2026-10-15 07:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राहदानी (पासपोर्ट) वितरण अनिश्चित कालको लागि अवरुद्ध

पुस २०, काठमाडौँ । सिस्टममा समस्या आएको भन्दै अर्को सूचना नआएसम्म राहदानी बनाउन बिभागमा नआउन सेवाग्राहीलाई राहदानी विभागले आग्रह गरेको छ । राहदानी लिनका लागि भीडभाड बढिरहेको अवस्थामा बिभागले सिस्टममा समस्या आएको सूचना मार्फत जानकारी दिएको हो । 

राहदानी बिभागमा पुस १७ गतेदेखिनै सिस्टममा समस्या आएको छ । जसकोकारण राहदानी आवेदनको स्टाटस हेर्ने तथा राहदानी वितरण कार्य अवरुद्ध भएको छ । सेवा अवरुद्ध भएसँगै राहदानी बनाउन जानेहरु अन्यौलमा छन् । बिभागका अनुसार यस अघिनै राहदानी बनाउने पालो पाएकाहरुले भने सेवा पाउनेछन् । तर नयाँ समय लिने सिस्टम अवरुद्ध छ । बिभागले समस्या समाधानको प्रयास भईरहेको बताएको छ । विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नहुँदासम्मका राहदानी सेवा लिनको लागि विभागमा उपस्थित नभइदिन सेवाग्राहीहरुलाई अनुरोध गरेको छ । 

केहि दिन अघि मात्र गृहमन्त्री रवि लामिछानेले राहदानी बिभागमा पुगेर सेवाग्राहीले पाएको अनावश्यक सांस्ती हटाउन निर्देशन दिएका थिए । राहदानी बनाउन समस्या भएको सम्बन्धमा बिभागका अधिकारीहरुसँग बुझ्दा बिभिन्न बहानाबाजी हुने गरेको छ। राहदानी बनाउने समय लिन बिचौलियाहरुले मात्र जानकारी पाउने गरेको कारण देशभरका युवाहरुले बिचौलियाहरुको भर पर्नुपरेको अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु