2026-10-15 07:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया लगायत बिभिन्न देशमा पठाउन अधिकांश म्यानपावरले डिमाण्ड किन्छन्, सरकार मौन

पुस १८, काठमाडौँ । फ्रि भिसा फ्रि टिकट भनिए पनि मलेसिया सहित बिभिन्न देशको रोजगारको भित्री कथा अर्कै छ । केहि म्यानपावरले मलेसिया रोजगारको लागि आरबिए अन्तर्गत डिमाण्डमा नेपाली कामदार पठाउँदा एक रुपयाँ शुल्क नलिए पनि मलेसिया रोजगारमा जानेहरु मध्ये झन्डै ९० प्रतिशतले प्रति व्यक्ति २ लाख भन्दा बढी रकम तिरेर मलेसिया जाने गरेका छन् । त्यसो त खाडी लगायत अन्य देशमा जान लाग्ने लागतको अवस्था पनि उस्तै छ । 

पछिल्लो पाँच महिनामा दुई लाख ५४ हजार बढी नेपाली रोजगारको क्रममा मलेसिया पुगेका छन् । जसमध्य थोरैले मात्र सरकारको नीतिगत सम्झौता अनुसार निशुल्क रोजगारमा जान पाएका छन् । अन्यथा ठूलो संख्यामा वैदेशिक रोजगारमा जानेहरुले म्यानपावर कम्पनी वा उनीहरुबाट परिचालित एजेन्टहरुलाई चर्को लागतमा वैदेशिक रोजगारमा गएका हुन् । 

वैदेशिक रोजगार बिभागले अनुसार शून्य लगानी (जिरो कस्ट) मा वैदेशिक रोजगारमा पठाउने नीति अनुसार पछिल्लो ५ महिनामा २ लाख ५४ हजार भन्दा बढी नेपाली मलेसिया गएका छन् । तर बिभाग र श्रम मन्त्रालयकै कल सेन्टरमा दैनिक म्यानपावरहरुले चर्को लागत माग्ने गरेको प्रति गुनाशो भईरहंदा सरकार र सम्बन्धित पक्ष मौन छन् । जसको प्रत्यक्ष फाइदा मलेसियाबाट डिमाण्ड बेच्नेहरु र डिमाण्ड किन्नेहरुले लिएका छन् । डिमाण्ड किन्नकै लागि मलेसिया जाने व्यवसायीहरुको संख्या उत्तिकै छन् । कोरोना महामारी पछी मलेसिया रोजगार सुरु भएसंगै हालसम्म ठूलो संख्यामा नेपाली कामदार मलेसिया गएको र अधिकांशले चर्को लागत तिरेर जान बाध्य हुँदा सरकारले खासै यस सम्बन्धमा चासो देखाएको छैन । 

यता नीति कार्यान्वयनका लागि वैदेशिक रोजगार बिभाग जिम्मेवार रहेको बिभागले बताउँदै आएको छ । तर श्रम मन्त्रालयमा मन्त्री, सचिव वा बिभागका महानिर्देशक परिवर्तन भएसंगै अनुगमन र नीतिगत व्यवस्था कार्यान्वयनको पाटो फितलो हुने गरेको छ । बिभागले कारवाहीको लागि कामदारहरूबाट उजुरी आउनुपर्ने बताईरहंदा बाध्यतामा परेर बिभागसम्म पुग्न नसक्ने पीडितहरुको अवस्था छ । 

अधिकांश म्यानपावरले विदेश कामदार पठाउन डिमाण्ड किन्छन् भन्ने कुरा व्यवसायीहरुबाटै आएको कुरा हो । एक र अर्को व्यवसायी बीच अस्वस्थ प्रतिष्पर्धा चलेको कारण यो समस्या जटिल अवस्थामा छ । सरकारको नीति झैं फ्री भिसा फ्री टिकटमा पठाउन नसक्ने अडान व्यवसायीको छ भने सरकारी निकाय र सम्बन्धित अधिकारीहरुले त्यहि नीतिलाई कस्न खोजेझैं गरेर आफ्नो स्वार्थ पुरा गरिरहेका छन् । वास्तवमा भन्ने हो भने हलो अड्क्याएर गोरु कुट्ने काम भईरहेको व्यवसायीको आलोचना छ । व्यवसायीहरुले कम्तिमा एक महिनाको तलब सेवा शुल्क बापत लिन पाउनुपर्ने भन्दै माग राखेको अवस्थामा २०७२ सालदेखि अधिकांश युवाहरुले बिदेशी भूमिमा १० देखि १५ महिनासम्मको तलब विदेश जाँदा तिर्नुपर्ने लागतमै खर्च गर्नु परेको अवस्था छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु