2026-10-15 08:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेशियाबाट २०१९ यता फर्किएका कामदारहरूलाई लागत फिर्ता लिन सेन्ट्रल मेडिकेयरको आग्रह

पुस २५, काठमाडौँ । मलेशियाको सेन्ट्रल मेडिकेयर कम्पनीले मलेसियामा काम गरि अक्टोबर २०१९ भन्दा पछि फर्किएका नेपाली कामदारहरुलाई मलेसिया जाँदा लागेको लागत फिर्ता गर्ने सूचना जारी गरेको छ । मलेसिया स्थित सेन्ट्रल मेडिकेयर, तेलुक इन्ताङ, पेराकले साझा सबाल मिडियालाई यस सूचना बारे जानकारी दिँदै पूर्व कामदारहरुले तिरेको भर्ति शुल्क पूर्व कामदारहरुलाईनै फिर्ता गर्ने कार्यक्रम चलाइएको जनाएको छ । 

जारी सूचना अनुसार मलेसिया स्थित सेन्ट्रल मेडिकेयर एउटा स्थापित पन्जा उत्पादक कम्पनी हो । कम्पनीले आफूहरुले आफ्नो कम्पनीमा जाने कामदारहरुको पक्षमा जिम्मेवार र नैतिक भर्ना प्रक्रिया कार्यान्वयन होस् भन्ने सुनिश्चित गर्न प्रतिबद्ध रहेको जनाएको छ । यस कार्यक्रमको उदेश्य आफ्नो कम्पनीमा स्रोत देशहरुबाट रोजगारमा लगिएका विदेशी कामदारहरुलाई बाध्यकारी श्रम र शोषणकारी अभ्यासहरुबाट मुक्त होउन् भन्ने रहेको कम्पनीले जनाएको छ । कम्पनीले अक्टोबर २०१९ मा सेन्ट्रल मेडिकेयरमा काम गर्न जाँदा विदेशी कामदारहरुले अनावश्यक लागत तिर्न नपरोस् भनेर शुन्य लागतमा कामदार लिने नीति ल्याएको जनाएको छ । यो नीति हाल सेन्ट्रल मेडिकेयरमा रोजगारमा जाने कामदारहरुमा लागू कम्पनीको भनाई छ । 

कम्पनीले सूचनामा उल्लेख गरेको छ – ‘यस शुन्य लागतमा भर्ति नीतिको उद्देश्य रोजगार एजेन्टहरु, उप-एजेन्टहरु वा अन्य तेस्रो पक्षहरुले उनिहरुको आफ्नो देशमा हाम्रो विदेशी आप्रवाशी कामदारहरुलाई भर्ति प्रक्रियामा संलग्न गराउने क्रममा देश बाहिर जिविकोपार्जन सुधारको वाचा गरि भुक्तानी गरिने रकम र रिपोर्ट नगरिएका एकतर्फी रुपमा असुल गरिने शुल्क भुक्तानीहरु उन्मूलन गर्नु हो ।’ 

अहिले कम्पनीले आफ्नो कम्पनीमा रोजगारमा गएकाहरुलाई एजेन्ट तथा सबएजेन्टहरुले अनावश्यक भर्ति शुल्क लिएको भए फिर्ता गराउने कार्यक्रम भईरहेको जनाएको छ । साथै कम्पनिले आफ्नो कम्पनीमा २०१९ यता कुनै पनि नेपाली कामदारले आफ्नो कम्पनीमा जाँदा लागत तिरेको भए फिर्ता गराउने काम भईरहेको जानकारी दिएको छ । कम्पनीका अनुसार अक्टोबर २०१९ देखि मार्च २०२२ को बिचमा सेन्ट्रल मेडिकेयर छोडेका सबै पूर्वआप्रवासी कामदारहरुलाई कम्पनीले नियुक्त गरेका सेवा प्रदायक संस्थालाई ३१ मे २०२३ भन्दा अगाडि सम्पर्क गरि सुधार भुक्तानी (Remediation Payment) को जानकारी लिनुहुन आमन्त्रित गरिएको छ ।

साथै कम्पनीले कामदारहरुले ९८१०६४७७७४ वा इमेल [email protected] मा सम्पर्क गरेर आवश्यक जानकारी तथा सहयोग लिन सक्नेछन् । 

जारी सूचना हेर्नुहोस्: 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु