2026-10-15 07:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँ स्थित कन्सल्टेन्सीमा छापा, ८३ वटा राहदानी सहित ६ कर्मचारी पक्राउ (भिडियो सहित)

मङ्सिर २४, काठमाडौँ । वैदेशिक रोजगार बिभागले ठगि उजुरीको आधारमा छापा मार्दा काठमाडौँ स्थित एक कन्सल्टेन्सीबाट ८३ थान पासपोर्ट जफत गरेको छ । डिल्लीबजार स्थित सुर्य कर्पोरेशन लिमिटेड नाम गरेको कन्सल्टेन्सीले अवैध कारोबार गरेको साथै कन्सल्टेन्सी खोलेर वैदेशिक रोजगारको धन्दा गरिरहेको बिभागमा उजुरी परेको थियो । 

बिभागले शुक्रबार गरेको छापाको क्रममा कन्सल्टेन्सीबाट ८३ थान पासपोर्ट (राहदानी) सहित उक्त कन्सल्टेन्सीमा कार्यरत ६ जनालाई प्रहरीको जिम्मा लगाएको छ । उक्त कन्सल्टेन्सीले युवाहरुलाई आकर्षक प्रलोभन देखाई वैदेशिक रोजगारमा अमेरिका, क्यानडा र जापान लगायतका देशमा पठाउने प्रलोभनमा पारेर राहदानी सहित आर्थिक ठगि गरेको पाइएको छ । ठगि गर्ने कन्सल्टेन्सीका संचालक भनिएका समिर बलामी, शम्भु लामिछाने भने बिभागले छापा मार्ने क्रममा कन्सल्टेन्सी आउन मानेनन् । उनीहरुले २०१९ मा ७ जना युवायुवातीहरुलाई जापान रोजगार भिषामा पठाईदिने प्रलोभन देखाई रकम अशुली गरेका थिए । पैसा अशुली गरेर बिभिन्न बहानाबाजी गर्दै टार्दै आएपछि पीडितहरु कन्सल्टेन्सी बिरुद्ध उजुरी दिन वैदेशिक रोजगार बिभाग पुगेका थिए । 

शुक्रबार दिउँसो विभागको टोली आकस्मिकरूपमा उक्त कन्सल्टेन्सीमा छापा मार्न पुग्दा उक्त कन्सल्टेन्सीबाट युके सिजनल भिसा, बिभिन्न देशमा भिजिट भिसा र कामदार भिसामा पठाउने गरेको प्रमाण सहित फेला पारेको थियो । 

पछिल्लो काठमाडौँ लगायत बिभिन्न जिल्लामा खुलेका कन्सल्टेन्सीहरुले अवैधानिक रुपमा वैदेशिक रोजगारको धन्दा चलाईरहेको गुनाशोहरु प्राप्त भईरहेका छन् । यस क्रममा ठगि समेत बढेको वैदेशिक रोजगार बिभागले जनाएको छ । सरकारको नीति अनुसार शैक्षिक परामर्श दिने उदेश्यले खुलेका कन्सल्टेन्सीहरुले कुनैपनि प्रकारले वैदेशिक रोजगारको कार्य गर्न पाउदैनन् । 

वैदेशिक रोजगार एनमा इजाजत नलिई वैदेशिक रोजगारमा पठाउने गरेको पाइए ७ बर्ष सम्मको जेल सजाय सहित जरिवाना र पीडितबाट जति अशुली गरेको छ त्यसमा थप ५० प्रतिशत जरिवाना गराईने नियम छ । वैदेशिक रोजगारमा पठाउने अनुमति लिन कम्तिमा दुई करोड धरौटी राखेर छुट्टै लाइसेन्स लिनुपर्छ । 

हेर्नुहोस् वैदेशिक रोजगार बिभागले शुक्रबार छापा मारेपछिको भिडियो: 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु