2026-10-15 07:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ सरकारका सहयोगी भन्दै म्यानपावरहरुमा युटुवर आतंक !

पुस १९, काठमाडौँ । वैदेशिक रोजगार क्षेत्रलाई बदनाम गर्ने र सस्तो लोकप्रियता कमाउने उद्देश्यले केहि दिनदेखी आफुहरुलाई युटुवर अभियान्ताको नाम दिइ गुण्डागर्दि भईरहेको भन्दै प्रगतिशील वैदेशिक रोजगार ब्याबसायी मंच नेपालले बिज्ञप्ति जारी गरेको छ ।

जारी बिज्ञप्तिमा भनिएको छ ‘अनाधिकृत युवटुवरहरुले नवगठित सरकारको सहयोगी हौँ भनि गुण्डागर्दि गरी कानुन हातमा लिएर व्यवसायीहरुको कार्यालयमा उपस्थित भई व्यवसायी माथि कुटपिट गर्ने, गाली-बेइज्जती गर्ने, धम्की दिने र बिषय भन्दा फरक युटुवमा राखेर  राखि प्रशारण गरि बेइज्जत गर्ने गैरकानुनी कार्य गरिरहेको छन् । उक्त कार्यप्रति खेद जनाउदै यस्ता गैरकानुनी कार्य गर्ने तत्वलाइ कानुनी दायरामा ल्याइ कारबाही गर्न नेपाल सरकार र समन्धित निकायसँग माग गर्दछौं ।’ 

बिज्ञप्तिमा वर्तमान बेरोजगारीको अवस्थालाई अल्पकालीन समयमा समाधान गर्न वैदेशिक रोजगार व्यवसायीले यस क्षेत्रमा पुर्याएको योगदानलाई गिजोल्ने, व्यवसायी माथि आक्रमण गर्ने र गुण्डागर्दी गरि कानुन हातमा लिने तत्वलाई पहिचान गरि कानुनी दायरामा ल्याउन ल्याउन माग गरिएको छ । बिज्ञप्ति अनुसार पीडितहरुलाई समस्यामा पर्दा सम्बन्धित ब्यावसायी कम्पनी, संघ र बिभाग समक्ष आफ्नो सामस्या राख्न अनुरोध गरिएको छ । 

यस्तो छ जारी बिज्ञप्ति 

प्रेस विज्ञाप्ती 

स्वदेशमा बेरोजगारी अवस्थाको कारण वैदेशिक रोजगार बाध्यात्मक र आवश्यकता रहेको छ । वैदेशिक रोजगारीबाट प्राप्त रेमिटान्स अर्थतन्त्रको मेरुदण्डको रुपमा स्थापित भएको छ । कोभिड-१९ पछिको बेरोजगारी चापले अझ यसको आवश्यकता बढेको छ । 

रेमिट्यान्सको संवाहक वैदेशिक रोजगार क्षेत्रमा कृयाशिल करिब आठ सय ८० व्यवसायीहरु वैदेशिक रोजगार ऎन, नियमावली साथै प्रचलित कानुनको अधीनमा रहि प्रत्येक कम्पनीले दुई करोड देखि छ करोडसम्म धरौटी राखि व्यवसाय संचालन गर्दै आएका छौं । 

यस क्षेत्रलाई बदनाम गर्ने उद्देश्यले केहि दिनदेखी आफुहरुलाई युटूवर अभियन्ताको नाम दिइ गुण्डागर्दि गर्ने एउटा समूह सक्रिय रहेका छन् । अनाधिकृत युवटुवरहरुले नवगठित सरकारको सहयोगी हौँ भन्दै गुण्डागर्दि गरी कानुन हातमा लिएर व्यवसायीहरुको कार्यालयमा उपस्तिथ भई व्यवसायी माथि कुटपिट गर्ने, गालीबेइज्जती गर्ने, धम्की दिने र बिषय भन्दा फरक युटुवमा राखी  प्रशारण गरि बेइज्जत गर्ने गैरकानुनी कार्य गरिरहेको छन् । उक्त कार्यप्रति खेद जनाउदै यस्ता गैरकानुनी कार्य गर्ने तत्वलाई कानुनी दायरामा ल्याई कारबाही गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग माग गर्दछौं । 

वर्तमान बेरोजगारीको अवस्थालाई अल्पकालीन समयमा समाधान गर्न यस क्षेत्रले पुर्याएको योगदानलाई गिजोल्ने, व्यवसायीहरुमाथि आक्रमण गर्ने र गुण्डागर्दी गरि कानुन हातमा लिने यस्ता तत्वलाई पहिचान गरि कानुनी दायरामा ल्याउन माग गर्दछौं । साथै वैदेशिक रोजगारमा रहनु भएका दाजुभाइ दिदिबहिनीहरुलाई समस्या परेमा सम्बन्धित व्यावसायी कम्पनी, संघ र बिभागमा समक्ष राख्न अनुरोध गर्दछौं ।

राजेन्द्र भण्डारी          जनक रावल

अध्यक्ष                     महासचिव 

प्रगतिशील वैदेशिक रोजगार ब्याबसायी मंच,नेपाल 

गौशाला, काठमाडौ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु