2026-10-15 06:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रममन्त्री डिपी अर्याल म्यानपावर व्यवसायी रहेको खुलाशा, लगत्तै म्यानपावको वेबसाइट बन्द !

माघ ३, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्हाल्ने जिम्मा पाएका श्रम मन्त्री डिपी अर्याल म्यानपावर व्यवसायी रहेको पाइएको छ । मन्त्री अर्यालले म्यानपावर कम्पनीसँग जोडिएर जापानमा श्रमिक लैजाने काम गरेको पाइएको छ ।

माथिको तश्वीर: वेबसाइट बन्द हुनुअघि म्यानपावरको वेबसाइटबाट प्राप्त स्क्रिनसट हो । म्यानपावरको टिमको साथमा मन्त्री अर्याल सँगै राष्ट्रिय स्वतन्त्र पार्टीका अर्का एक जना नेता (बसेकाहरु मध्ये बीचमा) पनि छन् ।

समानुपातिक पद्धतिबाट सांसद् अर्याल जापान केन्द्रित रेमिट्यान्स कम्पनी इजीलिंक रेमिटका सञ्चालक समेत रहेका छन् ।

रास्वपाले गरेको निर्णयकै आधारमा पार्टी उपसभापति समेत रहेका डोलप्रसाद अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री नियुक्त गरेर र मंगलबार पद तथा गोपनीयताको शपथ समेत दिलाईसकिएको छ । अर्याल नयाँ बानेश्वरस्थित श्रृष्टि ओभरसिज इम्प्लाेयमेन्ट सर्भिस प्रालिका अन्तर्राष्ट्रिय बजार निर्देशक रहेको म्यानपावरको वेबसाइटमा उल्लेख छ । ओभरसिजको आधिकारिक वेबसाइटका अनुसार यो म्यानपावर कम्पनीको पार्टनरका रूपमा अर्यालकै कम्पनी सुमिरे ट्राभल एन्ड टुर्स पनि छ ।

समाचार बाहिरिएसंगै उक्त म्यानपावरको वेवसाइट समेत बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि