अनिल अधिकारी । वैदेशिक रोजगार क्षेत्र नेपालको वर्तमान परिवेशमा बृहत बेथितिको मोडमा छ । यस्तो लाग्छ कि यो कुनै खुला चौर वा बगरमा मरेको सिनो जस्तै अवस्थामा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अनिल अधिकारी । वैदेशिक रोजगार क्षेत्र नेपालको वर्तमान परिवेशमा बृहत बेथितिको मोडमा छ । यस्तो लाग्छ कि यो कुनै खुला चौर वा बगरमा मरेको सिनो जस्तै अवस्थामा"/>

2026-10-15 06:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारमा बेथिति र मनोमानी: नियन्त्रणको जिम्मा अब राष्ट्रिय स्वतन्त्र पार्टीलाई !


अनिल अधिकारी । वैदेशिक रोजगार क्षेत्र नेपालको वर्तमान परिवेशमा बृहत बेथितिको मोडमा छ । यस्तो लाग्छ कि यो कुनै खुला चौर वा बगरमा मरेको सिनो जस्तै अवस्थामा छ । जसलाई जसले पनि देखिरहेको छ र पनि पन्छाउने साहश गर्दैन । 

मेरो नजरमा वैदेशिक रोजगार क्षेत्र पटक्कै व्यवस्थित छैन । पैसाको बार्गेनिङ यसरि चल्छ कि यसलाई नियन्त्रण गर्नपर्ने हरेक निकाय आफैमा निरिह बनिदिन्छ । नीतिमा के छ त्यसको व्यवहारिकता मिलिरहेको छैन । नीतिलाई सम्बन्धित निकायले बार्गेनिङ गर्ने फगत कागज बनाइदिएका छन् । जुन फगत कागजको पावर यस्तो छ कि श्रम मन्त्रालयमा जिम्मेवार मन्त्री, सचिवदेखि मातहतका सबैजसो कर्मचारीहरु मस्तले मोटाइरहेका छन् । उनिहरुलाई न विदेश जानेले चर्को लागत तिर्नुपरेकोमा चिन्ता छ नत वैदेशिक रोजगारकै नाममा बिचौलियाहरुको राज चलेकोमा चिन्ता छ । 

यस्तो लाग्छ कि यो क्षेत्रमा बेथितिकै लागि हो । बेथिति नभए प्रधानमन्त्रीसम्मको राशन-पानी बन्द हुन्छ । वैदेशिक रोजगार क्षेत्रमा ठगि गर्नेहरुको जालो एक हदसम्म हुनु राज्यको निरीहता होला तर प्रधानमन्त्रीसम्मले यो क्षेत्रको बेथितिलाई अनदेखा गर्नु सामान्य कुरा होइन । अनदेखा नहोस् पनि कसरी ? विदेश स्थित राजदुत र श्रम सहचारी नियुक्त गर्दादेखिकै बार्गेनिङ चल्छ । श्रम सहचारीहरु नियुक्त गर्दा होस् वा मन्त्रालय मातहतका जिम्मेवार पदमा पठाउँदा होस्, आफ्नो पक्षमा वा आर्थिक लाभ लिएर विदेशिने कामदारहरु सकेसम्म लुट्नु भनि पठाइएको हुन्छ । जसको परिणाम विदेशिने कामदारहरु नीतिसंगत बाटोबाट वैदेशिक रोजगारमा पुग्न सक्दैनन् । 

युवाहरु दिनदहाडै ठगिएर नेपाल एयरपोर्टबाट बाहिरिँदा राज्यको रिपोर्टमा वैदेशिक रोजगारमा गएका युवाहरु नीतिगत रुपमै अक्षरश: नीति पालना गरेर विदेश गएका छन् भन्ने बनिसक्छ । यसको परिणाम विदेशिने युवाहरुले परदेशी बनेसँगै राज्य बिरुद्ध र सिस्टम बिरुद्ध सामाजिक संजालमा लेख्ने स्टाटसले स्पष्ट पर्छ । 

वैदेशिक रोजगार बिभागमा सरकारको श्रममन्त्री भन्दा छिटो महानिर्देशकहरु फेरिन्छन् । विदेशिने युवाको हितमा काम गर्छु भन्ने एकाद कर्मचारी आईहाले पनि बिभागको चंगुलमा पुगेपछि निरिह बनिदिन्छन् । मैले सुनेको कुरा: बिभागमा पुग्ने हरेक जिम्मेवार अधिकारीहरु जति धेरै आफ्नो जिम्मेवारीमा टिक्छन्, त्यतिनै धेरै बेथितिको संरक्षक बनेका हुन्छन् । मन्त्रालयदेखिनै एकखाले सेट मिलाएर मातहतको निकायमा कर्मचारी सेट गरिन्छ । जुन सेट बिभागलाई सुधार्न नभई थप बिगार्न वा फगत कागजमा बिभागले आफ्नो जिम्मेवारी पुरा गरिरहेको छ भन्ने रिपोर्ट तयार पार्न माहिर हुन्छन् । मैले यो कुरा वैदेशिक रोजगार क्षेत्रका व्यवसायी वा कुनै बाहिरी दुनियाबाट सुनेको होइन । मेरो आँखाले सम्बन्धित निकायभित्र देखिएका केहि सज्जन कर्मचारीहरुले सुधारको कुरामा छलफल गर्दा पाएको गुनाशो व्यक्त गरेको हुँ । कुनै निकायभित्र बेथितिलाई प्रश्रय दिने तत्वहरुको हावी हुनु वा राम्रो नेतृत्व आउँदा समेत माथिबाट असहयोग हुनुले यो क्षेत्र सुधारको तादम्यता मिलिरहेको छैन भन्ने स्पष्ट छ । 

वैदेशिक रोजगार क्षेत्रमा केहि सज्जन व्यवसायीहरु पनि छन् । आदर्शका सगरमाथा बनाउने केहि व्यवसायीहरु समेत राज्यको नीतिसामु अस्पष्ट छन् । एकातिरबाट हेर्दा उनीहरु समेत ठगिराजका सैनिक जस्ता देखिन्छन् । उनीहरुको बयान पनि ठिकै लाग्ने खालका छन् । उनीहरुको बयान हुन्छ कि राज्यले कि त बनेको जुन नीति छ त्यसै नीतिलाई हदैसम्मले कस्नुपर्छ कि त व्यवसायीलाई सर्वमान्य विषयमा नीति परिमार्जन गरेर कडाई गर्नुपर्ने हुन्छ । यहाँ कस्नुपर्ने कुरालाई बढी जोड किन दिईएको हो भने यो क्षेत्रको बेथिति नियन्त्रणको आजसम्मको प्रयास असफल हुनुमा खुकुलो कार्यान्वयनको अवस्थानै बढी दोषी देखिन्छ । 

फेरी स्पष्ट यो पनि हुनुपर्छ कि कस्ने विषय व्यवसायी वा बिचौलियालाई मात्र होइन, श्रम मन्त्रालय मातहतका सबै निकायलाई कस्न सक्नुपर्छ । नीति कार्यान्वयनको पाटोमा सकारात्मक परिणाम आउनको लागि जिम्मेवार निकाय आफै जिम्मेवार र इमान्दार हुनु जरुरी छ ।

अब इमान्दारिताको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएसँगै अब वैदेशिक रोजगारको तमाम बेथिति सुधारको जिम्मेवारीको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीको काँधमा आएको छ । वैदेशिक रोजगारमा गएका लाखौँ युवाहरुकै सुभेच्छाले सदनमा आफ्नो बलियो उपस्थिति बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम मन्त्रालय पाउनु आफैमा ठूलो परिक्षाको उपहार हो । यो उपहारले पार्टीलाई थप बलियो बनाउने वा आलोचनाको सिकार बन्ने भन्ने कुराको ठूलो भूमिका देखिनेछ । जिम्मेवारी सानो जस्तो तर प्रतिफल निकै भयानक आउने क्षेत्रको रुपमा श्रम मन्त्रालयलाई हेर्नुपर्ने वर्तमान अवस्था छ । देशको ठूलो हिस्सा वैदेशिक रोजगारमा गएका युवाहरुले ओगटेको हुँदा यसको सुधार वा आलोचनाको सिकारले राष्ट्रिय स्वतन्त्र पार्टीलाई थप उदाउने वा अस्ताउने दोबाटोलाई पुर्याएको छ । 

रास्वपाले श्रम मन्त्रालय दावी गरेर पायो वा अरुले छोडेको कारण पायो, त्यो मलाई थाहा छैन तर यो मन्त्रालयको जिम्मेवारी पाउनु रास्वपाको लागि भविष्य लेख्ने मुख्य हतियार मानेको छु । मैले यो मन्त्रालयको जिम्मेवारी रास्वपाले पाईराख्दा यो विश्लेषण गरिरहेको छु कि अब यो पार्टीको भविष्य र अस्तित्व यो मन्त्रालयमा पुगेर उसले पाउने स्यावासी वा आलोचनामा भर पर्नेछ । आलोचनाको पात्र भए पार्टी अस्तित्वमै प्रश्न चिन्ह खडा हुनेछ । स्यावासी पाए अझै शक्तिशाली बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि