2026-10-15 07:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

असोजमा ६३ हजार युवा रोजगारीका लागि विदेशिए: मलेसिया जाने २७ हजार, अरु देशमा कति?

कात्तिक २५, काठमाडौँ | गत भदौ महिनाको तुलनामा असोज महिनामा श्रमका लागि विदेश जाने नेपालीको संख्यमा कमी आएको छ । बितेको असोज महिनामा ६२ हजार ७०७ जना नेपाली कामको खोजीमा विदेश गएका छन् ।

गत भदौमा यसरी विदेशिनेको संख्या ७६ हजार ४०३ जना थियो । गत साउन महिनामा ६३ हजार ३९ जना नेपाली कामका लागि विदेशिएका थिए ।

असोजमा औसत २ हजार ९० जना नेपाली श्रमका लागि विदेश गएको विभागको तथ्यांकमा देखिन्छ । भदौयता यस्तो औसत संख्या करिब २ हजार ५ सय थियो ।

असोजमा विदेशिनेमध्ये सबैभन्दा धेरै मलेसिया गएका थिए । एक महिनाको अवधिमा २७ हजार ६२ जना मलेसियामा रोजगारीका लागि पुगेका छन् ।

महामारीका कारण लामो समय बन्द रहेको मलेसियाको रोजगारी खुलेसँगै केही महिनादेखि त्यहाँबाट डिमान्ड बढेको छ । यसले गर्दा मलेसियामा पनि रोजगारीका लागि जानेको संख्या उच्च हुँदा विदेशिनेको संख्या नै औसतभन्दा बढी छ ।

असोजमा कतारमा ९ हजार ८४५, यूएईमा ७ हजार ८४५, साउदी अरेबियामा ६ हजार ५३६, कुवेतमा ३ हजार ४९७ र कोरियामा १ हजार ९१८ जना नेपाली श्रमिक पुगेका छन् ।

असोज महिनाको तथ्यांकअनुसार ३७ हजार ४१२ जना श्रमिकलाई म्यानपावर कम्पनीले नै भिसा प्रक्रिया पूरा गरेर विदेश पठाएका छन् । बाँकी भने श्रम स्वीकृति नवीकरण तथा व्यक्तिगत किसिमका श्रम स्वीकृतिबाट विदेश गएका हुन् ।

असोज महिनामा ४४ हजार ३४ जना श्रमिकले नयाँ श्रम भिसा (संस्थागत तथा व्यक्तिगत) मा विदेश जाने अवसर पाएका छन् । भदौमा यस्तो नयाँ श्रम भिसामा विदेश जाने नेपालीको संख्या ५७ हजार ९९३ थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु