2026-10-15 07:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युके सिजनल भिसामा ठगी, दूतावासको लेटर हेड र छापको दुरुपयोग

पुस २१, काठमाडौँ | लण्डनस्थित नेपाली राजदूतावासले बेलायतको सिजनल भिसाबारे कुनै सूचना जारी नगरेको प्रष्टीकरण दिएको छ। नेपाली दूतावासले बिहीबार सार्वजनिक गरेको सूचना अनुसार बेलायतको सिजनल भिसा बारे दूतावासले कुनै पहल र सूचना जारी गरेको छैन।

 

यसअघि पुस १८ गते दूतावासकै लेटर हेड, छाप र दस्तखत अनधिकृत रुपमा प्रयोग गरी ‘यूके सिजनल भिसा मिति परिवर्तन बारेमा’ शीर्षकसहित सूचना सार्वजनिक भएको थियो।  त्यो सूचनाको भर नपर्न र उक्त सूचना दूतावासले जारी नगरेको बिहीबारको सूचनामा उल्लेख छ। 

दूतावासले जारी गरेको सूचनामा भनिनएको छ, ‘बेलायतको सिजनल वर्कर भिसा सम्बन्धमा सन् २०२२ का लागि अन्तर्वार्ताको मिति परिवर्तन भएको भनी यस राजदूताबासबाट जारी भएको भनी प्रचार गरिएको सूचना राजदूताबासबाट जारी नभएकाले यो झूटो सूचनालाई आधार मानी भिसा आवेदन नगर्न नगराउनुहुन अनुरोध छ।’

गलत सूचनालाई आधार मानेर वैदेशिक रोजगारीका लागि पहल गरी ठगिएमा दूतावास जवाफदेही नहुने पनि सूचनामा उल्लेख गरिएको छ।

पछिल्लो समय सिजनल भिसा आवेदकलाई विभिन्न प्रलोभन देखाई रकम ठगी गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ । कतिपय एजेन्टहरूले वर्क परमिट दिलाउने तथा युरोपतर्फ जान पाउने जस्ता प्रलोभन देखाउने गरेको पाइएको छ ।

बेलायतमा विशेषगरि कृषि तथा पोल्टी क्षेत्रमा बढीमा ६ महिनासम्मको सिजनल भिसा (मौसमी भिसा) को लागि आवेदन दिन पाउने बेलायत सरकाको नियम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु