत राख्न पाइन्छ ।

यो भिसा प्राप्त गर्नेहरूले यूएईमा स्वास्थ्यको पनि राम्रो प्याकेज पाउनेछन् भने दुबई प्रहरीको इस्क्ड प्रिभिलेज कार्डसमेत पाउनेछन् । 

 तर यो भिसाका लागि आवेदन दिनका लागि यूएईको आधिकारिक रोजगार करार सम्झौता पत्र र पेसागत रूपमा पनि पहिलो वा दोस्रो दर्जाको रूपमा सूचिकृत हुन पर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु