२०८३, ३ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारमा जाने महिलाको सेवा र सुरक्षा आवश्यक

२०७९, २२ कार्तिक मंगलवार १०:५५

कात्तिक २२, काठमाडौँ । रोजगारको सिलसिलामा वैदेशिक रोजगारमा जाने महिलामा थुप्रै चुनौती देखिएको भन्दै यसलाई न्यूनीकरण गर्न महिलाको सुरक्षित, मर्यादित सेवा सुनिश्चितता गर्नुपर्नेमा जोड दिइएको छ । पोखरामा राष्ट्रिय महिला आयोगले आयोजना गरेको वैदेशिक रोजगारमा संलग्न महिलाको सुरक्षित, मर्यादित र सेवाको सुनिश्चित्ताका लागि वैदेशिक रोजगारीको क्षेत्रमा कार्यरत निकायगत र तहगत सरोकारवालासँगको सार्वजनिक सुनुवाइ कार्यक्रमा सहभागीले सो विषयमा जोड दिएका हुन् । 

वैदेशिक रोजगारका लागि दुबई र कतार गएर फर्किनुभएकी देवी सुनारले वैदेशिक रोजगार अवसरसँगै चुनौती भएकाले यसमा देखिएका समस्याको समाधानमा आयोगले नीतिगत तहबाट पहल गर्नुपर्नेमा जोड दिनुभयो । आफूले सम्बन्धित देशको भाषा र कामको दक्षता नहुँदा आफूले निकै दुःख भोग्नु परेको अनुभव उहाँले सुनाउनुभयो । 

कुवेतबाट फर्कनुभएकी पार्वती दमैले आफूलाई वैदेशिक रोजगारसम्बन्धी नीतिनियम कानुन केही थाहा नहुँदा श्रम शोषणमा परेको अनुभव सुनाउनुभयो । घरेलु कामदारको रुपमा रहँदा आफूले भोग्नु परेको पीडा सुनाउँदै उहाँले सरकारका कतिपय नीति नियमबारे आफूहरु अञ्जान रहँदा पनि पीडित हुनुपरेको उहाँको भनाइ थियो । उहाँले कमजोर आर्थिक अवस्थाका कारण विकल्प खोज्दै खाडीमुलुक जाँदाका पीडा दर्दनाक भएको र परिवारका सदस्यसँग सम्पर्कमा रहनसमेत नपाउँदा आफ्नै चिन्ताले आमा गुमाउनु परेको पीडा पोख्नुभयो । 

जिल्ला समन्वय समितिका प्रमुख लीलाधर पौडेलले हरेक क्षेत्रमा समस्या देखिएको जनाउँदै त्यसलाई व्यवस्थित गर्ने नीतिनियम र त्यसको कार्यान्वयनको पक्षमा जोड दिन आवश्यक रहेको औँल्याउनुभयो ।

उहाँले वैदेशिक रोजगारमा जाने महिलाको लागि पहिला त्यस देशको भाषा संस्कार संस्कृतिको बारेमा सामान्य भए पनि जानकारी लिनुपर्ने र कुन कामको लागि जाने त्यो काम दक्ष भएर वैधानिक बाटोबाट जाँदा जोखिम कम हुने भनाइ राख्नुभयो । शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव हेमराज सुवेदीले सरकारले निषेध गरेका बाहेकका मुलुकमा जाँदा श्रम स्वीकृति लिएर सीप सिकेर जाँदा समस्या कम हुने बताउनुभयो । उहाँले समस्यामाथि छलफल र बहस गरेपछि समाधानको उपाय निस्कने जनाउँदै महिला आयोगको पहिलो पटक वैदेशिक रोजगारमा महिलाको सवाललाई प्राथमिकता दिएर सार्वजनिक सुनुवाइ गरेकोमा प्रशंसा गर्नुभयो । 

कार्यक्रमा श्रम तथा रोजगार मन्त्रालयका श्रम अधिकृत लक्ष्मण बरालले गण्डकी प्रदेशमा महिलाको वैदेशिक रोजगारीसम्बन्धी सवाल र महिलाको सुरक्षित तथा मर्यादित रोजगारीका लागि अवलम्बन गर्नुपर्ने उपायको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार गण्डकी प्रदेशको २०७८ ७९ को तथ्याङ्कमा ९६ हजार नौ सय ९८ जनामध्ये पाँच हजार दुई सय ११ जना महिला वैदेशिक रोजगारमा गएका छन् । 

त्यसैगरी सामी परियोजना गण्डकीका प्रमुख उमा शर्माले वैदेशिक रोजगारीमा गएका महिलाप्रति सकारात्मक दृष्टिकोणको खाँचो रहेको र सकारात्मक भन्दा नकारात्मक विषयले बढी प्राथमिकता पाउँदा वैदेशिक रोजगारमा गएर आएका महिला समाजमा खुल्न नसकेको बताउनुभयो । आयोगका उपसचिव सीता अधिकारीले पछिल्लो समयमा वैदेशिक रोजगारमा जाने महिलामाथि विभिन्न खालका हिंसा हुने गरेका घटना सार्वजनिक भएसँगै आयोगले २१ वर्षको इतिहसामा पहिलो पटक वैदेशिक रोजगार र महिलाको सवाललाई चासो दिएर कार्यक्रम गरेको बताउनुभयो । आयोगका अध्यक्ष कमला पराजुलीले महिला अधिकारको समग्र विकास गरी लैङ्गिक न्याय कायम गर्न बनेको आयोगले पछिल्लो समय वैदेशिक रोजगारमा रहेका महिलामाथि हुने हिंसाका धेरै घटना बाहिर आएको र यसलाई न्यूनीकरण गर्नका लागि आज उठेका सवाल र सुझावले आगामी रणनीतिक योजना बनाउन सहयोग पुग्ने विश्वास गर्नुभयो । कार्यक्रमा जिल्ला समन्वय समितिका उपप्रमुख सरिता माल, सामाजिक विकास मन्त्रालयका उपसचिव जमुना पौडेल, इलाका प्रशासन कार्यालय लेखनाथका कमलराज भण्डारी, प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारी, नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारी, इन्सेकका कार्यक्रम संयोजक सवनम शर्मा, नेपाल बारको केन्द्रिय महिला समिति सचिव विनिता नेपाली लगायतले वैदेशिक रोजगारमा महिलाको अवस्था र सरोकारवाला निकायले ध्यान दिनुपर्ने कुरामा सुझाव राख्नुभएको थियो ।

वैदेशिक रोजगारबाट आउने रेमिट्यान्समा मात्र नभइ यसले सिर्जना गरेको पारिवारिक बेमेल, मानसिक स्वास्थ्यमा देखिएको समस्या लगायतका विषयमा पनि अध्ययन जरुरी रहेको उहाँको भनाइ थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट