2026-10-15 07:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया पठाउने भन्दै ४१ लाख बढी असुल्ने मेनपावर कम्पनीमा विभागको छापा

कात्तिक २, काठमाडौँ | बैदेशिक रोजगारको लागि इजाजत पत्र प्राप्त संस्था द रिभर ओभरसिज प्रा. लि.(इजाजत पत्र नं. ४०६/०६०/०६१) र देवान कन्सल्ट्यान्टल प्रा. लि.(इजाजत पत्र नं. ८४१/०६६/०६७) ले मलेसिया पठाउने भन्दै १९ जना कामदारबाट ४१ लाख ४३ हजार रूपैयाँ असुल गरेको भन्ने उजुरीको आधारमा विभागले छापा मारेको हो । छापा मारेर कामदारबाट लिएको पैसा फिर्ता गर्ने र उनीहरूलाई तोकिएकै समयमा उडान गराउने सहमति गराएको छ । 

द रिभरले मलेसिया जान लागेका २० जना श्रमिकहरूलाई आफ्नो कम्पनीमार्फत पठाउन लागेको थियो । तर, त्यसका लागि श्रम स्वीकृति र भिसा देवान कन्सल्ट्यान्टमार्फत गरेको थियो । नियमअनुसार जुन कम्पनीले विदेश पठाउने सोही कम्पनीले भिसा र श्रम स्वीकृति गराउनुपर्छ ।

देवान कन्सल्ट्यान्टले भिसा र श्रम स्वीकृति लिई आजको उडान तालिका अनुसार उनीहरू विदेश पठाउने भनेको थियो । तर, त्यसको अघिल्लो दिन अर्थात १ कात्तिक दिनको करिब ४:०० बजे तिर विभागले छापा मार्दै आवश्यक कागजात नियन्त्रणमा लिएको थियो ।

विभागको टोली जाँदा उनीहरूलाई द रिभरको कार्यालयमा प्रस्थान पूर्वको जानकारी दिइरहेको थियो । त्यहाँ उपस्थित कामदारहरूसँग सोधपुछ तथा छलफल गर्दा १९ जना कामदारहरूबाट ४१ लाख ४३ हजार रूपैयाँ लिएको पाइएको विभागका निर्देशक तथा सूचना अधिकारी कृष्णप्रसाद भुसालले बताए । 

दुवै मेनपावर व्यवसायीसँग छलफल गरेर कामदारहरूलाई तोकिएको समयमा उडाउन निर्देशन दिएको थियो । भने उनीहरूका आफन्तहरूलाई ३ दिनभित्रमा उक्त रकम फिर्ता गर्ने लिखित प्रतिवद्धता गराइएको निर्देशक भुसालले बताए ।

विज्ञप्ति सहित :

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु