2026-10-15 06:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रमिकको समस्या सम्बोधन गर्न ६ महिनाभित्र मोबाइल एप आउँछ : श्रम मन्त्री

माघ १७, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले श्रमिकले आफ्ना समस्या बताउन र ती समस्या समाधानको लागि ६ महिनाभित्र मोबाइल एप ल्याइने बताएका छन् । श्रम मन्त्रीको पदभार लिएपछि आयोजित पहिलो पत्रकार सम्मेलनमा उनले विश्वभरबाट निःशुल्क रुपमा श्रमिकले आफ्ना समस्याका बारे जानकारी गराउन पाउने गरी मोबाइल एप ल्याउन लागिएको बताए । 

उनले मन्त्रालयमा रहेको कल सेन्टरको नामलाई परिवर्तन गरी ‘समाधानः २४ घण्टे श्रम सहायता केन्द्र’ बनाइएको बताए । श्रम मन्त्रालयमा ५ वर्षदेखि नै श्रमसम्बन्धी गुनासा सुन्न कल सेन्टर स्थापना भएको थियो । यो सेन्टरलाई श्रम मन्त्रीहरुले सधैं नाम हेरफेर गर्दै आएका छन् । अर्यालले केन्द्रमा आएका गुनासालाई उचित समयमै समाधान गर्न समय कार्ड लागू गरिएको बताए ।

त्रिभुवन विमानस्थलको अध्यागमनमा विदेश जाने सबै नेपालीको लागि एउटै लाइनको ब्यवस्थापन गरिएको उनले जानकारी दिए । ‘अध्यागमनमा वैदेशिक रोजगारमा जानेहरुको लागि भनेर राखिएको छुट्टै लाइन हटाइएको छ । अब एनआरएनका अध्यक्षदेखि, भीआईपी प्रयोग नगर्ने मन्त्री वा सचिवहरुसँगै लाइन हुनेछ’, उनले भने, ‘विदेश जाँदै गर्दा काठमाडौं विमानस्थलमै अपहेलित महसुस हुने वातावरण अन्त्य भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि