कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रममन्त्रीज्यू, कारवाही श्रीष्टि ओभरसिजबाटै सुरु गरौँ !

अनिल अधिकारी । मंगलबार सपथ लिएका श्रममन्त्री डिपी अर्याल पुर्व म्यानपावर व्यवसायी वा एजेन्ट भएको प्रमाण सहित बिभिन्न संचार माध्यममा समाचार आए । त्यसलाई पुष्टि गर्ने आधार सम्बन्धित म्यानपावर कम्पनीको आधिकारिक वेबसाइट थियो । समाचारहरु आएलगत्तै उक्त वेबसाइट नखुल्ने बनाइएको छ । 


वेबसाइट अनुसार उक्त म्यानपावरको ग्रुप फोटोमा मन्त्री अर्यालको तश्वीर स्पष्टनै छ । त्यसो त संचालकहरुसँग बसेर खिचाएको फोटो पनि वेवसाइटबाटै लिईएको हो । यति मात्र होइन, उक्त वेबसाइट अनुसार मन्त्री अर्याल उक्त म्यानपावरको अन्तराष्ट्रिय बजार निर्देशक समेत हुन् । 




माथिको तश्विरहरु: म्यानपावरको आधिकारिक वेबसाइट http://soes.com.np (हाल नखुल्ने बनाइएको छ) बाट स्क्रिनसट लिईएको हो ।

माथिको तश्विर: गुगलमा म्यानपावरको नाम सर्च गर्दा भेटिएको हो ।

अब यहाँ मन्त्री अर्यालले आज (बुधबार) सामाजिक संजालमा दिएको स्पष्टिकरणको कुरा आउँछ । आफ्नो बिषयमा समाचार आएसंगै मन्त्री अर्यालले स्पष्टिकरण दिंदै आफू कुनै म्यानपावरमा संलग्न नरहेको दावी गरेका छन् । उनको यो दावीलाई मान्ने हो भने माथिका फोटो प्रमाणहरुलाई पनि नमान्न पर्ने हुन्छ । अर्को कुरा उक्त प्रमाणलाई नमान्नको लागि कि त उक्त वेबसाइटनै म्यानपावरको होइन भन्ने कुरा मान्य हुनुपर्छ । यदि साच्चै उनको संलग्नता उक्त म्यानपावरसंग थिएन तर उनको तश्वीर र उनलाई गलत रुपमा उनको अनुमति वा संलग्नता बिना म्यानपावरले आफ्नो आधिकारिक वेबसाइटमा विवरण राखेको हो भने उक्त म्यानपावरलाई नै कारवाही गर्नुपर्ने हुन्छ । 

म्यानपावरमा एजेन्टहरुको बिगबिगी छ । अमुक पात्रहरुले वैदेशिक रोजगार क्षेत्र दुर्घन्धित बनाएका छन् । म्यानपावरले जो पायो त्यो व्यक्तिलाई पीआरओ नियुक्त गरेर वा आफ्नो म्यानपावरमा संलग्नता रहेको भन्दै बिजनेश कार्ड दिएर कयौं युवाहरु ठगीको सिकार भईरहेको अवस्थामा मन्त्री अर्यालले दिएको स्पष्टिकरण र मिडियाले पाएको सबुत प्रमाणबीच मेल खाएको देखिदैन । मन्त्री अर्यालको स्पष्टिकरणले मिडियामाथि बढी भ्रम छरेको भन्ने जस्तो प्रश्न उठेको छ । जबकी मिडियाहरुले उक्त म्यानपावरको वेबसाइटबाटै सबै विवरण जस्ताको तस्तै तानेर समाचार बनाएका छन् । त्यसो त मिडिया गलत थिए भने समाचार बाहिरिएसंगै उक्त म्यानपावरको वेबसाइट एकाएक किन बन्द गरियो ? भन्ने प्रश्नको विषय पनि छ । 

स्पष्टिकरणमा श्रम मन्त्री अर्यालले भनेका छन् – 'गरि खाने मान्छे हुँ, थोरै थोरै धेरैमा छु।तर म्यानपावर कम्पनीमा म कहिले पनि छैन। हो, साथीहरुले एउटा कम्पनीमा सल्लाहकारमा राख्यौ है भनेर  "इन्टर्नेशनल मार्केटिङ डाइरेक्टर" को पद लेखिदिए तर हटाईदिन भुले ।' म्यानपावरहरुको बेथिति यस्तै प्रकृतिका हुन्छन् । कतिपय म्यानपावरले आगामी फलानो दिन अन्तर्वार्ता भनेर राष्ट्रिय दैनिक मार्फत हजारौं युवाहरुलाई सूचना दिएर त्यो दिन अन्तर्वार्ता गर्न त भुल्छन् भने श्रीष्टि ओभरसिजले तपाइँको फोटो र विवरण हटाउन भुल्नु सामान्य कुरा होला । वैदेशिक रोजगारको सूचना प्रणाली dofe.gov.np मा गएर हेर्ने हो भने पनि त्यस्तै हालत छ । वैदेशिक रोजगार बिभागले आफ्नो आधिकारिक पोर्टलमा सबै म्यानपावरको विवरण राखेको छ । तर अधिकांश म्यानपावरले राखेको विवरण तथा फोन नम्बरहरु परिवर्तन भईसकको बर्षौं बित्दा पनि बिभागलाई पत्तो छैन । त्यसै विवरणमा फोन गर्दा कतिपय नम्बर परिवर्तन भई सकेका छन् भने कतिपयका संचालक भनि लेखिएका पात्रहरुले म्यानपावर छोडेको २/३ बर्ष भयो भन्ने सम्मको जवाफ दिने गरेका छन् ।

यस सम्बन्धमा वैदेशिक रोजगार बिभागले केहि दिन अघि मात्र विवरण अध्यावधिक गर्न सूचना जारी गरेको अवस्था छ । जसको म्याद माघ २२ गतेसम्म छ तर अधिकांश म्यानपावरले बिभागको ताकेतालाई टेरेका छैनन् । उनीहरुको वेबसाइटमा पुराना विवरणहरु परिवर्तन हुनुत धेरै परको कुरा छ । म्यानपावरहरुले राष्ट्रिय दैनिक पत्रिकाहरुमा दिने कयौं बिज्ञापनमा समेत गलत सूचना दिएर भ्रम छरिरहेको वर्तमान अवस्थामा सरकार मुकदर्शक छ । सरकारले एजेन्ट चिन्दैन भनिएको देशमा सर्वव्यापी म्यानपावर एजेन्टको कब्जामा चलेका छन् । एजेन्टहरुले भोली विदेश लाने भनेर काठमाडौँ बोलाएको युवाहरु मध्येराति कुनै होटल कुना तिर वा त्यस्तै स्थानमा चर्को रकम तिर्न बाध्य बनिरहेका छन् । 

श्रममन्त्री अर्यालको सम्बन्धमा पनि यदि म्यानपावरमा आवद्ध नभई म्यानपावरले तश्वीर र नाम जोडेर सार्वजनिक पोर्टलमै राखेको भए उक्त म्यानपावर कारवाही गर्नुपर्ने देखिन्छ । म्यानपावरले आफ्नो विवरण अध्यावधिक नराख्दा श्रममन्त्री जस्तो व्यक्ति विवादमा तानिएको अवस्थामा यस्तै कयौं गल्तिले कयौंको डाटा सकिएको, भ्रमपूर्ण सूचनाले मोबाइलको रिचार्ज सिद्धिएको कुरा सामान्य मान्न सकिदैन । अब सामाजिक संजालमा मिडियाप्रति तितो पोख्नुको सट्टा यथार्थता जे हो त्यहि जानकारी दिएर आफूमाथि लागेको धुलो मेटाउन उपयुक्त हुन्छ । म्यानपावर व्यवसायी भएकै कारण श्रममन्त्री बन्न नपाउने भन्ने होइन, बन्न पाइन्छ । तर वैदेशिक रोजगारको तमाम बेथितिलाई एकाएक नियन्त्रणमा लिने रणनीति र त्यसै अनुसारको व्यवहार नभएसम्म तपाइँप्रति तेर्सिएको शंकाको औंला उस्तै अवस्थामा रहने देखिन्छ । अर्को कुरा म्यानपावर व्यवसायी भएकै कारण बदनाम हुने दिनको अन्त्य गर्न समग्र वैदेशिक रोजगार क्षेत्रको बेथिति सच्चिनुपर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते