2026-10-15 06:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर व्यवसायी श्रममन्त्री बनेको भन्ने समाचार आएपछि श्रममन्त्रीले दिए यस्तो स्पष्टीकरण

माघ ४, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आफू म्यानपावर व्यवसायमा संलग्न नरहेको दाबी गर्दै स्पष्टिकरण दिएका छन् । 

मंगलबार मन्त्री पदको सपथ लिए लगत्तै बिभिन्न संचारमाध्यमहरुमा श्रम मन्त्री अर्याल म्यानपावर व्यवसायमा संलग्न रहेको प्रमाण सहित समाचारहरु आएका थिए । यसै बिषयमा सामाजिक सञ्जाल फेसबुकमार्फत प्रष्टीकरण दिँदै मन्त्री अर्यालले आफू १५ भन्दा बढी व्यवसायमा संलग्न रहे पनि म्यानपावर व्यवसायमा कहिल्यै संलग्न नरहेको दाबी गरेका छन् ।

माथिको तश्वीर मंगलबार म्यानपावरको आधिकारिक वेबसाइटबाट लिईएको हो ।

काठमाडौँको नयाँ बानेश्वरस्थित श्रृष्टि ओभरसिज इम्प्लोयमेन्ट सर्भिस प्रालिको वेबसाइटमा उनलाई अन्तर्राष्ट्रिय बजार निर्देशकको रुपमा राखेको प्रमाणहरु मिडिया रिपोर्टहरुमा आएका थिए । तर समाचार बाहिरिएलगत्तै उक्त वेबसाइट बन्द गरिएको थियो । यसै सम्बन्धमा मन्त्री अर्यालले आफूलाई उक्त म्यानपावरले सल्लाहकारको रुपमा मात्र राखेको दावी गरेका छन् र पछि वेवसाइटबाट नाम हटाउन भुलेको मन्त्री अर्यालको दाबी छ । तर उक्त म्यानपावरले भने मन्त्री अर्यालको नाम र फोटो समेत राखेर आफ्नो कर्मचारीकै रुपमा मंगलबारसम्म पनि राखेको भेटिएको थियो । उक्त म्यानपावरले मन्त्री अर्याललाई अन्तर्राष्ट्रिय बजार निर्देशक पदमा रहेको उल्लेख गरेको थियो ।

उनको स्पष्टिकरणमा छ: साथीहरुले एउटा कम्पनीमा सल्लाहकारमा राख्यौ है भनेर “इन्टर्नेशनल मार्केटिङ डाइरेक्टर” को पद लेखिदिए तर हटाइदिन भुले । 

उनको स्पष्टीकरण जस्ताको तस्तै

म यो देशको सामान्य नागरिक । अवसर खोज्दै संघर्ष गर्दै १५ वटा भन्दा बढि पेशा र ब्यवशायमा लड्दै, उठ्दै, आबद्द, संलग्न, सक्रिय, निष्क्रिय हुँदै यहाँ आइपुगेको आम मान्छे हु । म गाँउको सामान्य परिवारको मान्छे । थोरै थोरै धेरै क्षेत्रमा लगानी र परिश्रम गरेर म जस्तै मेहनती साथीहरूको सामुहिक संलग्नतामा धेरै क्षेत्रमा हात हालेर आफ्नो र धेरैको परिवार पाल्ने काम गरेको मान्छे।देशका हरेक क्षेत्रका उद्योग ब्यवसायमा थोरै थोरै संलग्नता भएकाले मेरो स्वार्थ नबझिने त कुनै क्षेत्र नै छैन। एक्लै कुनै ब्यवसायमा लगानी गर्ने मेरो आर्थिक हैसियत हिजो पनि थिएन र अझैपनि छैन।

म कृषि फार्ममा छु, ट्राभल सर्भिसमा छु, सहकारीमा छु, इटा उध्योगमा छु, नेपाली सामानको उत्पादनमा छु, नेपालको पहिलो रेमिटेन्स कम्पनीमा छु, एजुकेश कन्सटेन्सीमा छु, सेक्युरिटी सर्भिसमा छु, ट्रेकिङ सर्भिसमा छु, होटल ब्यवशायमा छु, क्याटरिङ ब्यवशायमा छु, यस्ता थुप्रै क्षेत्रमा छु। गरि खाने मान्छे हुँ, थोरै थोरै धेरैमा छु । तर म्यानपावर कम्पनीमा म कहिले पनि छैन।

हो, साथीहरुले एउटा कम्पनीमा सल्लाहकारमा राख्यौ है भनेर “इन्टर्नेशनल मार्केटिङ डाइरेक्टर” को पद लेखिदिए तर हटाईदिन भुले । तर त्यो वा कुनै मेन पावर कम्पनीमा न मेरो लगानी छ, न संलग्नता, न शेयर न स्यालरी। समाचार बनाउनेहरुले नै भन्दिनुस् न त मेरो कुन म्यानपावरमा कहिले कति शेयर थियो? मैले कुनै गलत काम गरेर एक पैसापनि आर्जन गरेको छैन। राजनीतिमा संलग्न भए पछि त झन कतै पनि प्रत्यक्ष आवद्ध छैन। वेबसाईटहरु अपडेटेड नहुनुले मेरो संलग्नता प्रमाणीत गर्दैनन्। तैपनि मेरो चुनौती छ, ल भन्नुस म बाट कहिले कुन कुन गैरकानुनी काम भयो? मन्त्रीका रुपमा काम गर्न जादा आफुले जानेकै क्षेत्रमा जाने हो र श्रम रोजगार मन्त्रालय मैले धेर थोर जानेको विषयको मन्त्रालय मध्य एक हो।

म बाट पीडित एक जना मात्र भए खडा गरिदिनु होला, मैले कुनै गैर कानुनी काम गरेको भए जानकारी गराउनु होला। म यो पदको मर्यादा र गरिमा जान्दछु । समाचार बनाउनेहरुले पनि आफ्नो पेशाको मर्यादा र गरिमा राखिदिउन्। नेपालको प्रेस ले पेल्यो भने त मान्छेको तेल निस्किन्छ भन्छन्। बाइ द वे म तेल उद्योगमा पनि संलग्न थिए। खैर जे होस्, मलाई प्रेस जगत सँग सवाल जवाफ गर्नु छैन, काम गर्नु छ। र मेरो अन्तिम अनुरोध, मेरो कार्यकालमा ऐतिहासिक कामहरु हुने छ्न्। कृपया अहिले जस्तै तपाईहरुका संचार माध्यमको स्पेस ती कामहरुका लागि पनि खाली राखिरहनु होला। भनेका कुरा पूरा गरिन भने म कुर्सी खाली गरिदिउला। यो मेरो वाचा र चुनौती भयो।यो लामो स्प्स्टोक्ति बाट आफुलाई स्वाद लागेको हेडलाईन हालेर “पेल्ने” अधिकार याहाहरुलाई नै दिन्छु । म आफ्ना पक्षमा समाचार बनोस् भन्ने आशले होइन जनताको पक्षमा काम गर्न सकियोस् भन्ने आशयले काममा छु। हस् अब अब काममा लाग्छु।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि