2026-10-15 07:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मौसमी कामदार’ ले अबदेखि वैधानिक रूपमा नै वैदेशिक रोजगारीमा जान पाउने

पुस १८, काठमाडौँ | अबदेखि मौसमी कामदार (सिजनल वर्कर) हरूले वैधानिक रूपमा नै वैदेशिक रोजगारीमा जान पाउने भएका छन् । यसअघि कानूनको अभावमा व्यक्तिगत श्रम स्वीकृति लिएर सिजनल वर्करको रूपमा नेपालीहरू वैदेशिक रोजगारीमा जाने गरेका थिए । जसलाई नेपालको कानूनले अवैध मान्दै आएको थियो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘मौसमी कामदार व्यवस्थानि निर्देशिका २०७९’ जारी गरेको छ । उक्त निर्देशिका नहुँदा सरकारले छोटो समयका लागि वैदेशिक रोजगारी जाने कामदारलाई अवैध मान्दै आएको थियो । अबदेखि भने वैधानिक रूपमा नै श्रम स्वीकृति लिएर मौसमी कामदारको रूपमा जान पाउने भएका छन् । 

अब कसरी जान पाउँछन् ? 

विभिन्न देशले नेपालबाट छोटो समयका लागि कामदार माग गर्दै आएका छन् । तर, नेपालबाट वैदेशिक रोजगारीमा जानको लागि न्यूनतम एक वर्षका लागि मात्रै श्रम स्वीकृत दिने कानूनी व्यवस्थाले गर्दा समस्या थियो । अहिलेसम्म गएका व्यक्तिहरू व्यक्तिगत श्रम स्वीकृति लिएर मात्र जाने गरेका थिए । अबदेखि भने त्यो बाध्यता हटेको छ र सरकारले नै पठाउने भएको छ । 

यसका लागि नेपाली नागरिकले मौसमी रोजगारीको लागि वैदेशिक रोजगार प्राप्त गर्न सक्ने देखिएमा सरकारले द्वीपक्षीय श्रम सम्बनध स्थापना गर्न सक्नेछ ।  श्रम सम्बन्ध स्थापना भएपछि निर्देशिका बमोजिम रोजगारदाता संस्था वा सम्बन्धित मुलुकको प्रचलित कानून बमोजिम रोजगारदाताको तर्फबाट सहजीकरढा गर्ने गरी दर्ता भएको स्थानीय निकाय वा संस्थाले मागपत्र प्रमाणीकरणको लागि अनलाइन माध्यमबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगमा पेश गर्नुपर्नेछ । सोही आधारमा श्रम स्वीकृतिको प्रक्रिया अगाडि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु