2026-09-26 12:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनलाइनबाट पुन: श्रम स्वीकृति, यी ६ कागजात चाहिन्छ

पुस १२, काठमाडौँ | वैदेशिक रोजगारीमा गएका नेपालीहरुले श्रम स्वीकृति नवीकरण अनलाइनबाटै गराउन सक्ने भएका छन् । बैदेशिक रोजगार बिभागले यो सुविधा दिएसँगै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका नेपालीहरुले विश्वभरबाट श्रम स्वीकृति नवीकरण गर्न सक्नेछन । यस अघि श्रम स्वीकृति लिन स्वदेश आउनैपर्ने बाध्यता थियो ।  

अनलाइनबाटै श्रम स्वीकृति दिने भएपछि अब दैनिक ५ सय जनाले वैधानिकीकरण पाउने भएका छन् । वैदेशिक रोजगार बिभागले सम्भवत: आगामी मंगलबारदेखि यो प्रणाली कार्यान्वयन गर्ने जनाएको छ । बिभागले अनलाइनबाट श्रम स्वीकृति नवीकरण गर्ने सबै तयारी पूरा भएको जनाएको छ । 

यी छ कागजात आवश्यक:-

१. पहिले पाएको श्रम स्वीकृतिको प्रतिलिपि 

२. राहदानीको प्रतिलिपि

३. अघिल्लो पटक र हाल प्राप्त गरको भिसा

४. रोजगार करारपत्र

५. जीवन बिमा  

६. कल्याणकारी कोषमा रकम भुक्तानी 

माथिमा ६ कागजात भएमा सम्बन्धित देशको दूतावासले सहजै पुनः श्रम स्वीकृति दिन सक्नेछ ।

पुन: स्वीकृतिको लागि कल्याणकारी कोष र बिमाको रकम पनि अनलाइनबाटै तिर्न सकिने व्यवस्था मिलाईएको वैदेशिक रोजगार बिभागले जनाएको छ ।

विभागका अनुसार बिदामा नेपाल आएका श्रमिक पनि श्रम स्वीकृतिका लागि प्रदेश र केन्द्रमा तोकिएको कार्यालयमा धाइराख्नु पर्दैन । 

अर्को महत्वपूर्ण कुरा पुनः श्रम स्वीकृति लिन म्यानपावर कम्पनीको सहयोग आवश्यक पर्दैन । एक पटक श्रम स्वीकृति लिएपछि दुई वर्षसम्म त्यसको म्याद हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक