2026-10-15 07:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा बन्धक बनाइएका ७ फर्किए नेपाल

पुस २८, काठमाडौँ | मलेसियामा बन्धक बनाइएका १९ जनामध्ये ७ जना नेपाल फर्किएका छन् । नेपाल सरकारको पहलपछि बुधबार ७ जना नेपाल आइपुगेका हुन् । १२ जना अझै अलपत्र छन् ।

गोरखाका ठाकुर रेग्मी र कमलबाबु श्रेष्ठ, बैतडीका कैलाश लोहार, मकवानपुरका भुवन कोइराला र ईश्वर कोइराला तथा धादिङका बाबुलाल विक नेपाल फर्किएका हुन् । ‘१२ जना साथी अझै अलपत्र हुनुहुन्छ, तपाईंहरु जानुस्, उहाँहरुलाई मिलाएर पठाउँछ एजेन्टले भने,’ गोरखा घर भएका ठाकुर रेग्मीले भने ।

नेपाल सरकारको पहलपछि आफूहरु नेपाल फर्कन पाएको रेग्मीले बताए । ‘हामी हाम्रै प्लेन भाडामा नेपाल फर्किएका हौं,’ उनले भने, ‘अब हामीले पठाउने मेनपावर कम्पनीसँग पैसाको कुरा राख्छौं ।’ अलपत्र परेका अन्य १२ जनालाई पनि नेपाल फर्काउने पहल भइरहेको उनले जानकारी दिए । ‘तीन चार दिनभित्र उहाँहरुलाई पनि नेपाल ल्याउन प्रयास भइरहेको छ,’ उनले भने । यसका लागि सरकारबाटै पहल भइरहेको उनले जानकारी दिए । अलपत्र अवस्थामा रहेका १२ जनाको बसाइ कष्टकर रहेको उनले बताए । ‘चिसो भुइँमा सुत्ने हो, म्याटसम्म छैन, फालेका प्लास्टिकहरु बिछ्याएर सुत्ने/बस्ने गर्नुपर्छ,’ उनले भने, ‘सुरुको दुई चार छाक खान खान नपाएका हौं, त्यसयता खानचाहिँ दिएका छन् ।’

रोजगारीको सिलसिलामा मलेसिया पुगेकाहरु पुस १७ गतेबाट केलाङ भन्ने सहरको एक भवनको तेस्रो तलामा बन्धक बनाइएको थियो । काठमाडौंस्थित सानेपाको खोजी रिक्वायर्मेन्ट मेनपवार कम्पनीबाट भदौ २३ गते मलेसियास्थित हङ टिज चिकेन सप्लायर्समा उनीहरु कामका लागि पुगेका थिए । कम्पनीका सञ्चालकले एक कामदारलाई कुटपिट गरेपछि अन्य कामदारले विरोध जनाएसँगै उनीहरु कामबाट निकालिएका हुन् । अँध्यारो कोठाभित्र आठ दिन बिताएका युवाहरुले उद्धारका लागि सामाजिक सञ्जालमार्फत हारगुहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु