2026-10-15 07:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर बिरुद्ध अभियान्ताहरुको आतंक: पीडितलाई उक्साएर उद्दार गरेको भन्दै प्रचार !

पुस २०, काठमाडौँ । मलेसियाबाट ६ जना पीडितको सकुसल उद्दार गरेको भन्दै केहिदिन अघि अभियान्ता हेमराज थापा लगायत टिमले सामाजिक संजाल तथा युटुवमा हालेको भिडियोबारे म्यानपावर कम्पनीले आपत्ति जनाएको छ । म्यानपावर आफैले मलेसिया पुगेर पीडितहरुको समस्या समाधानको प्रयास गरि आफैले टिकट काटेर नेपाल फिर्ता ल्याएको अवस्थामा अभियान्ताहरुले सस्तो लोकप्रियताको लागि आफूहरुले उद्दार गरेको भन्दै भिडियो तथा फोटो खिचेको म्यानपावरको आरोप छ । 

दुई महिना अघि काठमाडौँ स्थित देवान कन्सल्टेन्ट म्यानपावरबाट मलेसिया रोजगारको क्रममा गएका बाजुराका नरेश बहादुर विक र प्रकाश बोगटी, धादिङका राजकुमार विक र मिलन सुनुवार, गुल्मीका पवन केसी र चितवनका राज महतोले आफूहरुलाई भनेजति काम र तलब नदिएको भन्दै गुनाशो गरेका थिए । देवान म्यानपावरका अनुसार युवाहरुको गुनाशोपछि म्यानपावरको तर्फबाट मलेसियामै पुगेर समस्या समाधानको प्रयास भएको थियो । तर युवाहरुले आफूहरु नेपालनै फर्कने भनेर भनेपछि म्यानपावरले नेपाल फिर्ताको लागि प्रकृया अगाडी बढाएको जनाएको छ । 

युवाहरुको पासपोर्ट मलेसियामा इमिग्रेसन क्लियरेन्सको प्रक्रियामा रहेको कारण केहि दिन नेपाल फिर्ता गराउन ढिलो भएको म्यानपावर कम्पनीको भनाई छ । तर पासपोर्ट कम्पनीमा आएपछि नेपालमा रहेको म्यानपावर आफैले टिकट काटेर उनीहरुलाई नेपाल फिर्ता गराइएको थियो । 

मलेसियाबाट नेपाल फिर्ता भएका ६ जना युवाहरुले नेपाल फिर्ता हुने क्रममा अभियान्ता हेमराज थापा लगायतलाई आफूहरु नेपाल आउने जानकारी गराएका थिए । त्यस क्रममा युवाहरु आउने सूचना पाएका थापा सहित युटूव मिडियाको टोली नेपाल एयरपोर्ट पुगेको म्यानपावर कम्पनी तथा नेपाल फर्किएका युवाहरुले बताएका छन् । त्यस क्रममा युवाहरुले अभियान्ताकै उक्साहटमा म्यानपावरका संचालकहरु बिरुद्ध झुटा आरोप लगाएर बोल्न लगाएको युवाहरुले भनाई छ । यस सम्बन्धमा युवाहरुले समेत अभियान्ताहरुले क्षेतिपूर्ति पाउने भए म्यानपावर बिरुद्ध बोल्न भनि उक्साएको बताएका छन् । 

अभियान्ताहरुले एयरपोर्टमै पुगेर खिचेको भिडियोमा मलेसियाबाट फर्किएका बाजुरा घर भएका नरेश बहादुर बिकले म्यानपावरले नेपाल फर्किए मार्ने धम्कि दिएको बताएका थिए । तर बिकले उक्त अभिव्यक्ति आफूले अभियान्ताले उक्साएको कारण दिएको बताएका छन् । उनले आफूहरुले म्यानपावरबाट क्षेतीपूर्ति पाइन्छ भनेर उक्त अभिव्यक्ति दिएको जिकिर गरे । 

आफूहरु मलेसियाबाट आएको थाहा पाएपछि हेमराज थापासहितका केही सामाजिक अभियन्ता विमानस्थलमा आएको र उनीहरूले ‘हामी तपाईहरूका लागि छौँ’ भन्दै फोटो र भिडियो खिचेका हुन् । हामीलाई उक्साएर म्यानपावर बिरुद्ध बोल्न लगाइएको थियो’ मलेसियाबाट फर्किएकाहरुको भनाई छ । 

म्यानपावरका अनुसार पीडित भनिएकाहरूबारे अभियान्ताहरुले म्यानपावर, बैदेशिक रोजगार बिभाग तथा मलेसिया स्थित दुतावास कहिँ कतै उद्दारको लागि पहल समेत गरेका थिएनन् । तर मलेसियाबाट फर्किएका युवाहरुलाई आफैले उद्दार गरेको क्रेडिट लिएर भिडियोमा बोल्न लगाई आफ्नो स्वार्थ पुरा गरेको म्यानपावरको आरोप छ । 

म्यानपावरको अनुसार मलेसियाबाट फर्काइएका युवाहरुलाई नेपाल झिकाउन अभियान्ताहरुको कुनै हात छैन । तर अभियान्ता हेमराज थापा लगायतले आफूहरुले मलेसियामा पीडित ६ जना युवाहरुलाई उद्दार गरेको भन्दै सामाजिक संजालमा पोष्ट गर्नुको साथै भिडियोमा अभिव्यक्ति दिएका छन् । त्यसो त यसै सम्बन्धमा मलेसियाबाट फर्किएका युवाहरुले आफूहरुलाई अभियान्ताहरुले हाम्रै कारण उद्दार भएको भनि भ्रममा पारेको बताएका छन् । 

‘अन्तिममा उनीहरूले हामीलाई उद्धार गरेको भन्दै फोटो सामाजिक सञ्जालमा पोष्ट गरेछन् । हामीलाई म्यानपावरले नै टिकट काटेर नेपाल फिर्ता ल्याएको हो’, मलेसियाबाट फर्किएका पवन केसीले भने, ‘म्यानपावरले हामीलाई नेपालमा लागेको खर्च समेत दिएको छ । फेरी फ्रि भिसा र फ्रि टिकटमा पठाइदिन्छु भनेको छ ।’ 

केही समययता वैदेशिक रोजगार क्षेत्रमा सामाजिक अभियन्ताहरूले आतंक मच्चाइरहेको भन्दै म्यानपावर व्यवसायीहरुले आलोचना गर्दै आएका छन् । यस क्रममा पीडित देखाएर केहि अभियान्ताहरुले बार्गेनिङ समेत गर्ने गरेको आरोप छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु